ज्ञानेन्द्र महतो,बर्दिबास। समाजसेबि तथा नेकपा प्रदेश २ कमिटि सदस्य बर्दिबास नगरपालिका-८ निबासी अनिल बस्नेतले “बालउधान” परियोजनाको लागी १०३ बोरा सिमेन्ट सहयोग गर्नु भएको छ।

संजालका तर्फबाट सचीव मनोज महतो र कोषाध्यक्ष ज्ञानेन्द्र महतोको पहलमा यो १०३ बोरा सिमेन्ट सहयोग आएको हो। संजालका सम्पुर्ण सदस्यहरु आफ्नो पहल र प्रयासमा सहयोग जुटाउदैछन।
जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीले जनस्तरबाट मुठीदान अभियान मार्फत सहयोग संकलन गरेर बर्दिबास नगरपालिका– ९ स्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा बालउद्यान निर्माण गरिरहेको छ।

विश्वभर कोरोना भाइरसले सबैलाई घरभित्र थुनिदिएको बेला युवा सञ्जालले सचेत हुदैं बिषम परिस्थितमा आफनो भाइबहिनी तथा भोलिका सन्ततिहरुकोलागि “बालउधान” परियोजन निर्माण कार्यमा आफ्नो घर परिबार बाट टाढा भएर पनि जुटेका छन।सामुदायिक विद्यालयको मुहार फेर्न युवाहरु जुटेपछि खुशी हुदैं उनले आफ्नो तर्फबाट युवा सञ्जाललाई १ सय ३बोरा सिमेन्ट प्रदान गरेका हुन् ।
यस अघि सबै भन्दा बढी सिमेन्ट सहयोग गर्नेमा समाजसेवी तथा बर्दिबास नगरपालिका वाडा-३ का अध्यक्ष राजन ढुंगाना थिए उनले १०२ बोरा सिमेन्ट सहयोग गरेका थिए।
जनसहयोगी युवा सञ्जालले मुठ्ठी दान अभियना संचालन गरेर ५० लाखको लागत रहने बालउद्यान तथा चिल्ड्रेन पार्क निर्माण गरिहेको छ ।

असार ३ गते सिल्यानास कार्यक्रम थियो र त्यही दिनदेखि लगातार बालउद्यानको निर्माण कार्य चलिरहेको छ । हालसम्म ६५ प्रतिशत काम पुरा हुन लागेको सञ्जालका अध्यक्ष परमेश्वर महतोले जनाए।
मनकारी बस्नेतले बिगत लामो समय देखी नै समाजिक तथा प्रोपकारी कार्यहरू गर्दै आएरहेका छन। यस कोरोनाको महामारीमा पनि गरिब असायहरु,कामदार र बिद्यार्थीहरुलाइ करिब २०० जनकलाई राहत दिएर केहि उर्जा थपेका थिए। covid-19 माहामारिको बेला आफ्नो घर परिबार र भबिस्य बनाउको लागी काठमाडौ गएकाहरुलाई पनि गाडीको ब्यबस्थापन गरेर घर सम्म पुगाएर सहयोग गरेका थिए।