बिशाल बराल
यति बेला समग्र विश्व नै कोरोना भाइरस कोभिड १९ बाट ग्रसित छ , कोरोना सगको लडाइबाट कसैलाई पनि फाइदा छैन कोरोना भाइरसबाट सबै भन्दा धेरै पिडा ति बिध्यार्थिलाई छ जो नेपाल देखि टाढा अस्ट्रेलिया अमेरिका जापान जस्तो देश्मा आफ्नो सुन्दर भबिस्य कल्पना गरेर आएका छन् कोभिडका कारण कलेज बन्द भएपछि घरवाटै अनलाइन अध्ययन गरिरहेका विद्यार्थीको माग छ–कम्तीमा कोभिड अवधिभर अन्तर्राष्ट्रिय विद्यार्थीलाई सामाजिक सुरक्षा तथा २० प्रतिशत कलेज शुल्क फिर्ताको व्यवस्था हुनुपर्छ तर अस्ट्रेलियाको सरकारले अन्तरास्ट्रिय विद्यार्थीको हकमा आफुले केहि गर्न नसकिने स्पस्ट पारे पछी बिद्यार्थीमा चिन्ता थपिएको छ
यहाँका ठूला कम्पनीको व्यापार बन्द हुँदा त्यहाँ काम गर्ने हजारौंको रोजीरोटी खोसिएको छ। विशेष गरी अस्थायी कामदारहरु चर्को मारमा परेका छन् कम्पनी बन्द भएपछि कामदारको संख्या घटाइएको छ भने कतिपय कम्पनीको ढोकामै ताल्चा लागेको छ। त्यही काम गरेर दैनिकी गुजारा गरिरहेका कामदार अहिले बाँच्नका लागि संघर्ष गरिरहेका छन्।
अन्तर्राष्ट्रिय विद्यार्थीको समस्यालाई लिएर नेपाली राजदूतावास क्यानवेराले कुटनीतिक पहल गरिरहेको छ भने अस्ट्रेलियामा रहेका नेपाली संघसस्थाको महासंघ फेन्का र अन्तर्राष्ट्रिय विद्यार्थी संगठन अस्ट्रेलिया र गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले विद्यार्थीलाई कोभिड–१९ संक्रमण अवधिभर विशेष सुविधाको माग गर्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। यद्यपि, अहिलेसम्म अन्तर्राष्ट्रिय विद्यार्थीका लागि सरकारले राहत प्याकेज भने घोषणा गरेको छैन।
एन आर एन ए अस्ट्रेलियाले पनि आफुले सकेको राहत बाढि रहेको छ भर्खरै मात्रा सिड्नीको स्ट्र्याथ्फ़िल्ड मा बसोबास गर्ने ४ जाना नेपाली बिध्यार्थिलाई एनआरएन अस्ट्रेलियामा संयोजक देब गुरुङ्ले घरमै राहत पुर्याउनु भएको थियो र एनआरएनकै पहलमा अन्य मार्कामा परेका बिध्यार्थिलाई पनि राहत बितरण गरि रहेको छ ।कुरो अब एक हप्ता पुग्ने खानाको मात्र रहेन अब बिस्तारै आफु कसरि आत्मा निर्भर हुने कसरि काम खोज्ने र आफ्नो जिबन सहज बनाउने र कोरोनालाइ कसरि हराउने भन्ने तर्फ लाग्नु पर्ने देखिन्छ।
अहिले संकटका बेला नेपाली विद्यार्थीलाई दालचामल, बाँड्नु भन्दा पनि उनीहरुले सामाजिक सुरक्षाका लागि सरकारसँग लबिङ गर्नुु आवश्यक देखिन्छ। र विद्यार्थीले पनि घरमा बसेर समय खेर फाल्नु भन्दा आफुलाई कुनै उपलब्धि कार्यमा समय दिनु पर्ने देखिन्छ
कोरोनाका कारण रोज गारी गुमाएका पुस्करमान सिंह अधिकारि करिब २ बर्ष अगाडी सिड्नी आएका थिए सुरुमा आफुले गरि रहेको काम एक्कस्सी बन्द हुदा उनि रनभुल्ल परेका थिए पछी उनले साथि भाइ मार्फत उबर इट्सको बारेमा सुने र एउटा मोटर्साइकल किनेर उबर इट्स गर्न सुरु गरे अहिले सोचे भन्दा राम्रो आन्दानी भए पछि अधिकारि मक्ख छन् । उनि भन्छन मेरो यहाको फुल लाइसेन्स थियो र मैले मोटरसाइकल बाट नै उबर गर्न पाए फुल लाइसेन्स नहुनेले साइकल बाट पनि उबर गर्न सकिने बताए साइकल किन्ने पैसा छैन भने साइकल भाडामा लिएर पनि उबर गर्न मिल्ने उनी बताउछन यसरि काम गर्दा समयको ख्याल राख्नु पर्ने र होटल हरुको नजिक गएर बस्नु पर्ने उनि सुझाउछन बिहान लन्च टाइम र बेलुका डिनर टाइममा ३ घण्टाको दरले ६ घण्टा काम गर्दा उनि दिनको १५० देखि १८० डलर सम्म कमाउने बताउछन । यस अघि ब्रिसबेन बाट हाम्रो पत्रकार साथी सरल गुरुङले पनि उबर गर्ने नेपालि विद्यार्थीको भिडियो बनाउनु भएको थियो अब साइकल नै चलाएर घन्टाको २० डलर कमाइ हुने भए पछी काम पाइएन भनेर किन चिन्ता लिनु पर्यो हैन त ।
भिडियोमा हेर्नुस