महोत्तरी। मटिहानी नगरपालिकाले आफ्नो सेवा क्षेत्रका कृषकलाई गहुँ खेतीतर्फ आकर्षित गर्न उन्नत जातको गहुँको विऊ वितरण कार्य शुरु गरेको छ ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले कृषकलाई गहुँबालीतर्फ आकर्षित गर्न उन्नत जातको गहुँको विऊ वितरण गरिएको जानकारी दिनुभयो । गहुँ खेती गर्न सहज होस् भनेर गहँुको विऊ वितरण गरिएको उहाँले बताउनुभयो ।
नगरपालिकाको ७५ प्रतिशत र कृषकको २५ प्रतिशत लागतमा बीऊ वितरण शुरु गरिएको नगरपालिकाको ६ सयभन्दा बढी कृषकलाई वितरण गरिने नगरप्रमुख मण्डलले बताउनुभयो ।
किसानलाई गहुँको विऊ वितरण गर्नुहुँदै यसका लागि आवश्यक पर्ने प्राविधिक समेत उपलब्ध गराइने वताउनुहँुदै सहजिकरणका लागि कृषि शाखालाई निर्देशन दिनुभयो ।
विऊ र मलको हाहाकार तथा कालोबजारी भइरहेको समयमा नगरपालिकाको यो कदमलाई किसानले सकारात्मक रुपमा लिएका छन् । किसान रामजी मण्डलले भन्नुभयो, ‘मल र विऊको मारामार छ, खोज्दा पनि पाउन मुस्किल भइरहेको समयमा नगरपालिकाले किसानलाई गहुँको विऊ उपलब्ध गराउनु राम्रो हो ।’
यसैबीच, महोत्तरीको बर्दिबास नगरपालिका –९, पशुपतिनगरमा रहेको श्री पशुपति जनउपभोक्ता सहकारी संस्था लिमिटेडले युरिया मल बिक्री बितरणमा मनपरी मुल्य लिनेगरेको स्थानीयको भनाई छ ।
किसानका लागि नगरपालिकाले युरिया मल ५० किलो बराबर ९ सय ५२ रुपियाँमा बिक्री बितरण गर्न अनुमति दिएपनि ११ देखि १२ सयमा बिक्री बितरण गदैआएकोे र किसानहरुले सो मलको बिल माँग्दा संचालकले गाली गलौच गर्नेगरेको किसानहरुको आरोप छ ।