- तुलसा भट्टराई
उदयपुर
मैले लेख्दा कसैको मन जल्छ भने जल्न देऊ
ईर्ष्यारूपी आगो बल्छ भने बल्न देऊ
सोच्न पाउने कुरा त स्वतन्त्रता हो भन्ने ठान्छु
उडाउन मलाई हुरी चल्छ भने चल्न देऊ
नारी प्रतिभाको पनि सम्मान गर्न सिकोस उसले
स्वाभिमानी शिर ढल्छ भने ढल्न देऊ
हिजो पनि एक्लो थिए भोली पनि एक्लै हुला
भाग्यले नै मलाई छल्छ भने छल्न देऊ
छोरी हो आगो खार अंगार ओकल्न सक्छे भन्देऊ
अमृत रोप्दा विष फल्छ भने फल्न देऊ