ढल्केवर (धनुषा)- धनुषाको ढल्केवरमा दीप प्रज्वलन गरी २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । राष्ट्रिय नागरिक आन्दोलन र दारी ग्याङ्ग धनुषाले संयुक्त रुपमा पृथ्वी जयन्ती मनाएका हुन् ।
सहभागिहरुले पृथ्वी नारायण शाहको तस्वीर अंकित ब्यानर राखेर ¥याली निकाल्दै नगर परिक्रमा गरेका थिए । ढल्केवरको चौकमा रहेको पार्कबाट निकालिएको ¥याली ढल्केवरको तीन वटै चौक परिक्रमा गरि पुनः पार्कमा आएका थिए । ¥यालीमा सहभागिहरुले राष्ट्रिय एकता जिन्दावाद, राष्ट्र निर्माता जिन्दावाद जस्ता नारा लगाएका थिए ।
पार्कमा पहिलादेखि नै तयार गरेर राखिएको नेपालको नक्सा र पृथ्वी नारायण शाहको चित्रमा दीप प्रज्वलन गरेका थिए । दीप प्रज्वलन कार्यक्रममा दारी ग्याङ्ग धनुषाको संयोजक देवराज घिमिरे र राष्ट्रिय नागरिक आन्दोलन धनुषाको संयोजक सुनिल सिंहलगायत युवाहरु उपस्थिति थियो ।