- विनोद महरा/ धनुषा
सेफ नेपाल धनुषाको आयोजनामा बाल बिवाह विरुद्ध युवाहरुको नेतृत्व र क्षमता विकास सम्बन्धी २ दिवसीय तालिम सम्पन्न भएको छ । गणेशमान चारनाथ नगरपालिका स्थित विरेन्द्रबजारमा फागुन ८ गतेबाट संचालन भएको तालिम फागुन ९ गते सम्पन्न भएको छ । सेफ नेपालको अध्यक्ष राम प्रमेश मण्डलको अध्यक्षता र नगर उपप्रमुख मिना कुमारी यादवको प्रमुख आतिथ्यतामा तालिमको समापन समारोह सम्पन्न भएको हो ।
सामाजिक कुरिती तथा वृक्रितिहरुलाई अन्त्य गरिनु पर्ने तथा बाल बिवाह जस्ता समाजिक अपराध न्युनिकरण गर्न समाजिक संघ संस्थाहरुसँग समन्वय तथा सहकार्यको आवश्यकता नगर उप प्रमुख मिना यादवले औल्याउनु भयो ।
वडा नं ११ मा भइरहेको बाल बिवाह रोकेकोले बेहुली पक्षले मार्ने सम्मको धम्की खेपेको वडा अध्यक्ष सत्यनारायण कुवँर दनुवारले बताए । यस्ता समाजिक तथा कानूनी अपराध रोक्न आफु पछी नहट्ने तथा नडराउने समेत वडा अध्यक्ष कुवँरले बताउनु भयो ।
बाल विवाह रोक्न युवाहरुको ठुलो हात हुने भएको हुदा युवाहरु सक्रिय भइ समाजिक जनचेतना फैलाउने, आफु पनि नगर्ने र अरुलाइ पनि गर्न नदिन युवाहरुलाई नेकपाका नगर अध्यक्ष महेशलाल यादवले बताउनु भयो ।
बाल बिवाह रोक्न तथा न्युनिकरण गर्न नगर पालिकाले पनि विभिन्न कार्यक्रम गर्नु पर्ने र समाजिक संघ संस्थासँग समन्वय गरिने नगरपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख सञ्जु फागुले बताइन ।
नयाँ कानूनी व्यवस्था अनुरुप बाल बिवाह अपराध मानिएको र यस्ता क्रियाकलाप रोक्न युवाहरुको नेतृत्व क्षमता विकास गर्न सेफ नेपाल धनुषाले धेरै राम्रो पहल कदमी लिएको र युवाहरुलाई नेतृत्व विकासको सवालमा दिएको तालिम फलदायी भएको संकल्प फान्डेशनको अध्यक्ष कृष्ण गरेरीले बताउनु भयो ।
सहभागिहरु मध्ये असोक अधिकारीले भने– युवा विभिन्न तह र तप्कामा भएता पनि ती युवाहरुको क्षमता विकासमा राज्यले गर्नु पर्ने उत्प्ररणाका कार्यहरु तथा क्षमता विकासका कार्यहरु स्थानीय तहले गर्न नसकेको अवस्थामा हामी युवाहरु स्वयं अध्ययनशिल, लगनशिल भइ क्षमता विकास गर्न आवश्यक छ । र यस प्रकारले युवाहरुको नेतृत्व विकास सम्बन्धी तालिमले सहयोग भएको र तालिमको प्रसंशा समेत गरे र यस्ता तालिमहरुको थप आवश्यकता रहेको बताए । त्यस्तै संन्जु महतोले बाल विवाह र युथ लिडर शिपको तालिमले थप उर्जावान बनाए तथा आफु बाल विवाह नगर्ने प्रतिबाध्यता समेत व्यक्त गरिन ।
दुइ दिन देखि चलेको तालिमको मुख्य विषयहरु मानवअधिकार, महिला अधिकार, बाल अधिकार, बाल बिवाह, युथ लिडर शिप, संघ संस्था के हो, अभिलेखिकरण, संचार सिप लगायतका विषयहरुमा तीन जना प्रशिक्षकहरुले सहजकर्ताको रुपमा सहजीकरण गरेका थिए । प्रमुख प्रशिक्षक रुपमा सेफ नेपालका अध्यक्ष समेत रहेका राम प्रमेश मण्डलले बाल विवाह, संघ संस्था के हो, अभिलेखिकरण, संचार सिप जस्ता विषयमा प्रस्तुति गरेका थिए । प्रशिक्षक राजु पासवानले मानवअधिकार र महिला अधिकार र प्रशिक्षक रक्की प्रसाद साहले युथ लिडर सिपको बारेमा सहजीकरण गरेका थए । सहभागिहरुलाई अडियो, भिडियो, अन्र्तक्रिया, प्रस्तुति र विभिन्न खेल माध्यमले तालिम गराएका थिए । गणेशमान चारनाथ नगरपालिका र शहिदनगर नगरपालिकाका ३० जना युवाहरुको सहभागितामा रहेका थिए ।
गणेशमान चारनाथ नगरपालिका र शहिदनगर नगरपालिकाका समुदाय र विद्यालय,शिक्षक, विद्याथी, जनप्रतिनिधीहरु र सरकारी निकायसँग बाल विवाह सम्बन्धी कार्यक्रम सम्पन्न समेत गरिएको छ । हरवाडा र पोर्ताहामा समुदायसँग अन्तरक्रिया, मावि बरमझिया र भरतपुरमा विद्यालयमा विद्यार्थीहरुलाई अभिमुखिकरण तथा बाल विवाह र यसका असर सम्बन्धि कविता तथा निबन्ध प्रतियोगिता हजारौको संख्यामा उक्त कार्यक्रमहरु सम्पन्न भएको छ ।