धनुषा। आफ्नै भान्जा अपहरणको गरेर १ करोड फिरौतीको रकम माग गरेको आरोपमा एक युवक पक्राउ परेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलनको आयोजना गरि धनुषा नगराईन नगरपालिका वडा नं. ६ लग्मा बस्ने रमेश दासको ७ वर्षीय छोरा चन्दन दासको अपहरणमा संलग्न रहेको आरोपमा महोत्तरी पिपरा गाँउपालिका वडा नं. ७ निवासी राम रतन दास भनेर चिनिने २० वर्षिय लक्ष्मेश्वर कुमार दासलाई पक्राउ गरि प्रहरीले सार्वजानिक गरेको हो ।महोत्तरीको साबिक दनौली वडा नं. ७ र अहिलेको पिपरा गाउँपालिका वडा नं. ७ घर भई हाल जिल्ला धनुषा जनकपुरधाम उप-महानगरपालिका वडा नं. ७ कटैयाचौरी स्थित सरोज ठाकुरको घरमा डेरा गरी बस्ने नातामा नाबालकको मामा पर्ने दासले आफ्नै कोठामा बन्धक बनाई राखिएको अवस्थामा बालकलाई शकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
फोन गरी फिरौती माग गर्ने निज नाबालकको मामा दासलाई हिरासतमा लिई थप अनुसन्धान थालिएको प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जानकारी दिनुभएको छ ।शनिवार दिउँसो १ बजे देखि हराई रहेका बालकको खोजतलास हुदै गर्दा बेलुकी पाँच बजेको समयमा मोबाईलबाट फोन गरी बालकको आमासँग रु एक करोड फिरौती रकम माग गरिएको कुरा बालकका अभिभावकले टेलिफोन मार्फत सिमा प्रहरी चौकी लग्मा (जटही) धनुषामा खवर गर्ना साथ प्रहरी अनुसन्धानमा लागेको प्रहरी उपरिक्षक रानाभाटले जनाउनुभयो।
प्रहरी उपरिक्षक रानाभाटका अनुसार प्रदेश २ प्रहरी कार्यालयको प्राविधिक टिमको सहयोगमा धनुषा प्रहरीले बालक अपहरणमा परेको ७ घण्टा भित्रै सकुशल उद्धार गर्न सफल भएकोहो ।अपहरणमा संलग्न बालकका मामा सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्ने अन्य दुईजनाको नाम खुलाईएको छैन ।
घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।