काठमाण्डौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितलाई होम आइसोलेसनमा बस्न प्रेरित गरेको छ ।
संक्रमित बढ्दै गएपछि अस्पतालमा बेड अभाव भएका वेला मन्त्रालयले हाेम आइसोलेसनमा बस्दा छिटाे निकाे हुने बताएकाे हाे ।
मन्त्रालयले मंगलबार गरेकाे नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गाैतमले होम आइसोलेसनमा बस्ने संक्रमित छिटो ठीक हुने गरेको बताए ।
होम आइसोलेसनमा बस्दा छिटाे निकाे हुनुकाे कारण भने उनले खुलाएनन् ।
‘विदेशमा गरेका अनुसन्धानमा यो पत्ता लागेको छ कि होम आइसोलेसनमा बस्नेको मृत्युदर पनि कम छ,’ उनले भने ।