धनुषा- धनुषाको क्षिरेश्वरनाथ नपामा स्थानिय जनप्रतिनिधी र न्यायिक समितीलाइ २ दिने क्षमता अभिवृद्धि सम्बन्धी तालिमको सुरुवात गरिएको छ ।
क्षिरेश्वरनाथ नगरपालिकाका उपप्रमुख समेत रहेकी न्यायिक समितीका संयोजक रचना माथेमाको प्रमुख आतिथ्यतामा २ दिने तालिमको सुरुवात गरिएको हो । क्षिरेश्वरनाथ नगरपालिकाका उपमेयर, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य र मानवअधिकार निगरानी समुहका पदाधिकारी र संचारकर्मीहरुलगायत ३० जनाको उपस्थिती रहेको छ ।
तालिममा कोभिडको समयमा मानवअधिकारसम्बन्धी प्रशिक्षण इन्सेक प्रदेश २ का संयोजक राजु पासवान र न्यायिक समिती सम्बन्धी कानुन प्रावधान र न्यायिक समितीको अधिकारसम्बन्धी प्रशिक्षण कानुन अधिकृत रहेका एड्भोकेसी फोरम नेपालका प्रदेश २ संयोजक राजकुमार महासेठले दिनुभएको छ । मंसिर १३ गतेदेखि सुरु भएको तालिम मंसिर १४ गते समापन गरिने भएको छ ।