शनिबार, फाल्गुन १५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

बाँके खोलामा मनलाग्दी उत्खनन

गिट्टी, बालुवा निकाल्न ४० भन्दा बढी डोजर र ढुवानी गर्न ७०/८० वटासम्म टिपर प्रयोग, ५ फिट गहिरो खाडल खन्न पाइनेमा १५ फिटसम्म खनियो, दर्जनौं गाउँ डुबानको जोखिममा

शिरीष न्युज by शिरीष न्युज
माघ २८, २०७७
0
बाँके खोलामा मनलाग्दी उत्खनन

सागरनाथ वन विकास परियोजनाअन्तर्गत महोत्तरी-सर्लाहीको सिमाना बाँके खोलामा गिट्टी, बालुवा उत्खननमा प्रयोग भएका एक्साभेटर र टिपर तस्बिर : सन्तोष सिंह

धनुषा — महोत्तरी र सर्लाहीको सीमा बाँके खोलामा अवैध उत्खनन भइरहेको छ । सागरनाथ वन विकास परियोजना क्षेत्रअन्तर्गत पर्ने पूर्वपश्चिम राजमार्गको बाँके खोला पुलबाट दक्षिणतर्फ र रेल्वे ट्र्याकको दुवैतर्फ अवैध उत्खनन भइरहेको हो ।

दुई महिनायता जंगल क्षेत्रको करिब ३ किलोमिटर क्षेत्रमा उत्खनन गरिसकिएको छ । अझै पनि घनाजंगल रहेको उक्त क्षेत्रमा टिपर र डोजर नै डुब्ने खाल्डा खनेर नदीजन्य पदार्थ निकालिराखिएको छ । जंगल क्षेत्रमा पर्ने खोलाबाट ढुंगा, गिट्टी, बालुवा लगायत उत्खनन गर्न पाइँदैन । तर यहाँ नदीजन्य पदार्थ उत्खननकै लागि ४० भन्दा बढी डोजर र ढुवानी गर्न ७०/८० वटासम्म टिपर प्रयोग गरिएको छ । यस्ता सामग्री धेरैजसो महोत्तरीतर्फ निकासी भइरहेको स्थानीय बताउँछन् ।

यसअघि यही स्थानमा गिट्टी, बालुवा निकाल्दा बनेको खाडलमा जमेको पानीमा डुबेर २०७५ असार १४ मा ईश्वरपुर नगरपालिका–१३ श्रीनगर घाटटोलका ११ वर्षीय सुमित यादवको मृत्यु भएको थियो । घटनाको विरोधमा भोलिपल्ट स्थानीयले बाँके चोकमा चक्काजाम गरेका थिए । त्यसक्रममा स्थानीयसँगको झडपमा प्रहरीले गोली चलाउँदा २५ वर्षीय सरोजसिंह कुशवाहाको ज्यान गएको थियो ।

बाँके खोलामा नदीजन्य पदार्थ उत्खनन र निकासी गर्न महोत्तरीको गौशाला नगरपालिका र सर्लाहीको ईश्वरपुर नगरपालिकाले आलोपालो ठेक्का लगाउँदै आएका छन् । गत वर्ष गौशालाले ठेक्का लगाएको थियो । यसपटक ईश्वरपुरले मंसिर १ मा जनकपुरको शिवम् कन्स्ट्रक्सनलाई १ करोड ८ लाख रुपैयाँमा ठेक्का दिएको हो । सम्झौतामा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनअनुसार ईश्वरपुर–१३ श्रीनगर घाटटोलस्थित बाँके खोलाबाट ५ फिट गहिराइ र ४ लाख ५० हजार ८०५ घनमिटर गिट्टी, बालुवा निकाल्न मिल्ने उल्लेख छ ।

तर सम्झौतामा उल्लेख भएभन्दा बढी परिमाणमा नदीजन्य पदार्थ उत्खनन भइसकेको छ । उत्खनन अझै जारी छ । तर यसबारे नगरपालिका भने बेखबर छ । नगरका प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटा उत्खनन परिमाणबारे आफूलाई थाहा नभएको बताउँछन् । उत्खनन सुरु भएको जानकारी भए पनि नापजाँच र अनुगमन नभएको इन्जिनियर रमेश साहले स्विकारे । ‘बाँके खोलाको घाटटोल खण्डमा मात्र उत्खनन भइरहेको जानकारी नगरपालिकामा आएको छ । रेल्वे ट्र्याक क्षेत्रमा उत्खनन भए/नभएकोबारे भने जानकारी छैन,’ उनले भने, ‘उत्खननको जाँच र अनुगमनको जिम्मेवारी पनि दिइएको छैन ।’ स्थानीय भने रेल्वे क्षेत्रमै बढी उत्खनन भइरहेको दाबी गर्छन् ।

सम्झौतामा उल्लिखित उत्खनन गर्न पाइने परिमाणको तथ्यांक लुकाएर त्यसभन्दा बढी मात्रामा गिट्टी, बालुवा निकालिएको गौशाला–१२ का राकेश महतोले बताए । अवैध ढंगले नदीजन्य पदार्थ निकालिएको ईश्वरपुर–१३ का अध्यक्ष रामकरण महतो पनि स्विकार्छन् । अवैध उत्खननका कारण नजिकको श्रीनगर घाटटोल बाढीको उच्च जोखिममा छ । महोत्तरीतर्फ गौशाला–१२ को पूरा क्षेत्र, कान्ति बजारलगायत दर्जनौं गाउँ डुबान र खेतीयोग्य जमिन कटान हुन सक्ने स्थानीय गोपाल बम्जनको चिन्ता छ ।

उत्खनन गर्न बनाइएको १२–१५ फिट गहिरो खाडल पुर्न अहिले ईश्वरपुर नगरपालिका नै लागिपरेको स्थानीयको आरोप छ । उत्खननबारे पटक–पटक अनुगमन र निरीक्षण गर्नुपर्ने भए पनि नगरका कर्मचारी तथा जनप्रतिनिधिसमेतले स्थानीयबाट आएको गुनासो सम्बोधनमा वास्ता नगर्नुले मिलेमतोको आशंका गरिएको हो ।

सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बाँके खोलामा उत्खनन सुरु हुँदा अनुगमन भए पनि त्यसपछि भने नभएको बताए । ‘खोलामा भएको अवैध उत्खननबारे हामीलाई कुनै जानकारी छैन । जिल्ला समन्वय समिति र स्थानीय तहले अनुगमनबारे थाहा दिए मात्रै प्रहरी पुग्ने हो,’ उनले भने ।-कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

झा दम्पती बेपत्ता घटनाको अनुसन्धान पूरा नहुँदै महोत्तरीका सिडीओ र एसपीको सरुवा
प्रदेश २

झा दम्पती बेपत्ता घटनाको अनुसन्धान पूरा नहुँदै महोत्तरीका सिडीओ र एसपीको सरुवा

नागरिकता माग गर्दै धनुषामा प्रदर्शन
प्रदेश

नागरिकता माग गर्दै धनुषामा प्रदर्शन

भारतले २५ वटा स्वास्थ्यचौकी पुनर्निर्माण गरिदिने
अन्तराष्ट्रिय

भारतले २५ वटा स्वास्थ्यचौकी पुनर्निर्माण गरिदिने

नेपाल इन्भेष्टमेन्ट बैंक जनकपुर शाखाले आफ्नो स्थापनाको ३५ औं वार्षिकोत्सव जानकी वृद्धा आश्रमका आमाहरु संग मनाए
अर्थ

नेपाल इन्भेष्टमेन्ट बैंक जनकपुर शाखाले आफ्नो स्थापनाको ३५ औं वार्षिकोत्सव जानकी वृद्धा आश्रमका आमाहरु संग मनाए

फागुन २३ गते संसद् बैठक बोलाउने सरकारको निर्णय
राजनीति

फागुन २३ गते संसद् बैठक बोलाउने सरकारको निर्णय

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना: प्रदेश २ मा २७ बालीको जोन थप गर्ने निर्णय
अर्थ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना: प्रदेश २ मा २७ बालीको जोन थप गर्ने निर्णय

Next Post
दुवैतिरबाट देउवालाई प्रधानमन्त्रीको अफर छ नि ! तर … : विमलेन्द्र निधि (अन्तर्वार्ता)

दुवैतिरबाट देउवालाई प्रधानमन्त्रीको अफर छ नि ! तर ... : विमलेन्द्र निधि (अन्तर्वार्ता)

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist