सिरहा- प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीबाट देशको र समाजको परिवर्तन सम्भव नभएको दावी गरेका छन्।
कम्युनिस्ट नेता जयगोविन्द साहको ३१ औं स्मृति सभालाई सिरहाको वस्तीपुरमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले ओली भष्मासुर, दुर्योधन र दुशासन प्रवृतिको भएको बताए।
उनले भष्मासुर प्रवृतिका ओलीलाई छिट्टै आफूहरुले भष्म गरिदिने चेतावनी समेत दिए।