- तुलसा भट्टराई /उदयपुर
लक्ष्यमाथि सदैव अडिग रहेस भनी
नडराउनू कहिल्यै साहसी बनेस भनी
मेरो आशिष तिमीलाई शक्ति भएस भनी
भन्ने ती मेरी आमा हुन्
भन्ने ती मेरी आमा हुन्
दुस्मनका आरोपहरू सहेस भनी
प्रगतिका पथमा लम्किएस भनी
सत्यवादी सदैव भएस भनी
भन्ने ती मेरी आमा हुन्
भन्ने ती मेरी आमा हुन्
दश नङ्ग्रा मात्र खियाएर खाएस भनी
फाट्या लुगा पनि सिलाएर लाएस भनी
परिश्रम र मेहनतले सन्तुष्टि पाएस भनी
भन्ने ती मेरी आमा हुन्
भन्ने ती मेरी आमा हुन्
कृत्रिमताको सौन्दर्यमा नभुलेस भनी
बिना काम कहिल्यै पनि नडुलेस भनी
बेफाइदाको काममा नभुलेस भनी
भन्ने ती मेरी आमा हुन्
भन्ने ती मेरी आमा हुन्
सहेर वचन सानो नहुने भनी
सानो लक्ष्यले शिखर नछुने भनी
सदैव राम्रो संगत नछोडे भनी
भन्ने ती मेरी आमा हुन्
भन्ने ती मेरी आमा हुन्
अरूलाई आफूले खोट नलगाएस भनी
मेरो कसम कहिल्यै आँसु नबगाएस भनी
मृत्युकै मुखमा पनि नडगाएस भनी
भन्ने ती मेरी आमा हुन्
भन्ने ती मेरी आमा हुन्
आफूभन्दा ठूलाको शिक्षा लिएस भनी
आफूले नी अरूलाई सही शिक्षा दिएस भनी
घमन्ड होइन बुद्धिले सदैव हिडेस भनी
भन्ने ती मेरी आमा हुन्
भन्ने ती मेरी आमा हुन्
पुर्खाको फुर्ती कहिल्यै नलगाएस भनी
पसिनाले छुट्टै संसार बनाएस भनी
छोरी होइन छोराको पौरख जनाएस भनी
भन्ने ती मेरी आमा हुन्
भन्ने ती मेरी आमा हुन्
अथक प्रयास गरेर इतिहास बनेस भनी
दु:ख र कष्टका युद्धहरू लडेस भनी
सन्ततिले संघर्षका पानाहरू पढेस भनी
भन्ने ती मेरी आमा हुन्
भन्ने ती मेरी आमा हुन्