जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा मदिरा सेवनबाट मृत्यु भएका परिवारलाई क्षीरेश्वरनाथ नगरपालिकाबाट ३५ हजार राहत प्रदान गर्ने भएको छ ।
नगरपालिकाबाट नियमति रुपमा बाडिदै आएको १० हजार क्रिया खर्चका साथै मृतक परिवारलाई थप २५ हजार समेत राहत प्रदान गरिने क्षीरेश्वरनाथ नगरपालिकामा नगर प्रमुख योगेन्द्र पजियारले बताएको छ ।
उनले मदिरा सेवनबाट बिरामी भएका व्यक्तिहरुको उपचारको पनि सम्पूर्ण नगरपालिकाले व्यहोर्ने बताए ।
त्यस्तै मृतकहरुको दाह संस्कारको लागि नगरपालिकाबाट दाउँरा समेत पठाईएको जानकारी गराउँदै नगर प्रमुख पजियारले उपचाररत बिरामीहरुलाई सोमबार(आज) फलफुल समेत वितरण गरिएको बताए ।