महोत्तरी- महोत्तरीको विभिन्न आठ पालिकाको १२ स्थानमा कोभिडबाट वच्न रतौली युवा क्लवको सहजिकरणमा हयाण्ड वास स्टेशन जडान अन्तिम चरणमा पुगेको छ । विभिन्न क्वारेन्टाईन र आईसोलेसन स्थलमै उक्त हयाण्ड वास स्टेशन राख्ने योजना भएपनि महोत्तरीमा क्वारेन्टाईनहरु स्थानिय तहहरुले हटाईसकेपछि स्वास्थ्य चौकीहरुमा उक्त स्टेशन जडान गर्न लागिएको हो ।
रतौली युवा क्लवका कार्यक्रम संयोजक वैजनाथ चौधरीले स्वास्थ्य चौकीहरुमा समेत हात धुने स्टेशन निक्कै प्रभावकारी हुने भएकोले त्यहा जडान गर्न लागिएको वताउदै यसले स्वास्थ्य चौकीमा उपचारको लागि आउने विरामी तथा कुरुवाका साथै स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई समेत सहज हुने वताए । उनले स्टेशनसंगै उक्त स्वास्थ्यचौकीहरुमा खानेपानीको उचित व्यवस्थापन तथा जिणर् शौचालयहरुको मर्मत,रंगरोगन देखि शौचालयमा जान बाटो समेत बनिरहेको वताए ।
युनिसेफको आर्थिक सहयोगमा संचालन रहको उक्त दोस्रो फेजको परियोजना एनसिभी नामक संस्थाले रतौली युवा क्लवलाई दिएकोमा हाल सवै १२ ठाउको हात धुने स्टेशन निर्माण तथा जडान कार्य अन्ति चरणमा रहेको छ ।
रतौली युवा क्लवले पिपराको पिपरा स्वास्थ्य चौकी,सहोडवा स्वास्थ्य चौकी र रतौली स्वास्थ्य चौकीमा जडान गर्दै छ भने मटिहानी नगरपालिकाको मटिहानी स्वास्थ्य चौकीमा जडान अन्तिम अवस्थामा पुगेको छ । पिपरा स्वास्थ्य चौकीमा नया भवन र ट्यांकी लगायतका साधनहरु पहिले देखि नै रहेकोले सोहि ठाउमा पानी सफा गर्ने ठुलो फिल्टर(आरओ सिस्टम) जडान गरिएको छ । यता मनरा सिस्वा नगरपालिकाको बथनाहा स्वास्थ्य चौकी र साढा स्वास्थ्य चौकी,सम्सी गाउपालिकाको गैढाभेटपुर स्वास्थ्य चौकी र वैरगिया लक्ष्मिनिया स्वास्थ्य चौकी,सोनमा गाउपालिकाको रघुनाथपुर स्थित रघुनाथपुर स्वास्थ्य चौकी(खखना),औरही नगरपालिकाको सोनामाई स्वास्थ्य चौकी,भंगहाको भंगहा स्वास्थ्य चौकी र रामगोपालपुरको बसविटटी स्वास्थ्य चौकीमा उक्त स्टेशनहरु जडान भैरहेको जोखिम संचार अधिकृत लक्ष्मण मोचीले वताए । उनले समग्रमा कार्यक्रम पुगेको स्वास्थ्यचौकीहरुमा आउने विरामीलाई हात धुने,पानी पिउने र शौचालय नै जानु पर्ने भए समेत त्यसकै लागि समेत व्यवस्थापन गरिएको वताए । परियोजनाले सवै स्टेशनमा आरओ सिस्टम फिल्टर जडान गर्ने वताएको छ ।
यता दोस्रो फेज परियोजनाका सव ईन्जिनियर प्रविण कणर्ले सवै ठाउमा जडान र व्यवस्थापनकार्य अन्तिम चरणमा रहेकोले यसै साता पश्चात सेवाग्राहीहरुले उक्त स्टेशनहरुको उपभोग गर्न सक्ने वताए ।
रतौली युवा क्लवले सदरमुकाम स्थित विभिन्न सार्वजनिक सरोकारका कार्यालयहरुमा समेत उक्त स्टेशन जडान गरेको छ । जिल्ला प्रसासन कार्यालय,जिल्ला समन्वय समिति ,जिल्ला प्रहरी कार्यालय र मालपोत कार्यालय तथा रामगोपालपुर नगरपालिका,सोनमा नगरपालिका र जलेश्वर नगरपालिका लगायतका विभिन्न पालिकाहरुमा समेत स्टेशनहरु जडान गरिएको जोखिम संचार अधिकृत मोचीले वताए ।
कार्यक्रम हात धुने स्टेशन जडान र उक्त स्वास्थ्य चौकीहरुको स्वच्छता सम्बन्धि भौतिक संरचना व्यवस्थापनमात्र नभएको र यसका अन्य पाटाहरु समेत द्रुत गतिमा वढीरहेको उनले वताए ।
सवै १२ ठाउमै समुदायलाई स्वच्छता कक्षा संचालन देखि स्वास्थ्य व्यवस्थापन समिति र स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सरसफाई र स्वच्छता वारे अन्तरकृया कार्यक्रमहरु समेत संचालन भैरहेको अधिकृत मोची बताउछन ।
स्टेशन निर्माण तथा अन्य मर्मत तथा व्यवस्थापनको लागि आठ स्थानमा एकलाख तैतिस हजार र चार ठाउमा एकलाख अन्ठान्नवे हजार रकम बजेट राखिएको छ । उक्त योजना आपतकालिन खोनपानी सरसफाई स्वच्छता प्रतिकार्य र कोभिड १९ परियोजना अन्तर्गत संचालनमा रहेकोमा यसै डिसेम्वरको अन्तिमसम्म कार्यक्रम सम्पन्न गर्नु पर्ने छ ।