बिहिबार, माघ ८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई

शिरीष न्युज by शिरीष न्युज
भदौ १२, २०७७
0
नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई

काठमाडौं : नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले । दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका हुन्।  

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई
नेपाल आइडल सिजन–३ की विजेता सज्जा चौलागाईं (बीच) फस्ट अनरअप प्रवीण बेडुवाल र सेकेन्ड रनरअप किरणकुमार भुजेल ।

एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो। प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा, प्रवीण र किरणकुमार पुगेका थिए। 

नेपाल आइडल–३ को उपाधिसहित विजेता सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन्। 

आइडलको फिनालेमा सीमित मानिस र दर्शकको उपस्थितिमा विजेता घोषणा गरिएको हो । आइडल प्रोजेक्ट हेड सुरेश पौडेल हुन् । उनका अनुसार कोभिड–१९ का कारण ग्रान्ड फिनाले सामान्य तवरमै सञ्चालन गरिएको हो  कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन्। आइडल टिमकै एक जनामा शुक्रबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि आइडल टिमको उपस्थितिमा मात्र कार्यक्रम सम्पन्न भएको हो । 

मोरङ पथरीकी सज्जा नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थालेको थियो । उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रममा प्रशंसा हुने गर्छ। कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा उनले पहिलो स्थान प्राप्त गरिन्। बाबा मोरङमा र आमा साइप्रसमा भएकी सज्जा आफ्नो भाइसँगै हुर्किएकी हुन्।

ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा उनी लाइभ गीत गाउने गर्थिन्। उनको ‘दी लोडिङ’ नामक ब्यान्ड थियो। कलेज पढ्दै, लाइभ गीत गाउँदै उनको दैनिकी चलिरहेको थियो। लाउन्जहरूमा हिन्दी, रक र अंग्रेजी गीत बढी गाउनुपथ्र्यो। तीनदेखि चार घण्टा निरन्तर गीत गाउनुपथ्र्यो।

पहिलो पटक उनले फ्लेवर्स रेस्टुरेन्ट तारागाउँमा गाएकी थिइन्। गाएर कमाएको पहिलो कमाइ पाँच सय रपैयाँ थियो। उनका आमाबुवाले गाउन सधैं सहयोग गर्छन्। ब्याचलर्सकी विद्यार्थी सज्जा नेपाल आइडल सिजन–३ को अडिसनले यता तानिएकी हुन्।

सुरुमा उनले डिजाइनर बन्ने सपना बोकेकी थिइन् तर गीतले उनलाई पछ्याइरह्यो। गायनमै अगाडि बढ्छु भन्ने त थिएन तर लाइभ गायन र नेपाल आइडलले उनलाई गायनबाट अलग हुन नसक्ने बनायो।

नेपाल आइडलमा अरूले गाएको सुन्दा यत्तिको त म पनि गाउन सक्छु भन्ने लाग्थ्यो उनलाई। गायक सविन राईकी फ्यान सज्जा नेपाल आइडलले आफूलाई संगीतसँग अझ नजिक बनाएको बताउँछिन्। 

फस्ट रनरअप प्रवीण बेडुवाल

बर्दिया राजापुरका प्रवीण नेपाल आइडल सिजन-३ का फस्ट रनरअप बने। शास्त्रीय संगीतका विद्यार्थी बेडुवाल जब नेपाल आइडलको स्टेजमा उत्रन्थे गायन अवधिभर गीतमै डुब्थे। हरेक इपिसोडमा अब्बल गाउने प्रवीण शान्त स्वभावका छन्।

उनी भारतको तमिलनाडुमा हुर्किएका हुन्। इन्डियन आर्मीमा आबद्ध उनका बुवाले गायनका लागि उनलाई कहिल्यै सहयोग गरेनन्। उनका बुवाले प्रवीण पनि आर्मीमै जागिर खाउन भन्ने सोच्थे। बुवाले भनेपछि कसैले पनि नाइँ भन्न सक्दैनथे। प्रवीण गाउन नछाड्ने, उनका बुवाले गीत गाएको सुन्न नसक्ने। बुवाले एक दिन प्रवीण सामु एउटा प्रस्ताव राखे। ‘प्रवीण कि गाउन छाडिदे कि घर ? प्रवीणले घर नै छाडिदिए। त्यसपछि हजुरआमासँग बसे। उनका हजुरबुवा सानोमै भारत पसेका थिए। उतै व्यापार गरे। छोराछोरी उतै हुर्काए। तर पनि उनलाई भनिरहन्थे, ‘यो हाम्रो ठाउँ होइन है। नेपालमै फर्कनुपर्छ, केही गर्नुपर्छ।’ नेपालमै सरकारी जागिर खानुपर्छ भन्ने सोच थियो। हजुरबुवा आफ्नै देशमा काम गर्न उक्साउँथे। यसैले पनि प्रवीणमा नेपालमै केही गनुपर्छ भन्ने भावना जागेको थियो।

प्रयाग संगीत विश्वविद्यालय इलाहाबादबाट शास्त्रीय संगीतमा उनले ब्याचलर्स गरेका छन्। संगीतलाई अगाडि बढाउने भन्दै उनी नेपाल पनि आएका थिए तर यहाँको वातावरण राम्रो लागेन उनलाई। उनी तमिलनाडु नै फर्किए। त्यहाँ गएपछि पनि उनी गीतसंगीतमै निरन्तर लागिरहे। उनलाई परिपक्व गायक बन्नु थियो।

बुटवल अडिसन हुँदा उनी चितवनमा थिए। नेपाली गीतसंगीत सुनेर हुर्किएका प्रवीण नेपाली भाषाका गीत पनि उत्तिकै राम्रो गाउँथे। उनका नेपाली साथीले नेपाल आइडलमा जाने सल्लाह दिए। उनी पहिलो टेकमै छनोट भए। 

सेकेन्ड रनरअप​ किरणकुमार भुजेल

महोत्तरी बर्दिबासका किरणकुमार भुजेल सेकेन्ड रनरअप बने। उनी वाइल्ड कार्ड इन्ट्रीमार्फत नेपाल आइडलमा पुनः भित्रिएका हुन्। उनले सबै कार्यक्रममा दमदार प्रस्तुति दिएका छन्। उनी केही वर्षदेखि नेपाली संगीतमा संघर्ष गरिरहेका थिए। सामान्य किसान परिवारमा हुर्किएका किरणलाई संगीत सिक्ने रहरले संघर्ष र अभावको बाटोमा लामै हिँडाएको छ। नेपाल आइडल आउनुअघि नै उनले केही गीत सार्वजनिक गरिसकेका थिए। कुशल गायक बन्ने सपनाले उनलाई अभावको बाटो पार गर्न हौसला दियो।

गाउँमा भैंसी चराउन जाँदा होस् या धान रोप्न खेत पस्दा होस् उनले दाजु सुमनसँगै गीत गाउने अभ्यास गर्थे। इन्डियन च्यानलमा आउने सांगीतिक रियालिटी सो हेरेर उनले नेपालमा पनि यस्तै स्टेज होस् भन्ने कल्पना गर्थे। 

नेपाल आइडललाई सुरुआतदेखि नै पछ्याएका भुजेल पहिलो सिजनमा थिएटर राउन्डसम्म पुगेर बाहिरिएका थिए। पिठ्यूँमा स्याउलाको भारी बोलको कर्णप्रिय गीत गाउँदै सिजन-३ को अडिसनमा छनोट भएका थिए।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भारतले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुग्यो
राष्ट्रिय

भारतले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुग्यो

सरकार विरुद्ध नेपाली काङ्ग्रेसले गरे जलेश्वरमा बृहत विरोध प्रदर्शन (फोटो फिचर)
प्रदेश

काँग्रेसले आज प्रदेश २ सहित देशभरका सबै वडामा प्रदर्शन गर्दै, आन्दोलनमा सबैलाई आउन आह्वान

मोटरसाइकल दुर्घटनामा परि धुनषामा एकको मृत्यु ।।
प्रदेश २

सप्तरीमा मोटरसाईकल दुर्घटना दुई जनाको मृत्यु

जानकी मेडिकल कलेजका कर्मचारी द्वारा रिले अनसन जारी
प्रदेश

जानकी मेडिकल कलेजका कर्मचारी द्वारा रिले अनसन जारी

३० वटा विद्यालयका द्वारा कामै नगरी करोडाैँ रुपैयाँ अनियमितता
प्रदेश

३० वटा विद्यालयका द्वारा कामै नगरी करोडाैँ रुपैयाँ अनियमितता

वडास्तरको विरोध प्रर्दशन थप व्यापक बनाउन कांग्रेसको अपिल
राजनीति

वडास्तरको विरोध प्रर्दशन थप व्यापक बनाउन कांग्रेसको अपिल

Next Post
पैसा कमाउने सपना बोकेर मलेसिया उडे, तर काठको बाकसमा फर्किए

पैसा कमाउने सपना बोकेर मलेसिया उडे, तर काठको बाकसमा फर्किए

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist