आभास सापकोटा
सिड्नी
गैर आवासीय र गैर अष्ट्रेलियाली नागरिकहरुमा यात्रा शुक्रवार साँझ ९ बजेदेखि प्रतिबन्ध लगाइनेछ ।
बिहीबार घोषणा गर्दै प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियामा आउने तयारी गरिरहेका व्यक्तिलाई अन्य प्रबन्धहरू मिलाउन सक्षमबनाउन र यात्रुहरूलाई मध्य उडानमा नराख्न ढिलाई भएको बताउनुभयो ।
“हामी विश्वास गर्छौं कि यो थप कदम चाल्नु आवश्यक छ,” उनले भने।
“म (यो) प्रतिबन्धमा न्यूजीलैंडका प्रधानमन्त्रीसँग परामर्श गर्दै छु।“
न्युजील्यान्डले बिहीबार गैर–आवासीयलाई आफ्नो देशमा प्रवेश गर्न पनि त्यस्तै प्रतिबन्ध लगाएको छ ।
“यी प्रबन्धहरू आगामी २४ घण्टा वा अझ बढी सक्षम हुनेछ जसमा यदि अष्ट्रेलिया आउने इच्छा गरिरहेका व्यक्तिले अन्य प्रबन्धहरू गर्नसक्दछन “, मोरिसनले भने।