औरही,महोत्तरी। महोत्तरीको औरहीस्थित जनता बचत तथा ऋण सहकारी संस्थाले शनिवार वार्षिक सधारणसभा सम्पन्न गरेको छ ।
शनिवार औरहीस्थित राधाकृष्ण पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमकाबीच संस्थाले आफनो ९औ बार्षिकसधारणसभा मनाईएको हो । कार्यक्रमकाबीच औरही नगरपालिकाका प्रमुख सुुनिल कुमार यादवले सहकारीको माध्यमले ग्रामिण महिलाहरुले क्रमिक रुपमा वचतको शुरुवात गरिएको जनाएको छ ।
पहिलेको समयमा महिलाहरुले घरमै खुत्रुकेमा वचत गर्दै आएका महिलाहरुले यस्ता सहकारी संस्थाको माध्यमले समय परिवेशअनुसार परिवर्तन हुँदै आएको जनाएको छ ।
कार्यक्रमकाबीच वडा नं. २ का अध्यक्ष विनोद पंजियारले केहीदिन अगाडि मात्र आगलगीले करोडौको क्षति हुँदा यसै सहकारीसंस्थाले नगरपालिकासमक्ष पहल गरेको जनाएको छ । कार्यक्रमकाबीच सहकारी संस्था पुणर्ता मुनाफारहित संस्था भएकोले समाजका गरिव, विपन्न, असहायहरुको हकमा सहयोगीको भुमिका निर्वाह गर्नुपर्नेमा नेकपाका नेता नरेन्द्र यादवले बताएका छन ।
कार्यक्रमकाबीच संस्थाका अध्यक्ष मोतीलाल यादवले अगामी केहीदिनभित्रमै संस्थाले वर्दिवासमा १५ जनालाई सहकारी सम्बन्धि तालिम संचालन गर्ने जनाएको छ । कार्यक्रमकाबीच विभिन्न सहकारीकर्मी,राजनीतिकर्मी, नागरिक समाज, महिला,वुद्धिजिवी लगायत सर्वसधारणको सहभागी रहेको थियो ।