मङ्लबार, फाल्गुन २५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

ओलीले संसद बिघटन गरेर नेपाली जनताले सडकबाट लडेर अर्जेको गणतन्त्र माथि प्रहार गर्ने ध्रिष्टता गरे : कांग्रेस महोत्तरीका जिल्ला सचिब पाठक

शिरीष न्युज by शिरीष न्युज
माघ १, २०७७
0
ओलीले संसद बिघटन गरेर नेपाली जनताले सडकबाट लडेर अर्जेको गणतन्त्र माथि प्रहार गर्ने ध्रिष्टता गरे : कांग्रेस महोत्तरीका जिल्ला सचिब पाठक

नेपाली कांग्रेस महोत्तरीका जिल्ला सचिब शम्भूनारायण पाठक संग गरिएको कुराकानीको सारसंक्षेप ।

अहिले जसरी प्रधानमन्त्री केपी शर्मा ओली ले हठात रुपमा संसद बिघटन गर्नु भयो यसमा तपाईँ को भनाई के छ ?

-हेर्नुस, वर्तमान अवस्थामा नेपाली राजनीति दुई कित्तामा बिभाजित भएको प्रस्ट नै छ । पहिलो, प्रधानमन्त्री केपी शर्मा ओली ले निर्वाचित संसद बिघटन गरेको घटनालाई संबैधानिक भनिरहेका छन् । दोस्रो, उक्त घटना लाई असंबैधानिक भनी अहिले सडकमा उत्रेका छन् । ओली ले संसद बिघटन मात्र गरेको छैन् अपितु नेपाली जनताले सडकबाट लडेर अर्जेको गणतन्त्र माथि प्रहार गर्ने ध्रिष्टता गरेका छन् । पहिलो कित्तामा ओली र उनी जस्ता प्रतिगमनकारीहरुको भिड देखिन्छ भने दोस्रो कित्तामा प्रगतिशिल बिचारधारा भएका साथै संबिधानवादमा विश्वास गर्ने देशका सम्पूर्ण जनता उभेका छन् । ओलीको असंबैधानिक कदमको बिरोध जारी छ । हामीले हेर्दै आएको संसदिय अभ्यासलाई आधार मान्ने हो भने नेपालमा संसद बिघटन पहिलो पटक गरिएको छैन् । तर नेपाली कांग्रेसको नेतृत्वमा बनेको संबिधानको मर्मानुसार नयाँ संबिधान अन्र्तगत संसद बिघटन गर्ने अधिकार प्रधानमन्त्रीमा छैन् । झन दुई तिहाईको जगमा बनेको प्रधानमन्त्रीले संसद बिघटन गर्नु भनेको कसैको इसारामा देशमा राजनीतिक अस्थिरता निमत्याउने योजना तहत गरिएको बुझिन्छ ।
रह्यो कुरा नेपाली कांग्रेस को भने कांगे्रसले ल्याएको संबिधानको रक्षाका लागि हामीले फेरी एकपटक आन्दोलन गर्नुपर्ने आवश्यकता देख्छु म । संबिधान बनाउँदै गर्दा त्यसबेलाको परिस्थितीमा मधेशका जनतामा थोरै बिमत्ती रहेको सत्यलाई नकार्न नमिले पनि नेपाली कांग्रेसले संबिधान संसोधनको प्रयाश समेत गरेको थियो । त्यसबेला तत्कालिन नेकपा एमाले संसोधन हुन दिएको थिएन । र अहिले आएर प्राप्त उपल्ब्धीलाई समेत समाप्तीको कगारमा लगेर यो कम्यिुनिस्टहरुले राखीदिएको छ । संघियता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता र समानुपातिकता को महत्वलार्य ओली ले कार्यान्बित गर्नु पर्ने समयको मागलाई नजरअन्दाज गरेको छ ।

तपाई ले चुनावको कुरा गर्दा नेपाली कांग्रेस दुई कित्तामा बिभाजित भएको छ । पुर्नस्थापना र चुनाव । तपाई को भनाई के छ ?

-नेपाली कांग्रेस अहिलेको मुद्दामा बिभाजित भएको जस्तो देखिएको होला । नेपाली कांगे्रस एउटा यस्तो पार्टी हो जहाँ बैचारिक स्वतन्त्रता लाई महत्व दिइन्छ । त्यसैले म के भन्न चाहन्छु भने हाम्रो प्रमुख माग भनेको वर्तमान संबिधानलाई सबैभन्दा पहिला रक्षा गर्नुपर्छ । संसद बिघटनको मुद्दा न्यालयमा बिचाराधिन रहेको अवस्थामा ओली ले जसरी अदालतलाई डिकटेट गरिरहेका छन् त्यसरी हामी गर्दै नौ । हामी शक्ति पृथकीकरण र न्यालयको स्वतन्त्रता माथि धावा बोल्नबाट परहेज गर्छौ ।
हो, रह्यो कुरा की अब नेपाली कांगे्रसले के गर्छ भने कुरा हाम्रा केन्द्रिय नेताज्यूहरुले सामुहिक निणर्य लिनु नै हुने छ । मेरो ब्यक्तिगत मत सोध्नुहुन्छ भने जसरी कम्यिुनिस्टहरुले जनताले दिएको बिशाल मतादेशलाई अपमान गरेको छ त्यसको क्षतीपूर्ती र कम्यिुनिस्टलाई सबक सिखाउनको लागि भएपनि यथासम्भव चुनावमा जाँदा नै उचित होला । इतिहास साक्षी छ, जबजब कम्यिुनिस्टहरुले देश बिगार्न खोज्यो तबतब नेपाली कांग्रेसले नेपालमा लोकतन्त्र र संबिधानवादको रक्षा गर्दै आएको छ । यो नेपाली कांग्रेसको मूल मान्यताभित्र पर्छ ।
नेपाली कांग्रेस ले गर्नसक्नु पर्ने आन्दोलन कहाँ देखिएको छ त ? कांग्रेस बिभाजित जस्तो देखियो नी त ?

– नेपाली कांगे्रस मो मूल नारा भनेको लोकतन्त्र, समाजवाद र …. भएता पनि यसको कार्यान्वयणको दृष्टिकोणबाट हेर्ने हो भने नेका मा दुई वटा खेमा रहँदै आएको कुरा कसैबाट लुकेको छैन् । तर देश हितको सवालमा नेपाली कांग्रेस जहिले पनि गोलबद्ध नै भएको छ । आज पनि एक ढिक्का भएर उभिएका छौ । रह्यो कुरा आन्दोलनको । संसद बिघटनको मुद्दा अदालतमा बिचाराधिन रहेकै कारणले गर्दा हाम्रो आन्दोलनको ताप कमसल देखिएको हुनसक्छ तर राप अधिक छ । अदालतको आदेश के आउँछ त्यसै अनुरुप हामीज अघि बढ्ने छौ ।
व्यवहारिक पक्ष के हो भने चुनावमा नजाने हो भने कांगे्रसको औचित्य मिट्न सक्ने सम्भावना छ । मानौ संसद पुर्नस्थापना भइहाल्यो । अनि के नेपाली कांगे्रस ओली संग मिलेर सरकार बनाउँछ त ? कदापी होईन । नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त राजनितिक उपल्ब्धीहरु लाई सखाप पार्ने यत्न गरिरहेका ओली समुह संग मिल्ने कुरा नै भएन । प्रचण्डजी हरुको बोली को ठेकान नै हुँदैन् । मधेशवादी दलसंग सहकार्य गर्ने आवश्यकता समेत बोध हुँदैन् । अहिले जसरी नेपाली कांगे्रस संग आम नेपाली जनताले आशा र भरोसा देखाइ रहेका छन् यस्तो अ वस्थामा यदी हामी एक्लै चुनावमा जाने हो भने जनताले हामीलाई पत्याउने सम्भावना ब्याप्त छ ।

ओली संग जान नसकिने कुरा गर्नुभो । अनि तपाईको सभापति आफै ओलीले संचालन गर्दै आएको सत्ताको मतियार कै रुपमा प्रस्तुत हुँदै आएको आरोपलाई कसरी खण्डन गर्नुहुन्छ ?

– हाम्रा सभापति सत्ताको मतियार हुनुभयो भन्ने आरोप तिर म जान चाहन्न । तर सदनमा कम्यिुनिस्ट सरकारले गरेका गैरलोकतान्त्रिक क्रियाकलापहरुको बिरोध नेपाली कांग्रेसले निरन्तररुपमा गर्दै आएको थियो । जनसरोकारको मुद्दालाई केन्द्रमा राखेर नेपाली कांग्रेस सदन देखि सडक सम्म आफ्नो उपस्थिती देखाउँदै आएको थियो र लोकतन्त्र र संबिधानवादको पक्षमा नेपाली कांग्रेस जहिले पनि लड्ने नै छ । पक्कै पनि हामी बाट सामान्य त्रुटी समेत भएको छैन् यदी मैले भने हो भने म गलत हुनेछु । तर समग्रमा नेपाली कांग्रेसब बाहेक कसैले पनि गणतन्त्रको रक्षा गर्ने ल्याकत समेत राख्दैन । तसर्थ नेपाली कांगे्रस चुनाव मा एक्लै जानुको बिकल्प छैन् । नेपाली जनताले अर्जेर ल्याएको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातीक व्यवस्था लाई जोगाउन नेपाली कांग्रेस लाई आम नेपाली जनले दुई तिहाई दिन सक्ने सम्भावनाको आयतन फराकिलो देख्छु म ।

 संसद बिघटनको प्रभाव प्रदेश सरकारमा पर्छ होला त ?

– ओलीको कदमले वर्तमान राजनीतिक संरचनामाथि नै धाबा बोलेको छ । यस्तो अवस्थामा प्रदेश सरकारमा यसको असर नपर्ने प्रश्न नै भएन । प्रदेशहरुमा ओली र माधव समुह बीच बिभाजनको रेखा गहिरी सकेको छ । यदी नेकपा बिभाजनले औपचारिकता पायो भने प्रदेशहरुमा पनि सरकार फेरबदलको अभ्यासहरु चल्ने नै छ ।
तर मुल प्रश्न यो हो की जसरी ओली ले संबिधान माथि नै हमला गरेको छ त्यसले गर्दा सबैभन्दा ठूलो चुनौती भनेको संबिधानको रक्षा गर्नु हो । र नेपाली कांग्रेसको ध्यान अहिले संबिधान बचाउनमा केन्द्रित रह्नु पर्छ, छ पनि ।

पछिल्ले चुनाव जस्तै मधेशवादी दल संग तालमेल गरेर जाने सम्भावना कतिको छ ?

-वर्तमान राजनीतिक अवस्थाको गहन र उचित मूल्याङ्कन गरेर हामी अघि बढ्छौ । मधेशवादी दलसंग मिलेर चुनावमा जाने सम्भावना देख्दिन म । पछिल्लो चुनावको बेला खासखास सिटमा बिभिन्न दबाबका कारण चुनावी तालमेल गरिएको थियो र चुनावी गठबंधन जस्तो केही भएको थिएन ।

वर्तमान राजनीतिक घटनाले नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा कतिको असर पर्नसक्छ त ?

-हिँजो मात्र नेपाली कांग्रेसका उप-सभापति बिमलेन्द्र नीधिले भनि सक्नुभएको छ की अहिलेको राजनीतिक उहापोहको अवस्थामा महाधिवेशन भन्दा पनि चुनावमा जानु पर्ने सम्भावना छ । उहाँको बिचार संग सहमती जनाउँदै म के भन्न चाहन्छु भने नेपाली कांग्रेसले क्रुर पंचायती व्यवस्था होस या पछिल्लो मधेश आन्दोलन- हामीले खुला चौरमा पनि महाधिवेशन गरेको स्वणर्िम इतिहाँस छ । तसर्थ, महाधिवेशनमा जान पनि सकिन्छ । र यसमा हाम्रो पार्टी नेतृत्वले के गर्नुहुन्छ हामी त्यसरी नै जाने हो ।

बिमलेन्द्र नीधि को चर्चा गरिहाल्नु भयो । तपाई लाई के लाग्छ यदी महाधिवेशन हुने हो भने नीधीजी सभापतिमा भिड्नु हुन्छ ?

-यो प्रश्नको उत्तर सबैलाई थाहा छ । सामान्य जस्तै भइसकेको छ यो प्रश्न र यसको उत्तर पनि । बिमल दाजु समापतिमा भिड्ने मात्र प्रश्न कहाँ छ र । उहाँ आउँदो महाधिवेशनबाट सभापति बन्नु हुन्छ भन्नेमा हामी विश्वस्त छौ । बिमल दाजु सभापति बन्ने हो भने यसले हिमाल, पहाड र कांग्रेसको गढ मानिने मधेशमा समेत नेपाली कांग्रेस रिभाइव हुनेछ । देशमा र खासगरि मधेशमा बिमल दाजु प्रति देखिएको सदभावले म ढुक्क का साथ भन्न सक्छु की हाम्रो आउँदो सभापति बिमलेन्द्र नीधि नै बन्नु हुनेछ । पार्टीमा अन्य शिर्ष नेताहरुले पनि महसुस गरेको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

पिपराबाट सोमबार मध्यरातीदेखि बेपत्ता भएका झा दम्पतिको अवस्था अझै अज्ञात
प्रदेश

महोतरीबाट बेपत्ता भएका दम्पतीको व्यापक खोजबिन तथा अनुसन्धानको लागि आन्दोलन गरिने

विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु
प्रदेश

विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण
प्रदेश

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण

ओली समूहका कार्यकर्ताद्वारा धनुषाको ढल्केवरमा दीप प्रज्वलन
प्रदेश २

ओली समूहका कार्यकर्ताद्वारा धनुषाको ढल्केवरमा दीप प्रज्वलन

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
प्रदेश

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

धमाधम गुन्डा समाउँदै प्रहरी: महेन्द्रनगरमा प्रहरी सक्रियता बढेपछि टोले गुन्डाहरुको भागभाग
प्रदेश

वर्दिवासबाट लागु औषध सहित एक पक्राउ

Next Post
परिस्थितले जीवनमा ल्याएको नयाँ यात्रा लाई स्वभाविक तर चुनौतीपूर्ण रुपमा लिएकी छु : प्रदेश सभा सदस्य बबिता चौधरी

परिस्थितले जीवनमा ल्याएको नयाँ यात्रा लाई स्वभाविक तर चुनौतीपूर्ण रुपमा लिएकी छु : प्रदेश सभा सदस्य बबिता चौधरी

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist