- धर्मेन्द्र कुमार यादव/ सोनमा(महोत्तरी)
महोत्तरीको सोनमा गाउपालिकामा नेपाली काँग्रेसद्वारा आ ब २०७५/०७६ र २०७६/०७७ को आय व्यय काे खर्चको विवरण माग गरेका छन्।
सोमबार सोनमा गाउपालिकाका नेपाली काँग्रेसका सभापती उदय कुमार यादवको नेतृत्वमा गएको पार्टी कार्यकर्ताहरुले प्रमुख प्रशासकिय अधिकृतलाई माग पत्र बुझाएको हाे। माग पत्रमा क्वारेन्टाइन खर्च, औषधि खर्च, ह्युम पाइप, सोलार लाइट, गापा भित्रका बिकास निर्माण योजना, प्रशासनिक खर्च र सम्पूर्ण सामग्री खरिदको खर्च विवरण यथाशिघ्र माग गरेका छ्न्।
यसरी गाउपालिका बाट माग गरेका खर्च बिवरण उपल्ब्ध नगराएमा गाउपालिका बिरुद्ध चरणबध आन्दोलनमा जाने कुरा माग पत्रमा उल्लेख गरिएको छ।
गणतन्त्र नेपाल भरी नै लुटतन्त्र अगाडी बढि रहेको बेला सोनमा गाउपालिकामा पनि खोजबिन गर्ने काम गरिएको छ। यसरी बिकास निर्माण जस्ता अन्य कामकाजको खोजबिन हुदा बिकास निर्माण कार्य पारदर्शी हुने र काम काज पनि अगाडी बढ्ने बिश्वास जागेको अनुभुती भइरहेको स्थानीयले बताए ।
