सोमवार, माघ ५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

प्रदेश नं २ बढदो सङ्क्रमण : एक महिनामा तीन हजार सङ्क्रमित थपिए

रासस by रासस
भदौ १, २०७७
0
प्रदेश २ : ५ हजार ५ सय ८५ को थ्रोट स्वाब संकलन , १ सय ३२ जना संक्रमित

जनकपुर- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज मात्र प्रदेश नं २ मा २०८ जना सङ्क्रमित थप भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बारामा ६९, पर्सामा ६४, धनुषामा ३७, रौतहटमा १४, सप्तरीमा ११, महोत्तरीमा आठ, सिरहामा तीन र सर्लाहीमा दुई जना कोरोना सङ्क्रमित थप भएका हुन् ।

एक महिनाको अवधिमा प्रदेश नं २ मा करिब तीन हजार सङ्क्रमित बढेका छन् । प्रदेश नं २ सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार असार मसान्तसम्म तीन हजार ९११ जना सङ्क्रमित रहेकामा साउन मसान्तसम्ममा सङ्क्रमितको सङ्ख्या छ हजार ८२१ पुगेको छ । पर्सा, रौतहट र महोत्तरीमा ५०० भन्दाबढी सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमितको सङ्ख्या बढेर साउन मसान्तभित्र रौतहटमा १३८५, पर्सामा १२२६, धनुषामा १०२२, महोत्तरीमा १००२, सर्लाहीमा ९३४, सप्तरीमा ६६१, बारामा ३२३ र सिरहामा २६३ पुगेको छ । असार मसान्तमा रौतहटमा १२३१, पर्सामा १५९, धनुषामा ५४९, महोत्तरीमा ७३८, सर्लाहीमा ६५६, सप्तरीमा २५५, बारामा ११२ र सिरहामा २०६ सङ्क्रमित रहेको थियो । सङ्क्रमितसँगै मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । असार मसान्तभित्र रौतहट, बारा र पर्सामा एक/एक जना गरी तीन जनाको मृत्यु भएकोमा साउनसम्ममा मृतकको सङ्ख्या ४५ पुगेको छ । तीमध्ये ११ महिला र ३४ पुरुष छन् । मृतकमध्ये पर्साका मात्र २० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज मात्र जनकपुरधाम उपमहानगरपालिका–६ का ४३ वर्षीय पुरुषमा मृत्युपछि कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय प्रदेश नं २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिनुभयो ।

प्रदेश नं. २ मा संस्थागत आइसोलेशनमा तीन हजार ८६९, होम आइसोलेशनमा ९८ र क्वारेन्टिनमा एक हजार ६३१ जना रहेका छन् । सङ्क्रमितमध्ये तीन हजार ६१२ जना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारपछि निको भएर घर फर्किकामध्ये सप्तरीका ४४६, सिरहाका २०५, धनुषाका ६८२, महोत्तरीका ३७०, सर्लाहीका ६५२, रौतहटका ७५४, बाराका १८२, पर्साका ३१५ जना छन् ।

असार मसान्तभित्र सप्तरीमा २२१, सिरहामा ११५, धनुषामा ३९४, महोत्तरीमा २७०, सर्लाहीमा ५९०, रौतहटमा ६५३, बारामा ११४ र पर्सामा १७१ जना उपचारपछि निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश नं २ मा हाल आइसियुमा ४१ जना उपचाररत छन् । प्रदेश नं २ को आइसोलेशन भरिभराउ भएपछि सङ्क्रमित घरमै बस्न बाध्य छन् । यो प्रदेशमा ९८ जना होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार आइसोलेशनको अभावले सप्तरीमा समेत ३१ जनालाई होम आइसोलेशनमा राखिएको र यसले समुदायमा सङ्क्रमण फैलिने खतरा बढेको बताउनुभयो । उहाँले जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सप्तरीले शम्भुनाथ नगरपालिकास्थित भगवतपुर, कठौनामा रहेको माविलाई करिब २०० श्ययाको आइसोलेशन केन्द्र बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । राजविराजस्थित आइसोलेशन केन्द्रमा जनशक्ति अभाव भएपछि सङ्क्रमितलाई व्यवस्थापन गर्न तिलाठी कोइलाडी गाउँपालिकाले आफ्नै तहमा ५० श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ ।

दीर्घरोगी कोरोना सङ्क्रमणको पहिलो सिकार बन्ने गरेको पाइएको छ भने भ्यान्टिलेटर नपाउँदा सङ्क्रमितको उपचारमा पनि समस्या देखिएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजितकुमार झाले चारवटा भेण्टिलेटर भए पनि भौतिक पूर्वाधार र जनशक्तिको अभावमा सञ्चालन हुन नसकेको बताउनुभयो । “रोजगारीमा रहने क्रियाशील जनशक्ति युवा नै बढी सङ्क्रमित रहेको जानकारी दिँदै उहाँले पछिल्लो समय ज्येष्ठ नागरिक र दीर्घरोगीमा समेत कोरोना सङ्क्रमण बढेको बताउनुभयो । उनीहरूसँग रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले मृत्युदर बढ्नसक्ने सम्भावना रहेको उहाँको भनाइ छ । “सङ्क्रमण बढेपछि मृत्युदर बढ्नु स्वाभाविक हो, त्यसमाथि प्रतिरोधात्मक क्षमता कम भएका ज्येष्ठ नागरिक र दीर्घरोगी व्यक्तिमा सङ्क्रमण बढ्दै जानु डरलाग्दो हो”, डाक्टर झाले बताउनुभयो ।

भारतबाट आएकाको व्यवस्थापनमा स्थानीय सरकार र प्रदेश सरकार चुक्दा कोरोना सङ्क्रमण र मृत्युको ग्राफ उकालो लागेको सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ का विनोद यादवले बताउनुभयो । क्वारेन्टिन भद्रगोल बन्नु, पिसिआर परीक्षणमा ढिलाइ हुनु, सङ्क्रमित व्यवस्थानमा ध्यान नदिनु, सीमानाका खुकुलो हुनु, होम क्वारेन्टिनमा बसेकाको निगरानी नहुनु, सचेतना अभियान राम्रोसँग चलाउन नसक्नुजस्ता कारण यो प्रदेश कोरोना सङ्क्रमणको उच्च जोखिममा पुगेको यादवको भनाइ छ । भारतबाट आएका अधिकांशमा कोरोना सङ्क्रमण भेटिए पनि सचेतना भने कम छ ।

प्रदेश नं २ मा हाल दैनिक साढे एक हजार जनाको स्वाब सङ्कलन भइरहेको छ भने कोरोना परीक्षण ८०० जनाको मात्र भइरहेको छ । जनकपुर, राजविराज र वीरगञ्ज गरी तीन स्थानमा कोरोना परीक्षण प्रयोगशाला राखिएको छ । सबैभन्दा सानो क्षेत्रफल भए पनि दोस्रो ठूलो जनसङ्ख्या भएको प्रदेश नं २ मा हालसम्म ७६ हजार ५२५ जनाको स्वाब सङ्कलन भएको सामाजिक विकास मन्त्री नवलकिशोर साहले बताउनुभयो । जसमध्ये आठ हजार ४१४ जनाको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

उखु खेती छाडेर अन्य बाली लगाउने निर्णयमा पुग्दै किसानहरु
अर्थ

उखु खेती छाडेर अन्य बाली लगाउने निर्णयमा पुग्दै किसानहरु

ओलीको प्रश्‍न : संसद् विघटन मैले गरेको हुँ, राष्ट्रपतिमाथि किन हमला ?
राजनीति

ओलीको प्रश्‍न : संसद् विघटन मैले गरेको हुँ, राष्ट्रपतिमाथि किन हमला ?

गणेशमान चारनाथ नगरपालिकाको न्यायिक समिति इजलाश कक्षको उद्घाटन सम्पन्न
प्रदेश

गणेशमान चारनाथ नगरपालिकाको न्यायिक समिति इजलाश कक्षको उद्घाटन सम्पन्न

प्रदेश २ मा भोलि सार्वजनिक विदा
प्रदेश २

प्रदेश २ मा भोलि सार्वजनिक विदा

चिसोका कारण रामगोपालपुर नगरपालिकाका विद्यालय ६ दिन बन्द
प्रदेश २

चिसोका कारण रामगोपालपुर नगरपालिकाका विद्यालय ६ दिन बन्द

जनकपुर–जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी
अर्थ

बहु प्रतिक्षित देशको एक मात्र रेल सेवा ‘जनकपुर-जयनगर रेल्वे’ यहि माघको अन्तिम साता देखि संचालनमा आउँदै

Next Post
लकडाउनको बेला सिराहामा प्रहरी र स्थानीयबीच झडप,२३ राउण्ड हवाई फाइर

बारामा झडप नियन्त्रण गर्न १९ राउण्ड हवाई फायर

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist