राजेश शाह ” सहयात्री “
यहाँको माटोमा लर्वराउदै
जंघा नदिको पानीमा नुहाउदै ।
हुर्के, बढे, र स्वागत गर्दै गए
औरही वासी हातमा–हात मिलाउदै ।।
हाम्रो सिमान सखवनी देखी दक्षिण गौछली ।
यहाँ महिला अषाढमा मार्छ खेत–खेतमा मछली ।।
डोमा पहल्वानबावा, ब्रहमबावा र गडिमाई हाम्रो पहरेदार ।
सोनामाईले त झनै खोली दिए सुनको द्वार ।।
यहाँका कुटी, स्कुल, सरस्वती मन्दिर र ठूलो पोखरीको पानी ।
रमाईलो यस आकर्षक दृश्यले कसलाई ल्याउदै तानी ।।
औरही जंघामा अवस्थित सुन्दर
मनोरम दृष्यिको आकर्षक पुल ।
स्वागत गरी पाहुनाहरुलाई भित्रियाउछ
नलागिकन कसैलाई धुल ।।
प्राकृति सौन्दर्यले भरी भराउ
नक्टाको आँप फुलवारी ।
सधै लोभ्याउदै नै रहयो
कोईलीको कुहु कुहुले भरौनका खेतवारी ।।
कहिले चेवकट त कहिले फुलवरीया
त कहिले पचाइन टोलको रस्ता ।
औरहीका युवाहरु जाँहा घुमेपनि
खाने गर्छ लक्ष्मणकै नास्ता ।।
मेघरोल, मझौलिया, गोेरहना हाम्रो साथि
कर्मटोकी, हातिलेट, वर्दिवास अलि माथि ।
समान खरिद–विक्री गर्न यहाँ आउछ सवै जाति ।
गौसाला र विजलपुराका व्यापारि फर्किन्छ राति–राति ।।
सागुरो नक्सा त्यसमा हिलो र पानी ।
यि हुन मात्र इतिहासको कहानी ।।
अव विजुली बती पंकी रोड र टेलिफोन सेवा ।
यि हुन हाम्रो देश विदेशका पेवा ।।
हिलो छयापी–छयापी तिनपोखरीमा गाउँने गर्छ लरिवरी ।
आँहा जुर सितल आयो भनी सबैले खान्छ करिवरी ।।
यूवाहरु डाक्टर र मास्टर भए, युवतिहरु कलाकार र गितकार ।
आफ्नो मेहनत देखाई पाए देश विदेशमा पुरस्कार ।
कहिले स्वास्थ मन्त्रि, कहिले गृह त कहिले खेलकुद शिक्षा ।
औरहीको छोरालाई अव पुरा हुनेछ प्रधान मन्त्रि बन्ने इच्छा ।।
यहाँ का छात्र–छात्राहरु स्कुल जाने गर्छ हतार–हतार ।
टिपिन हुने वितिकै चटपटि खाने गर्छ तछार–मछार ।।
याँहाका बजार, छटपर्वमा समान किन्न आउँछ मान्छे हजारौ–हजार ।
अडोसी–पढोसी गाउँले यहिबाट समान किनी मनाउछ त्योहार ।।
कहिले मुुसरीमा जुगा त कहिले बनटोलमा तास ।
बानी परे कतिलाई खान कान्छि भठिको रक्सी र मास ।।
दशै, दिपावली र छटको समझम
त्यसमा गुणगुणाएको मौरी सवै जना जान्छ, विच गाउँ राति– राति हेर्न कौरी।यहि हो हाम्रो प्यारो औरही नैनिगौरी।