मङ्लबार, माघ १३, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

महोत्तरी : सर्पको बिगबिगीः एक महिनामा १२० जनाको उपचार

शिरीष न्युज by शिरीष न्युज
भदौ २, २०७७
0
महोत्तरीको भंगहामा  सर्पदंश आतंक : एउटै टोलमा एकै दिन १६ जनालाई टोक्यो

महोत्तरी : सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्न थालेसँगै महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा सर्पको बिगबिगी बढेको छ ।  बर्खामा पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको अहिले बिगबिगी बढेको हो । पछिल्लो साउन महिनामा मात्रै सर्पदंश उपचार केन्द्र बर्दिवासमा ४० सर्पदंशका घटना देखिएका हुन् । विषालु सर्पले डसेर मध्य साउनयता महोत्तरीमा दुई जनाको मृत्यु भएको छ । 

अहिले  बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको भीड छ । पछिल्लो साउनभरिमा नै ४० सर्पदंश घटनाका बिरामी उपचारबाट निको भएर घर फर्केका छन् । पछिल्लोपटक जिल्लाकै भङ्गाहा नगरपालिका–५ राजपुरका मात्रै आठजना उपचारपछि निको भएर घर फर्केका केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिए । भङ्गाहा–५ मा गत शुक्रबार एकैदिन १६ जनालाई सर्पले डसेको भए पनि अन्य आठजना सिरहाको बन्दीपुरमा नेपाली सेनाले सञ्चालन गरेको उपचार केन्द्रमा गएका भङ्गाहा–५ का वडाध्यक्ष शिव महतोले बताए । भङ्गाहा–५ कै दुईजनाको भने उपचार केन्द्र नपुग्दै साउन १५ यता मृत्यु भएको छ ।  

असार अन्तिम साता र साउन मध्यसम्मको पटकपटकको मुसलधार वर्षाले सर्प बस्ने दुला पानीले भरिएपछि यस भेगमा सर्पको बिगबिगी बढेको हो । साउन महिनामा ४० जना सर्पदंशका बिरामी उपचार गर्न आएकामध्ये अत्यन्त विषालु गोमन र करेतले डसेका १२ जनाको सफल उपचार भएको केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताए । अन्य भने भाइबर (सर्पको एक प्रजाति), बिच्छी र खजुराले टोकेका पुष्टि भएको देवकोटाको भनाइ छ । यस अवधिमा सर्पदंशको शङ्काले जचाउन आउने नै १२० जना पुगेका केन्द्रले जनाएको छ । 

महोत्तरीको बर्दिवास नगरपालिकाका वडानम्बर १, २, ३, ४ र १४ सर्पको ‘खानी’ नै भएको यहाँको आम जनबोलीमा पाइन्छ । त्यसैगरी जिल्लाका गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्र सर्पदंशका घटना बाक्लै हुने ठाउँमा पर्ने देवकोटाको भनाइ छ । सर्पले टोकेका बिरामी बर्दिवासबाहेक अन्यत्र पनि उपचार लिन जाने हुँदा आफ्नो केन्द्रमा दत्र्ता भएकाभन्दा निकै बढी घटना हुने गरेका देवकोटाले बताए ।

विसं २०७१ साउन ३१ गते स्थापना भई सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्र बर्दिवास-३ मा यसको व्यवस्थापन गर्ने समुदायस्तरको सञ्चालक समिति र उपचारमा खटिने नेपाली सेनाका दक्ष ६ जना प्राविधिक कार्यरत छन् । केन्द्रले सेवा सञ्चालन भएयता हालसम्म एक हजार ४३८ सर्पदंशका बिरामीको सफल उपचार गरिसकेको छ । तीमध्ये आर्थिक वर्ष २०७६/०७७ मा १६०, आव २०७५/०७६ मा ३१९, आव २०७४/०७५ मा २९६, आव २०७३/०७४ मा २७३, आव २०७२/०७३ मा २७० र आव २०७१/०७२ मा १६५ जना रहेको केन्द्रले जनाएको छ ।

झारफुक प्रवृत्ति कायमै
सर्पले टोकेका बिरामी अझै पनि अस्पताल गएर उपचार गराउनुभन्दा झारफुक गर्ने प्रवृत्ति कायमै रहेकाले बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । “सर्पले टोकेपछि अस्पताल आउनुको साटो झारफुक गर्न धामीझाक्री खोज्ने चलन अझै पनि कायमै रहेको छ”, केन्द्रका अध्यक्ष देवकोटाले भने, “महोत्तरीमा करिब ५ प्रतिशत बिरामी पहिला धामीझाक्री र त्यसपछि मात्रै उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।” यही प्रवृत्तिका कारण सर्पदंशका कतिपय घटनामा बिरामीले ज्यान गुमाउनु परेको उनको भनाइ छ । 

‘सबै सर्प विषालु हुँदैनन्, महोत्तरीमा ६० प्रतिशतभन्दा बढी ननपोइजनस घटना हुन्छन्”, उनले भने, “ती ६० प्रतिशत बिरामी घरमै बसे पनि मर्दैनन् । यिनै घटनामा धामीझाक्री र झारफुकको भ्रम पर्छ र विषालु सर्पले टोकेका बिरामीले ज्यान गुमाउँछन् ।”

महोत्तरीमा ढोडिया, साखड, चिचिन्डे, धामन, हरहरा लगायत विष नभएका तथा गोमन, करेत, भाइपर (सुगासाप) लगायतका विषालु सर्पले टोकेका बिरामी धरै आउने गरेको केन्द्रले जनाएको छ । “धेरैजसो घाँस काट्न खेतबारीमा गएका बेला तथा राति शौचालय जाँदा सर्पले टोकेका घटना धेरै छन्, सावधानी अपनायो भने घटना कम हुन्छन्”, अध्यक्ष देवकोटाले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

खोप आइपुग्यो, १० लाख मात्रा खोपको प्रयोग तथा व्यवस्थापनमा  ६२ करोड लाग्‍ने
प्रदेश

प्रदेश २ का सबै जिल्लामा पर्सीदेखि एकैसाथ कोरोनाविरुद्धको खोप अभियान सुरु हुने

महोत्तरीमा ५०२ लालपुर्जाविहीन परिवारलाई लालपुर्जा वितरण
प्रदेश

महोत्तरीमा ५०२ लालपुर्जाविहीन परिवारलाई लालपुर्जा वितरण

प्रधानमन्त्री ओली  गणतन्त्र आएपछि पशुपतिनाथको पूजा गर्ने पहिलो प्रधानमन्त्री
राजनीति

प्रधानमन्त्री ओली गणतन्त्र आएपछि पशुपतिनाथको पूजा गर्ने पहिलो प्रधानमन्त्री

प्रतिनिधिसभा विघटनविरुद्ध निकालिएको नागरिक मार्चमा प्रहरी दमन, प्रहरीले प्रहार गरे लाठी र पानीको फोहोरा (हेर्नुहोस् फोटो फिचर)
राष्ट्रिय

प्रतिनिधिसभा विघटनविरुद्ध निकालिएको नागरिक मार्चमा प्रहरी दमन, प्रहरीले प्रहार गरे लाठी र पानीको फोहोरा (हेर्नुहोस् फोटो फिचर)

पहिचान र अधिकारको एजेन्डा तय गर्दै सम्पन्न भयो ओबिसीको महाधिवेशन
प्रदेश २

पहिचान र अधिकारको एजेन्डा तय गर्दै सम्पन्न भयो ओबिसीको महाधिवेशन

औरही: टिपरको ठक्करबाट दुई जनाको मृत्यु
प्रदेश

औरही: टिपरको ठक्करबाट दुई जनाको मृत्यु

Next Post
मिनपा: समुदायमै भेटिन थाल्यो कोरोना संक्रमित

एकैदिन थपिए १ हजारभन्दा बढी कोरोना संक्रमित, संक्रमित हुनेको संख्या २८ हजार २५७ पुग्यो

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist