बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

कथा लेखिदिने पत्रकार महिलाको अभाव

शिरीष न्युज by शिरीष न्युज
फाल्गुन २६, २०७६
0
कथा लेखिदिने पत्रकार महिलाको अभाव
लेखक: रन्जन भण्डारी

 

माथिल्लो शिर्षककै कारण लेख्न बाध्य भए । हुन त महिलाका कथाहरु पुरुषको तुलनामा महिलाले प्रभावकारी र थप जिम्मेवारीका साथ लेख्ने गरेपनि महोत्तरीमा पत्रकार महिला कै अभाव हुदा लेख्ने प्रयास गरे ।

महोत्तरीमा महिला र किशोरीका सफलता, असफलता, हिंसा, पिडा लगायतका विभिन्न मुद्दा र विषयका कथाहरु लेखेर सार्वजनिक गरिदिने पत्रकार महिलाको अभाव देखिएको छ । ्
नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा जम्मा सदस्य ३९ मध्ये ७ जना महिला छन । सो मध्ये अधिकांश अहिले मिडियाबाट टाढा छिन । महासंघमै सदस्यता प्राप्त गरेकि महिला पत्रकार मध्ये दुईजना फिल्ड मै गएर समाचार लेख्ने गरेका छन् तर सो वाहेक अन्य भने वर्तमानमा गौन हुदा महिलाहरुको सवै मुद्दा उठान हुनै सकेको छैन ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले नयाँ सदस्यताको लागि आव्हान गरेकोमा जम्मा २८ जनाले आवेदन दिए सो मध्ये ७÷८ भन्दा वढी महिलाको आवेदन छैन् । नयाँ सदस्या आवेदन र पुरानो सदस्य संख्याकै हिसाव गर्ने हो भने महोत्तरीमा करिव १५ जना महिला पत्रकार हुनु पर्ने हो तर वास्तविकता भने फरक छ । फिल्डमा खटेर समाचार लेख्ने र उनको नामले नै समाचार प्रकाशित हुने महिला पत्रकार महोत्तरीमा वर्तमान समयमा गौशालामा एक र बर्दिवासमा एक गरि दुइजना मात्र छन् ।


थप केहि महिला पत्रकारहरु समाचार लेख्ने गरे भएपनि उनीहरु फिल्डमै पुगेर रिपोर्टिंग गर्नु भन्दा पनि फोरमल कार्यक्रमहरुमा आक्कल झुक्कल देखिने गरिएक छन् । एकाध वाहेक प्राय महिला पत्रकारहरु एफएमहरुमा समाचार वाचिकाको भुमिका मै सिमित हुनु परेको बाध्यता छ ।
फिल्डमै रिपोर्टिंगको लागि महोत्तरीको बल्वा नगरपालिका स्थित योग कुमार माध्यमिक विद्यालय पुग्दा त्यहा छात्राहरुको विभिन्न समस्याहरु पाए । महिला शिक्षिकाको अभाव हुदा छात्राहरुले महिनावारीको कुरा देखि अन्य विभिन्न कुराहरु वारे पुरुष शिक्षकहरुसंग खुलेर जिज्ञासा वा कुराहरु नराखेको पाए । केहि छात्राहरुसंग कुरा गर्दा उनीहरुले केहि कुराहरु खुलाएपनि म पत्रकार भएर पनि पुरुष भएकोले छात्राहरुको तर्फबाट सवै कुरा भने आएन । मैले थप कुराहरु अनुमानकै भरमा वा उनीहरुले भनेकै कुरामा थप आफैले जोडेर लेख्नु पर्ने बाध्यता आयो । तर त्यहा महिला पत्रकार नै भैदिएको भए दर्जनौ मैले बुझ्न नसकेको समस्याहरु उजागर हुने थियो र त्यसको समाधानको लागि प्रयास हुने थियो । समग्रमा भन्नु पर्दा केहि स्थानमा वा केहि विषयमा महिला पत्रकार पुरुष पत्रकारको तुलनामा वढी यथार्थ परक लेख्न सक्ने भएपनि संगै फिल्ड रिपोर्टिंगमै हिड्ने महिला पत्रकारकै समेत अभाव छ ।
महोत्तरीमा महिलाहरुसंग विभिन्न गम्भिर प्रकृतिका हिंसात्मक घटनाहरु हुने गरेकोमा पुरुष पत्रकारसंग अधिकांश महिलाले आफ्नो पिडा सवै बताउन नसक्दा त्यहा समेत उनको आवाज उठ्नु पर्ने हदसम्म नउठेको देखिएको छ ।
एकजना महिलाको पिडा,उनको आवाज र उनको वास्तविकता वारे महिलाले पुरुषको तुलनामा वढी सुक्ष्मताका साथ उठान गर्न सक्ने भएपनि पत्रकारितामा नयाँ पुस्ता र त्यसमा समेत महिलाको आकर्षण घटदो छ ।
विगतमा पत्रकारितामा रामै्र गरेकाहरु समेत अधिकांश विहे पश्चात पत्रकारिताबाट टाढा भएर अहिले नाममात्रको पत्रकार महासंघमा सदस्य छन् । यता केहिले भने थप अन्य समस्याहरुका कारण पेशा नै छोडेर घरमै वसेको उदाहरणहरु समेत छन । विहे पश्चात मात्र पत्रकारितामा आएकाहरु भने टिकेका छन ।

पुरुषको तुलनामा महिला अझै समाजमा र रिपोर्टिंगको क्रममा सुरक्षित हुन नसक्दा समेत घर परिवारबाट फिल्डमै गएर खट्न अनुमति मिल्न असहज भएको ः गुन्जा राय

गुञ्जा राय

जनकपुरमै रेडियोको सुरुवात भएकै समय पत्रकारितामा प्रवेश गरेर ख्याती कमाएर पत्रःकारिता छोडेकि महोत्तरीकि महिला अधिकारकर्मी तथा समाजसेवी गुञ्जा राय भने महिलालाई पत्रकारिता गर्न चुनौती पुरुषको तुलनामा वढी हुने गरेको बताउछिन । उनी समाचारको खोज तथा समाचार तयार पार्न पुरुषकै जति महिलाले पनि मेहनत गर्ने गरेपनि सो वापतको पैसा भने पुरुषको तुलनामा कम हुने गरेको बताउछिन । उनी महिलाको जिम्मेवारी फिल्ड देखि घरसम्म भएर समेत महिलाले पुरुष जति समाचार लेख्न दोहोरो मेहनत गर्नु पर्ने बाध्यता रहेको बताउछिन । उनी पहिले भन्दा अहिले निक्कै सुधार भएपनि अझै केहि संख्यामा पुरुषहरुको हेराई महिलामाथी नकारात्मक रहको उनी बताउछिन । उनी पुरुषको तुलनामा महिला अझै समाजमा र रिपोर्टिंगको क्रममा सुरक्षित हुन नसक्दा समेत घर परिवारबाट फिल्डमै गएर खट्न अनुमति मिल्न असहज भएको बताउछिन ।
संचारिका समुह कि प्रदेश २ महासचिव तथा कान्तीपुरकर्मी सुनिता वराल भने महिलालाई पत्रकार नभई महिलामात्र हेरिदिने भएकोले समेत पत्रकारितामा महिलाको संख्या कम भएको बताउछिन । उनी महिला पत्रकारको अनुहार, बोली वा शरिर भन्दा पनि उनको लेखाईले प्रभाव पार्नु पर्ने भएपनि रिपोर्टिंगमा जादा महिलालाई पत्रकार भन्दा पनि महिला आएको भनेर सोचिदिदा समस्या हुने गरेको बताउछिन ।

“महिला पत्रकारको अनुहार, बोली वा शरिर भन्दा पनि उनको लेखाईले प्रभाव पार्नु पर्ने भएपनि रिपोर्टिंगमा जादा महिलालाई पत्रकार भन्दा पनि महिला आएको भनेर सोचिदिदा समस्या हुने गरेको छ”ः सुनिता बराल

सुनिता बराल

उनी समग्रमा महोत्तरीका महिला संचारकर्मीहरुले नियमित रुपमा महिलाका समस्या उनको सफलताका साथै अन्य विभिन्न मुद्दाहरु उठान गरिहेको बताउदै यहा महिलालाई मिडियामा अवसर भने काम अनुसार मिल्न नसकेको बताउछिन । उनी संचारिका समुहले महिला पत्रकारहरुको तथ्यांक संकलनको कार्य गरिहरको र निकट समयमै महिलाको पत्रकारितामा आकर्षण तथा संख्या बढाउन तथा दक्षा वढाउन आफै पनि र स्थानिय, प्रदेश तथा केन्द्र सरकार तथा नेपाल पत्रकार महासंघ समेतको सहयोगमा कार्य गर्ने बताउछिन ।

विहे पश्चात श्रीमान ससुरालीको अनुमति नपाउने वा अनुमति पाउदा समेत वातावरण सो अनुसारको नहुदा समेत पत्रकारिताबाट पलायन हुने महिला पत्रकारहरु अत्यधिक रहेको छ ः सुनिता महताे

सुनिता महतो

 

 त्यस्तै गौशाला कि सुनिता महतो विगत ८ वर्ष देखि पत्रकारितालाई निरन्तरता दिदै आएकिमा उनी साधन स्रोतको अभाव देखि अन्य विभिन्न कारणले फिल्डमै गएर रिपोर्टिंग गर्ने महिला पत्रकारको कमि भएको बताउछिन ।

उनी महिलाको समस्या महिलाले पुरुषको तुल्नामा राम्ररी बुझ्ने र लेख्न सक्ने भएपनि फिल्डमा वास्तवमै महिला पत्रकारको संख्या कम भएको स्विकार्छिन । उनी फिल्डमै हिड्न पुरुषको बाईकमा वस्दा गाउ समाज तथा विभिन्न पात्रहरुले टिप्पनी गर्ने र आफै फिल्डमा जान साधन नहुने हुदा समेत फिल्ड रिपोर्टिंगमा महिलाको उपस्थिति न्युन रहेको बताउछिन । साथै विहे पश्चात श्रीमान ससुरालीको अनुमति नपाउने वा अनुमति पाउदा समेत वातावरण सो अनुसारको नहुदा समेत पत्रकारिताबाट पलायन हुने महिला पत्रकारहरु अत्यधिक रहेको उनको भनाई छ ।

समग्रमा महिला पत्रकारले पुरुष पत्रकारको तुलनामा राम्ररी र गहकिलो रुपमा उठान गर्न सक्ने सयौ विषय उपर महिला पत्रकारकै कलम चल्नु पर्ने भएपनि पत्रकारिताबाट महिला पत्रकारको पलायनलाई रोक्न तथा पत्रकारितामा आवद्ध महिला पत्रकारहरुको दक्षता वृद्धि देखि समान अवसरको लागि पहल गर्न समेत नेपाल पत्रकार महासंघ,संचारिका समुह तथा अन्य विभिन्न सरोकारवाला निकायहरुले सोचिदिने वेला यहि हो ।
महिला पत्रकारको हक हितमा पुरुष पत्रकारले समेत वकालत गरिदिने हो भने निश्चय पनि पत्रकारिताको विकासमा यसले ठुलो भुमिका निर्वाह गर्ने हो । आगामी दिनमा महोत्तरीमा महिला पत्रकारको संख्या कागज वा महासंघको सदस्य सुचिमा मात्र नभई फिल्डमै हेर्न पाउ भन्ने अपेक्षा ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले राजीनामा नदिने, भावी रणनीति बनाउन ११ बजे स्थायी कमिटी बैठक बोलाए
प्रदेश

अहिले लकडाउन हुँदैन भन्ने छैन : प्रधानमन्त्री

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु
धर्म संस्कृति

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास
खेलकुद

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?
अर्थ

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?

प्रदेश २ : निजामती कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश

नाम र राजधानी टुंग्याउन प्रस्ताव माग गरिँदै

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल
धर्म संस्कृति

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल

Next Post
प्रदेश २ का मुख्यमन्त्री लालवावु राउत महामूर्ख बने

प्रदेश २ का मुख्यमन्त्री लालवावु राउत महामूर्ख बने

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist