जनकपुर- कोरोना संक्रमण भएका थप सातजनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमण भएर मृत्यु हुनेको संख्या एक सय १४ पुगेको छ ।
मन्त्रालयले मंगलबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके, कास्की र तनहुँका एक–एकजनाको निधन भएको जानकारी दिए ।
निधन हुनेमा ६ जना पुरुष र एक महिला छन् । तनहुँमा महिला र बाँकी जिल्लामा पुरुषको मृत्यु भएको गौतमले बताए ।