धनुषा,बटेश्वर। धनुषाको बटेश्वर गाउँपालिकामा कृर्षि उपकरण वितरण भएपछि किसानहरु खुशी भएका छन् ।
भुमिव्यवस्था तथा सहकार्य मन्त्री शैलेन्द्र शाहको प्रमुख आतिथ्य तथा बटेश्वर तरकारी पकेटको अध्यक्ष राजदेव महतो को अध्यक्षतामा तथा बटेश्वर तरकारी पकेटको सहकार्य तथा कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा कृषि उपकरण सामाग्री वितरण गरिएको हो ।

२० जना विपन्न किसान परिवारलाई पुरस्कार स्वरुप निशुल्क कोदालो, हँसिया, खुर्पी र अन्य किसानलाई ५० प्रतिशत अनुदानमा पानी तान्ने मोटर ६० थान, स्प्रेयर मेशिन १ सय १० थान, करेट २ सय पिस, समर्सिएल मोटर ४ इन्च १ थान, थान, गटोर २ थान, तरुल धुने मोटर १० थान, र ५० कुन्टल पाइप लगायतका कृषि सामग्री वितरण गरिएको बटेश्वर तरकारी पकेट कार्यालयले जानकारी दिएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री साहले भने,‘पहिला केही बेक्तीले पैपोजल पेश गरेर अनुदान लिन्थ्यो । तर अनुदान अझै प्रभावकारी बनाउन किसानको घर—घरमा पुगेर अनुदान दिने गरेका छौ ।’