सिरहा। सिरहाको मिर्चैया नगरपालिका – ५ का दुई जनाको गोली हानी हत्यापछि फरार रहेका अपराधीलाई प्रहरीले पक्राउ गरेको छ ।
सिराहा नगरपालिका ५ कै लालकुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सिराहा र इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले धनुषामा लुकीछिपी बसिरहेका साहलाई पक्राउ गरेको बताइएको छ ।
२०६७ असार ११ गते राति देवेन्द्र यादव र चिनेन्द्रकुमार यादवलाई गोली हानी हत्यापछि उनी फरार थिए । सिरहामा गोलि हानी हत्या गरेको अपराधी धनुषामा पक्राउ