अस्ट्रेलिया । अस्ट्रेलियामा बस्दै गरेकी एक नेपाली युवतीले झुन्डिएर आत्महत्या गरेको अवस्था शव फेला परेको छ ।
श्रीमानसँग सिड्नीको रकडेल स्थित फ्रेड्रिक स्ट्रिटमा बस्दै आएकी २५ वर्षीया नेपाली युवती आफ्नै कोठाको दराजको कपडा झुन्ड्याउने रडमा बिहीबार दिउँसो करिब ४ बजे झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
उनी दुई वर्षअघि मास्टर्स गर्न अस्ट्रेलिया आएकी थिइन् भने उनको श्रीमान् गत वर्ष डिपेन्डेटको रूपमा आएको बुझिएको छ ।
उनले आत्महत्या गर्नुको कारण खुलेको छैन । नेपालमा उनको श्रीमानको घर काठमाडौको बानेश्वरमा रहेको बुझिएको छ।