सङ्गीतको तिमी सुर हामी तान बन्नेछौ आमा!!!
देशको लागी केही गरेर शान बन्नेछौ आमा!!!
प्रेरणा दिदै जाऊ हामी शिखर चढ्न सकौँ
समाजको छुट्टै नमूना गान बन्नेछौ आमा!!!
तिम्रै रगत बगेको छ हाम्रो नशा नशामा
तिम्रै मुटु ढुकढुकीको मान बन्नेछौ आमा!!!
मरूभूमीमा पनि बसन्तको बहार ल्याउन
लहलहाउदो झुलेका धान बन्नेछौ आमा !!!
-तुलसा भट्टराई
उदयपुर