काठमान्डौं । प्रदेश नं. २ को आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवको घरमा गएराती चोरी भएको छ ।
काठमान्डौं स्थित उनको निवासमा गएराती (बुधबार बिहान) करिब २ र ३ बजेको बीचमा चोरी भएको मन्त्री यादवका प्रमुख स्वीकय सचिव सुरेन्द्र कुमार दीपकले जानकारी दिए ।
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ बोजे पोखरी स्थित उनको निवासमा राती चोर पसेर चोरी गरेको जनाइएको छ । सो क्रममा चोरले २ लाख रुपैयाँ नगद, २ वटा मोबाईल समेत चोरी गरी लगेका छन् ।
बाहिर दिइएको रेलिँग फोडेर चोरले २ लाख नगद सहित मोबाईलसँगै पर्स पनि चोरेर लगेका हुन् । मन्त्री यादवले प्रयोग गर्दै आएको ९८५११४४५५५ नम्बको सिम सहितको मोबाईल समेत चोरी गरि लगिएको छ ।
घटनाको जानकारी पाए लगत्तै ललितपुर सातदोबाटोको डिएसपीको कमाण्डमा प्रहरीको टोली आएर अनुसन्धान थालेको छ । यसका साथै, सो घटना छानबिनको लागि क्राईच ब्रान्चको टोली, अनुसन्धानको टोली सहित केन्द्रीय अन्वेषण ब्यूरो (सिआईबी) को टोली समेत घटनास्थल पुगेका छन् ।