गोपाल झा,महोत्तरी। महोत्तरीको एकडारा गाँउपालीका १ स्थित ब्रम्हस्थानको अगाडी ११ दिने रामनाम संकिर्तन सम्पन्न भएको छ । स्थानियहरुको आर्थीक सहयोगमा जीनकल्याणका उद्देश्यले एकडारा गाँउपालीका वडानं.१ स्थित ब्रम्हस्थानको परिसरमा फागुन ११ गतदेखि अहोरात्र संचालन गरीएको सितारामनाम नवाह संकिर्तन शुक्रबार रामसिताको स्वरुपबनाई मmाँकी सहीत बिधिबत्त सम्पन्न भएको छ ।
फागुन ११ गते मंगलबार देखि विधिवत शुभारम्भ भएको सितारामनाम नवाह संकीर्तनमा बस्ने ७० जना सितारामनाम संकिर्तन गर्ने छौ समुहका किर्तनीया मण्डलीहरुलाई एकडारा गाँउपालीकाका अध्यक्ष रामछबीला साह गंजी र स्थानीय ब्यबसायी जगत साहले गमछा सम्मान स्वरुप प्रदान गरेका हुन् ।
करीब डेढ लाख खर्च भएको ११ दिने सितारामनाम नवाह संकीर्तनमा लगाईएको टेण्ट र साउण्डलाईटका लागी ३५ हजार ३ सय ७० रुपैया एकडारा गाँउपालीकाबाट प्राप्त भएको एकडारा ब्रम्हस्थान सितारामनाम संर्कीतन पुजा समीतीका अध्यक्ष रामअनुग्रह मण्डलले जानकारी गराएका हुन् ।सितारामनाम संकिर्तनमा सहभागी हरुलाई भोजनको ब्यबस्था ग्रामबासीहरुले आालो पालो गरेर मिलाएका थिए भने बाँकी खर्च समेत सम्पुणर् ग्रामबासीहरुले चन्दा संकलन गरेर पुजा सामग्री , प्रसाद र किर्तनिया मण्डलीहरुलाई बिदाई गरेको पुजा समतीतीका अध्यक्ष मण्डल बताएका हुन् ।