- रमण पोखरेल
सिरहा- ‘कर्जन्हा नगरपालिकाको न्यायिक समितिमा न्यायिक सदस्यहरुको गैर उपस्थितिमा छलफल’ भन्ने शिर्षकको समाचार तथा फेसबुक पोष्टको प्रभाबले कर्जन्हा नगरपालिका स्थित न्यायिक समिति को काम गर्ने शैलि मा ब्यापक परिबर्तन भएको छ।
यस सुधारको लागि उपमेयर तथा न्यायिक समिति संयोजक ज्ञानु कुमारी श्रेष्ठको पनि ठूलो सहयोग रहेको छ ।
आज आइतबार भएको न्यायिक समितको छलफलमा सबै सदस्यहरुको उपस्थितिमा भएको थियो।
आफू जहिले पनि नगरवासीहरुको हितमा र पिडितलाई न्याय दिने अठोटका साथ लागि रहेको संयोजक तथा उपमेयर श्रेष्ठ ले बताउनु भएको छ।