बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

जहाँ पुरुषले महिलासँग मागेर खर्च चलाउँछन्

शिरीष न्युज by शिरीष न्युज
फाल्गुन १९, २०७६
0
जहाँ पुरुषले महिलासँग मागेर खर्च चलाउँछन्

प्रकाश पन्त

पूर्वी रुकुमको तकसेरास्थित महेन्द्र माध्यमिक विद्यालयका शिक्षक यन्श्वर पुनले तलब बुझेर सधैँ श्रीमतीलाई दिन्छन्।

पाँच वर्षअघिसम्म आफ्नो कमाइ आमालाई राख्न दिने गरेका उनले आमा बितेपछि त्यो जिम्मेवारी श्रीमतीको काँधमा सारेको बताए।

पुन मात्र होइन रुकुमका खामभाषी मगर समुदायका पुरुषले वर्षौँदेखि आफूले कमाएको पैसा परिवारका महिलालाई राख्न दिने र चाहिएको बेला मागेर चलाउने गर्दै आएका छन्।

पूर्वी र पश्चिम रुकुमको तकसेरा, हुकाम, मैकोट, काक्री, लुकुम, कलराङसी, महत, कोल, जाङ, प्वाङ, मोरवाङ, चुनवाङ, स्यालापाखा, दुलीलगायतका ठाउँका मगर समुदायमा आर्थिक रूपमा महिला नै सर्वेसर्वा रहँदै आएका छन्।

‘म्याडम ब्याङ्क’

पुन भन्छन, “म्याडम (श्रीमती) भनेकै ब्याङ्क हुन्। पैसा कमाएर राख्न दियो, चाहिएको बेला मागेर खर्च गर्‍यो।”

उनकी श्रीमती जुनु पनि घरमूलीको जिम्मेवारी वहन गर्दा गौरवको अनुभूति हुने बताउँछिन्।

उनी भन्छिन्, “श्रीमानले कमाएर पैसा राख्न दिँदा महिलाको आत्मबल र विश्वास दुवै बढ्ने गर्छ।”

थैली महिलाकै अधीनमा

रुकुमका मगर समुदायमा आर्थिक विषय महिलाकै अधीनमा हुने भएकाले त्यसमा पुरुषको केही चल्दैन।

पुथा हिमालय माध्यमिक विद्यालय मैकोटका शिक्षक ढुन्डीराज पुन भन्छन्, “कमाएको पैसा महिलालाई राख्न दिने र चाहिएको बेला मागेर खर्च गर्नुको विकल्प छैन।”

मेलामा महिला
गाउँका मेलामा हुने व्यापारमा पनि महिला नै अग्रसर पाइन्छन्

श्रीमान र छोराहरूको कमाइका साथै भेडाबाख्रा, खसीबोका, अन्नपात, जडीबुटी र राडीपाखी बेचेर हुने आम्दानी पनि महिलाले नै राख्छन्।

पुरुषले आफूले कमाएको पैसा आमा, आमा नभए जेठी दिदी, जेठी भाउजु वा घरबाट छुट्टिएर बसेको भए श्रीमतीलाई राख्न दिने चलन रहेको उनीहरू बताउँछन्।

महिलाको सहमति अनिवार्य

विशेषगरि खामभाषी मगर समुदायमा मातृसत्तात्मक प्रणाली झल्कने गरेको बताइन्छ।

भूमे गाउँपालिका महतकी सविना रोङखामी मगर भन्छिन, “आर्थिक जिम्मा महिलाकै काँधमा हुने भएकोले परिवार उनीहरूकै खटनपटनमा चल्छ।”

जग्गाजमिन, पशु चौपाया किनबेच गर्दा होस् वा छोराछोरीको विवाह गर्दा वा ऐँचोपैँचोमा महिलाकै निर्णय अन्तिम हुन्छ।

आफूले भनेको पुरुषले नमाने महिलाहरू सम्बन्धविच्छेद गर्न समेत पछि नपर्ने उनी बताउँछिन्।

पुरुष कमाउन देश-विदेश जाने र भेडाबाख्रा चराउन गोठालो जाने भएकोले महिलाले नै घर हाँक्छन्।

“घरमूली नै महिला हुने भएकोले उनीहरूले हुन्छ नभनेसम्म कुनै पनि काम हुँदैन,” पूर्वी रुकुमको सिस्ने गाउँपालिकाका मोहन रोका भन्छन्।

आर्थिक कारोबार आफ्नै हातमा हुने भएकोले मगर समुदायमा पुरुषभन्दा महिला बढी शक्तिशाली र सम्मानित हुने गरेको तकसेराकी शिक्षिका सीता बुढामगर बताउँछिन्।

उनी भन्छिन्, “पैसाको आवश्यकता पर्दा पुरुषले वास्ता गदैनन्, महिलाले नै आफन्त र छिमेकीसँग ऋणसापट गरेर चलाउने गर्छन्।”

फजुल खर्च जोगिने

महिलाले अनावश्यक खर्च नगर्ने हुनाले महिलासँग मागेर पैसा चलाउँदा फजुल खर्च समेत जोगिने पुरुष स्वयं बताउँछन्।

आफ्नो कमाइ श्रीमती वा आमालाई दिँदा परिवारमा बेमेल नहुने, श्रीमान-श्रीमतीबीच विश्वास बढ्ने र घरमा शान्ति हुने गरेको अनुभव महिला-पुरुष सुनाउँछन्।

पुरुष

कतिपय पुरुष आर्थिक अधिकार महिलाको हातमा हुने भएकोले आफ्नो कमाइ आफ्नै इच्छा अनुसार खर्च गर्न नपाएको गुनासो पनि गर्छन्।

तकसेराका सुरेन्द्र पुन भन्छन, “हामीले कमाएर दिन्छौँ त्यसपछि कहाँ, कसरी, कुन काममा खर्च गर्ने भन्ने निर्णय गर्ने अधिकार महिलाकै हुन्छ।”

हेपिनु र हिंसा ‘सहनु पर्दैन’

“घर आफ्नै हातमा हुने भएकोले महिला नै सर्वेसर्वा हुन्छन। पुरुषहरू महिलाकै सल्लाह अनुसार चल्नुपर्छ,” चुनवाङका वडाध्यक्ष प्रवेश पुनले भने।

व्यापार व्यवसाय गरेर आफू पनि आत्मनिर्भर हुने भएकोले कसैबाट पनि हेपिनु र घरेलु हिंसा सहने नपर्ने अम्रिमाया पुन बताउँछिन्।

उनीहरूले भेडाबाख्राको ऊनबाट राडीपाखी बनाएर बेच्ने गरेको अनि जडीबुटीको व्यापार गरेर आयआर्जन गदै आएका छन्।

मगर समुदायका महिला निडर स्वभावका हुने भएकाले एक्लै घरबाहिर गएर व्यापार गर्ने महिला उद्यमी तीर्था पुन मगर बताउँछिन्।

तकसेरा गाउँ
आर्थिक अधिकार महिलाको हातमा रहेको पूर्वी रुकुमको तकसेरा बस्ती

अरू समुदायमा पुरुषको भूमिका नै प्रधान हुने भएकोले महिला हेपिएका पनि हुन्छन्।

खामभाषी मगर समुदायमा भने अपवादको रूपमा मात्रै आर्थिक कारोबार पुरुषको हातमा हुन्छ।

अरू समुदायमा छोराले मात्रै दागबत्ती दिने चलन भएपनि मगर समुदायमा भने छोरीले समेत दागबत्ती दिने गरेको बताइन्छ।

इतिहासमा बाइसे-चौबीसे राज्यको पालादेखि नै मगर समुदायमा मातृसत्तात्मक प्रणाली चलेको मगर सुमदायका अगुवा बताउँछन्।

उनीहरूका अनुसार त्यतिबेला बाहिरी आक्रमणबाट मगर राज्यलाई जोगाउन घरको सबै अधिकार महिलाको जिम्मा छाडेर पुरुषहरू लडाइँमा जान्थे।

अहिले संविधानमा महिला अधिकारको कुरा लेखिएपनि मगर समुदायमा भने पुर्खादेखि नै उनीहरू अधिकार सम्पन्न भएको तकसेराका वडाध्यक्ष ज्योतिमान गुरुङले बताए।

उनी भन्छन्, “आर्थिक रूपमा मात्र होइन, समूह, सहकारी, विभिन्न सङ्घसंस्थाको नेतृत्व पनि महिलाले नै गर्दै आएका छन्।”

-बीबीसी न्यूज नेपालीबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु
धर्म संस्कृति

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास
खेलकुद

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?
अर्थ

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?

प्रदेश २ : निजामती कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश

नाम र राजधानी टुंग्याउन प्रस्ताव माग गरिँदै

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल
धर्म संस्कृति

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै
अर्थ

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै

Next Post
मानवताकै धज्जी उडाउने नेविसंघ र तरुणदल मकवानपुरको जुलुस “आर्यघाटले के भन्छ, केपी ओली ले भन्छ”

मानवताकै धज्जी उडाउने नेविसंघ र तरुणदल मकवानपुरको जुलुस “आर्यघाटले के भन्छ, केपी ओली ले भन्छ”

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist