शनिबार, चैत्र २८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

मिडिया काउन्सिल विधेयक पारित, नयाँ आउने पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने

शिरीष न्युज by शिरीष न्युज
माघ १३, २०७६
0
मिडिया काउन्सिल विधेयक पारित, नयाँ आउने पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने

काठमाडौं, १३ माघ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकले मिडिया काउन्सिल विधेयक पारित गराएको छ। विधेयक पारित भएपछि विधेयकमा रहेको जरिमाना, क्षतिपूर्ति र सजायको व्यवस्था स्वतः हट्ने भएको छ ।

मिडिया काउन्सिल विधेयकमाथि छलफलका क्रममा नयाँ पत्रकारले पत्रकारिताको लाइसेन्स परीक्षा दिनुपर्ने सहमति गरिएको छ । तर अहिले काम गरिरहेका पत्रकारले भने परीक्षा दिनु नपर्ने उल्लेख छ।

समितिमा भएको सहमतिअनुसार विधेयकको दफा १७ मा पत्रकारको लाइसेन्स परीक्षा दर्ता तथा अभिलेख सम्बन्धी व्यवस्था राखिनेछ । जसमा पत्रकारको रुपमा काम गर्न चाहनेको लागि लाइसेन्स परीक्षा सञ्चालन सोको सामान्य व्यवसायिक पत्रकारिता, पाठ्यक्रम मिडिया काउन्सिलले तोके बमोजिम हुने उल्लेख गरिएको छ ।

विधेयकमा काउन्सिलले पत्रकारिताका क्षेत्रमा कार्यरत पत्रकारको विवरण एक वर्षभित्र संकलन गरी अभिलेख राख्ने व्यवस्था गरिएको छ। यद्यपी सञ्चारमाध्यमले लाइसेन्स नभएका पत्रकारलाई पनि जागिर दिन सक्ने उल्लेख छ।

मिडिया काउन्सिल विधेयक : जेल हाल्ने प्रावधानबाट सरकार ‘ब्याक’

मिडिया काउन्सिल विधेयकमा रहेका प्रेसनियन्त्रणमुखी प्रावधान हटाउन सरकार राजी भएको छ। सरकार आफ्नो अडानबाट पछि हटेसँगै राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले केही प्रावधानमा संशोधनसहित सोमबार विधेयक पास गरेको छ।

सरकारले विधेयक ल्याएपछि सञ्चारविज्ञ, अधिकारकर्मी, विश्लेषक र पत्रकाहरूले विधेयकले संविधानको प्रस्तावनामै उल्लेखित प्रेस स्वतन्त्रतासम्बन्धी व्यवस्थाको हनन गरेको भन्दै आलोचना गरेका थिए। चौतर्फी दबाबपछि सरकार विभिन्न बुँदामा संशोधन गर्न तयार भएको हो। सरकारसँगको परामर्शमा समितिले विधेयक संशोधन गरेको हो। सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले समितिको संशोधनमा सरकार सहमत रहेको बताएपछि विधेयक संशोधनसहित पास गर्न सहमति जुटेको हो।

हटाइयो दण्ड र जरिवाना

विधेयकमा रहेको दण्ड, जरिवाना  र क्षतिपूर्ति तिराउने प्रावधान हटाइएको छ। प्रचलित कानुनविपरीत हुने क्रियाकलापको छिनोफानो गर्ने जिम्मेवारी अदालतको भएकाले काउन्सिलबाट हटाइएको हो।

काउन्सिलले भने अन्याय परेकालाई न्याय दिएर मेलमिलाप गराउनेछ। मेलमिलाप गराउने क्रममा क्षति पुर्‍याउने पक्ष क्षतिपूर्ति दिन तयार भए दिलाउन सक्ने बाटो भने खुला राखिएको छ। काउन्सिलले गरेको कारबाही चित्त नबुझे पीडित प्रचलित कानुनअनुसार अदालत जानेछन्।

सरकारले पेश गरेको विधेयकमा मिडिया काउन्सिलले नै दण्ड तथा क्षतिपूर्ति दिन सक्ने व्यवस्था थियो। विधेयकको दफा १८ मा आचारसंहिता विपरीतका सामग्री प्रकाशित गरे सञ्चारमाध्यम, प्रकाशक, सम्पादक, सम्वाददाता वा पत्रकारलाई १० लाख रुपैयाँ जरिवाना हुने भनिएको थियो ।

आचारसंहिता उल्लंघनलाई नैतिकतासँग जोडिएको विश्वसनीयता र प्रतिष्ठाको विषय नमानेर दण्डनीय अपराध मानेको भन्दै सरोकारवालाले विरोध गरेका थिए।

काउन्सिल स्वायत्त हुने

समितिले विधेयकको प्रस्तावनामा ‘स्वायत्त’  र ‘सक्षम’ शब्द थपेको छ।  मिडिया काउन्सिल ‘स्वायत्त’ संस्था हुने उल्लेख नभएकाले पनि यो नियन्त्रणमुखी हुने विज्ञहरुले बताएका थिए।

प्रेस काउन्सिलले सरकारलाई दिएको मस्यौदामा ‘स्वशासित’का साथै ‘स्वायत्त’ उल्लेख गरे पनि सरकारले हटाएर विधेयक दर्ता गरेको थियो।

सिफारिस समिति हट्यो

सूचना प्रविधि तथा सञ्चार मन्त्रालयका सचिव नेतृत्वको समितिले काउन्सिलका पदाधिकारी सिफारिस गर्ने व्यवस्था विधेयकमा थियो। जुन हटाइएको छ। सूचना तथा प्रविधि क्षेत्रमा ख्यातिप्राप्त व्यक्ति एक र वरिष्ठ पत्रकारबाट एकजना सदस्य रहेको सिफारिस समिति गठन गर्ने भनिएको थियो।  सरकारले आफू मातहत बस्न सक्नेलाई सिफारिस गर्न सक्ने भन्दै विरोध भएको थियो ।

अध्यक्ष र सदस्यको योग्यता हेरफेर

काउन्सिल अध्यक्षको योग्यता हेरफेर गरेको छ। काउन्सिलको अध्यक्ष हुन स्नातकोत्तरसम्म अध्ययन गरेको साथै सर्वोच्च अदालतका न्यायधीश हुन योग्य, वरिष्ठ अधिवक्ता वा सञ्चार क्षेत्रमा १५ वर्ष काम गरेको हुनुपर्नेछ।

सरकारले विधेयकमा स्नातक उत्तीर्ण, १० वर्षको अनुभव र पत्रकारितामा विशिष्ट योगदान पु¥याएको व्यक्तिलाई काउन्सिल अध्यक्ष बनाउने प्रस्ताव गरेको थियो।

सदस्य हुनका लागि १० वर्ष पत्रकारिताको अनुभव र स्नातकसम्मको अध्ययन हुनुपर्नेछ। सरकारले विधेयकमा १५ वर्षको अनुभव हुनुनपर्ने भनेको थियो।

पत्रकारिताको प्राध्यापकबाट एक काउन्सिल सदस्य 

काउन्सिलमा रहने पदाधिकारीको संख्या बढाइएको छ। अध्यक्षसहित ९ जनाबाट दुईजना थप्दै ११ पुर्‍याइएको हो।

समावेशीका सम्पूर्ण योग्यता पूरा हुनुका साथै हरेक प्रदेशबाट एकजनाको प्रतिनिधित्व  सुनिश्चित गरिएको छ। यसअघि ६ जना सदस्य भनिएको ७ पुर्‍याइएको छ।

सदस्यमा पत्रकारिताका प्राध्यापकबाट एकजना समेत हुनुपर्ने प्रावधान थपिएको छ। मन्त्रालयले तोकेको एक र नेपाल पत्रकार महासंघका अध्यक्ष पदेन सदस्य रहनेछन्।

पत्रकार बन्न लाइसेन्स जरुरी

पत्रकारिता गर्नका लागि आमसञ्चार विषयमा अध्ययनका साथै प्रवेश परीक्षा अनिवार्य गरिएको छ। हाल पत्रकारितामा रहेकाहरुले भने स्वतः लाइसेन्स पाउनेछन्। नयाँ आउन चाहनेहरुको भने काउन्सिलले पत्रकारिता प्रवेश अनुमति पत्रका लागि जाँच लिनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

१४ र १५ वर्षीया दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला
प्रदेश २

महोत्तरीमा एक महिलाको मृत्यु ।।

महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु ।।
प्रदेश २

महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु ।।

साना किसान कृषि सहकारी संस्था दिगम्बरपुरको १८औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ

साना किसान कृषि सहकारी संस्था दिगम्बरपुरको १८औं वार्षिक साधारणसभा सम्पन्न

बर्दिवास : तीन सय भन्दा बढी घरपरिवारलाई जग्गाधनी लालपुर्जा वितरण (भिडियो सहित)
प्रदेश

बर्दिवास : तीन सय भन्दा बढी घरपरिवारलाई जग्गाधनी लालपुर्जा वितरण (भिडियो सहित)

गौशाला नगरपालिकामा वडा सचिवद्वारा शिक्षकमाथि हातपात, न्याय माग्दै विद्यालय बन्द
प्रदेश २

गौशाला नगरपालिकामा वडा सचिवद्वारा शिक्षकमाथि हातपात, न्याय माग्दै विद्यालय बन्द

जसपा नेता दुवेद्वारा नव निर्वाचित पत्रकारहरुलाई बधाई तथा शुभकामना
प्रदेश २

जसपा नेता दुवेद्वारा नव निर्वाचित पत्रकारहरुलाई बधाई तथा शुभकामना

Next Post
एक युग १४ वर्षमा  मृत्युको मुखबाट फर्केर आएका छाेरालाइ देख‍ेर आमाको मुहारमा छाएको खुसी

एक युग १४ वर्षमा मृत्युको मुखबाट फर्केर आएका छाेरालाइ देख‍ेर आमाको मुहारमा छाएको खुसी

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist