महोत्तरी- गत असोज १ गते मोटरसाईकलको ठक्करले घाईते भई विराटनगर स्थित विराटनगर अस्पतालमा उपचाररत साढे तिन वर्षिय वालक सरिफ अन्सारीको उपचारमा रकम अभाव भएको छ । मोटरसाईकल ठक्करले बालकको मस्तिष्कमा चोट लागि रगत समेत जमेको,छातीको देव्रे भागमा गम्भिर चोट लागेको र कम्मरमा क्रयाक भएको अवस्थामा उनको सोहि वेला देखि उपचार हुदै आएको उपचाररत छन । अस्पतालले दुई महिनाकै उपचारमा करिव १२ लाख खर्च भएको पत्र दिएको छ भने औषधीमा थप करिव ६ लाख गरि लगभग १८ लाख खर्च खर्च तिर्नु पर्ने छ ।
घाईते बालकलाइ ठक्कर दिनेको तर्फबाट हालसम्म कुनै सहयोग नभएपछि विचल्लीमा परेको परिवार आर्थिक सहयोगको लागि भौतारिनु परेको उनका काका मोहम्मद मुस्तफा अन्सारी बताउछन ।
जलेश्वर नगरपालिका वडा नं. ३ निवासी मोहम्मद मुर्तजा अन्सारीका छोरा सरिफको मुख र घाटीबाट अक्सिजन र खानाको पाईप हाल निकालिसकिएको र स्वास्थ्यमा पहिले भन्दा निक्कै सुधार आएको काका मुस्तफाले वताए । तर विभिन्न ठाउबाट सापटी र घर नै बन्धकि राखेर समेत हालसम्म ६ लाख जतिमात्र रकम अस्पताल र औषधीको लागि तिर्न सकेको उनले वताए ।
आगामी सातासम्म अस्पताललाई पुरै रकम तिरेर बालकलाई डिस्चार्ज गरि ल्याउने सम्भावना रहेपनि अस्पताललाई पैसा नै नतिरी बच्चा कसरी फिर्ता ल्याउने भन्दै आर्थिक सहयोगका लागि घाइते वालक परिवारले याचना गरेका छन ।
बालकको वुवा हाल वैदेशिक रोजगारीमा मलेसियामा रहेकोमा उनले समेत कमाएको सवै रकम वच्चाको उपचारमा लगाईसकेको र अव त्यहाबाट समेत रकमको जोहो हुने सम्भावना न्युन रहेको वेला अस्पतालमा तिर्नु पर्ने बक्यौता रकम र थप उपचारमा लाग्ने खर्च रकम अभाव भएको हो ।
आर्थिक सहयोगको लागि मोहम्मद मुस्तफा अन्सारीको प्रभु बैंकको जलेश्वर शाखामा रहेको बचत खाता नं. ०६३०१५७७२६४०००१४ मा पठाउन सकिने छ ।