काठमाडौं : मंगलबार साँझ निधन भएका राष्ट्रकवि माधव घिमिरेलाई अन्तिम विदाइ गरिएको छ । केहीबेरअघि मात्रै घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि गरिएको छ।

राष्ट्रकवि घिमिरेका छोराहरू राजीव र इन्डिवरले ११ बजेर ४८ मिनेट जाँदा उनको पार्थिव शरीरुमा दागवत्ती दिए । घिमिरेकी कान्छी श्रीमती महाकाली पनि अन्त्येष्टिमा सहभागी भएकी थिइन् । घिमिरेलाई अन्तिम विदाइ गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई आर्यघाट पुगेका थिए ।
दागवत्ती दिनुअघि राष्ट्रिय सम्मानका लागि नेपाली सेनाको टुकडीले सलामी अपर्ण गरेको थियो ।
उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रकवि माधव घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण गर्नुभएको थियो । आज बसहान घिमिरे निवासमा पुगेर उहाँले सरकारका तर्फबाट श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

यस्तै नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले पनि उहाँको पार्थिव शरीरमा माला चढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।






