- -मोतीबहादुर गिरि
खबर के सुनाउ हजुर, दैनन्दिन कोरोना कहरमा छु
बाटो बिराएको यात्री हुँ म, विरानो एक सहरमा छु ।
दायाँ-बायाँ, अघि-पछि सङ्क्रमितको लाम छ
सरकार भो सक्दिन भन्छ, हात खडा गर्छ, बदनाम छ
निष्पट्ट दिउँसै अँध्यारो देख्छु, खोइ म कुन प्रहरमा छु
बाटो बिराएको यात्री हुँ म, विरानो एक सहरमा छु ।
अटेर जनता बगालै हिंड्छन्, मानौ नगिचै कतै धाम छ
प्रशासन बबुरो सम्झाओस् कति, वेथिति खुलेयाम छ
पाइला अगाडि धुमील देख्छु, यस्तै-यस्तै ठहरमा छु
बाटो बिराएको यात्री हुँ म, विरानो एक सहरमा छु ।