काठमाडौं। कतारमा यसै वर्ष हुने विश्वकप फुटबलमा ३२ टोलीकै टुंगो लागेको छ । गएराति कोस्टारिकाले न्युजिल्यान्डलाई १-० ले पराजित गरी विश्वकपको यात्रा तय गरेपछि टोलीहरुको टुंगो लागेको हो ।
मङ्गलबार राति अष्ट्रेलिया छनोट भएको छ । उसले पेनाल्टी सुटआउटमा दक्षिण अमेरिकाको पाचौं टोलीलाई पराजित गरी कतारको यात्रा तय गरेको हो । यसपटक आयोजक कतारसहित एशिया प्यासिफिक क्षेत्रबाट पहिलोपटक ६ टोली विश्वकप खेल्ने भएका छन् ।
समूह बीको भिडन्त रोचक हुने देखिएको छ । उक्त समूहमा इंग्ल्यान्ड, इरान, युएसए र वेल्स छन् । समूह ई मा स्पेन र जर्मनी एउटै समूहमा छन् । उक्त समूहमा एशियाली फुटबल शक्ति जापान पनि परेको छ । समूह एचमा पाँचपटकको फुटबल विश्वकप विजेता ब्राजिल छ । उक्त समूहमा क्यामरुन, सर्विया र स्वीजरल्यान्ड जस्ता फुटबलका शक्तिशाली देश छन् ।