बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

साउँदीमा मृत्युकाे मुखबाट बचेर आएका उमेश भन्छन्-जेलमा भएका नेपालीहरुका लागि लड्छु

शिरीष न्युज by शिरीष न्युज
माघ ८, २०७६
0
साउँदीमा मृत्युकाे मुखबाट बचेर आएका उमेश भन्छन्-जेलमा भएका नेपालीहरुका लागि लड्छु

जनकपुर- धनुषाकाे कमला नगरपालिका ३ का उमेश यादव ‘ब्लडमनी’ तिरेपछि नेपाल फर्किएका छन्।

मृतक परिवारलाई ३० लाख पाकिस्तानी रुपैयाँ ब्लडमनी बुझाइए पछि सजाय माफ पाएका यादव बुधबार बिहान नेपाल आइपुगेका हुन्। वैदेशिक रोजगारमा रहँदा एक पाकिस्तानी सहकर्मीको हत्या आरोपमा साउदी अरेबियामा यादवलाई मृत्यु दण्डको सजाय  सुनाइएकाे थियाे।

यादवलाई सन् २००६ मा पाकिस्तानी नागरिक मोहम्मद लतिफ वासिरको हत्या गरेको अरोपमा जुवेलका जेनलर कोर्टले १५ अप्रिल २०१८ मा मृत्यु दण्डको सजाय सुनाएको थियो। यादव सन् २००६ मा साउदी पुगेका थिए।

विवादको क्रममा पाकिस्तानी नागरिकको मृत्यु भएपछि उमेशलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको थियो। उमेशलाई मृत्यु दण्डको सजायकाे खबर आएपछि जनकपुरका समाजिक अभियन्ता सरोज रायले जीवन रक्षाको लागि अभियान चलाएका थिए।

अभियन्ता रायले दुई वर्षदेखि ब्लडमनीको लागि चन्दा संकलन गरी परराष्ट्र मन्त्रालय र दूतावासको सहयोगमा मृतक पाकिस्तानीको घरमा पुगेर उमेशको जीवनरक्षाको निम्ति अनुरोध गरेका थिए। उनले चन्दा संकलन गरी पाकिस्तानी मृतक परिवारलाई ३० लाख पाकिस्तानी रुपैयाँ ब्लडमनी समेत दिए।

यादवकाे जीवन रक्षाको लागि विगत २ वर्षदेखि अभियान चलाएका जनकपुरका समाजिक अभियन्ता सरोज रायले विमानस्थलमा स्वागत गरे।

यस्ताे छ कहानी

उमेश यादव दाह्री-कपाल काटेर चिरिच्याट्ट बनेका छन् । चिटिक्क मिलेको जुंगा राखेका छन् । खाडीको हावाले सेतै फुलाएको कपालमा कालो दलेका छन् । अनुहार फेसियल पनि गरेका छन् ।

यसैले उनको अनुहारमा चमक छ ।

उनले १३ वर्षपछि काठमाडौंको माटो टेकेका छन् । १८ दिनमा छाडेर गएका छोरा कस्तो भए होलान् ? तीन वर्षको जेठो छोराको त जुँगा आउन थाल्यो होला । श्रीमती के गर्दै होलिन् ? अनि आमा – बा कस्तो भए ! उनलाई देख्ने व्यग्र चाहना छ ।

तर उमेशलाई यो भन्दा बढी चिन्ता विवेक दाहालको छ, जसलाई साउदीको जेनरल कोर्टले फाँसीको सजाय सुनाइएको छ । ‘म जेलबाट निस्कने भएपछि उसले दुई दिनदेखि खाना खाएको थिएन । आज विहान मसँग रुँदै कुरा गरेको थियो । १४ वर्ष भइसक्यो उ जेल परेको’ उमेश भन्छन्, ‘उसका लागि म भोलि नै परराष्ट्र मन्त्रालय गएर उजुरी गर्छु । नेपालीलाई त्यसरी मर्न दिएर म कसरी खुशी हुन सक्छु र !’

यदि सरोज राय हुँदैनथे भने धनुषाका उमेश शायद फाँसीमा चढिसकेका हुन्थे । पहिला दुई पैतला काटिन्थ्यो, अनि घाँटी । अदालतले यस्तै सजाय सुनाएको थियो ।

तर, पासा पल्टियो, बुधबार रातको दुई बजे ३८ वर्षका उमेशले नयाँ जीवन पाए ।

०००

मेनपावर कम्पनीलाई एक लाख ४० हजार रुपैयाँ बुझाएर उमेश २००७ मा साउदी अवर पुगेका थिए । काम थियो भवन निर्माण, तलव साढे पाँच सय रिअल ।

तर उनले तलव बुझ्नै पाएनन् ।

उमेश साउदी पुगेको एक महिना १२ दिन पुगेको थियो । १२औं दिनको चर्को घाममा उनले घरमा रङ लगाउँदै थिए । उमेशसँगै थिए उनीभन्दा सिनियर पाकिस्तानी मजदुर । उमेशले नम्बर प्लेट तिप्दै थिए, भर्‍याङ भुइँमा झर्‍यो ।

पकिस्तानीले एक मुक्का बजाइदिए । उमेशको पनि २५ वर्षे जोस । छेउमा पाइप थियो । उचारेल चार पटक हिर्काए । उमेश चार दिनपछि गिरफ्तार भए ।

यो घटना भएको १६ दिनपछि अस्पतालमा पाकिस्तानी नागरिकको मृत्यु भयो । रियाद जेलमा चार दिन राखेर उनलाई जुवेल सेन्टर जेल पुर्‍याइयो, जुन जेलमा विवेक एक वर्ष अघिदेखि नै थिए । तर जब पाकिस्तानीको मृत्युको खवर सुने । उमेशको हंशले ठउँ छोड्यो । नछोडोस पनि किन ? सबैले भन्थे, ‘मान्छे मारेकोलाई मृत्युदण्ड नै दिन्छ ।’

उनी भन्छन्, ‘दुई वर्षसम्म बेहोसी नै थिएँ । नेपाल फर्किर्न्छु फकिन्नँ केही थाहा थिएन ।’

न खाना मिठो, न सुत्ने ठेगान । एउटा बेडमा चार जना सुत्नुपर्ने, त्यो पनि पालै पालो । उमेश भन्छन्, ‘दिमागका मर्ने बाहेक अर्को केही कुरा आउँदैनथ्यो । त्यसैले एउटा ट्याबलेट खायो तीन घण्टा सुत्यो ।’

एक वर्षपछि उमेशलाई अदालतमा हाजिर गराइयो । केही सोधेजस्तो गर्‍यो र कागजमा हस्ताक्षर गरायो । अनि फेरि जेल ल्याइपुर्‍यायो । अर्को एक वर्षमा फेरि अदालतमा हाजिर गरायो । अदालतमा केही सोध्ने बाहेक केही काम भएन । बरु उनले त्यहाँ अदालतमा नेपाली भेटाए, जसले भाषा अनुवादको काम गर्थे ।

उमेशले भने, ‘हजुर, मेरो घरमा खबर पुर्‍याइदिनु न ! मसँग मोवाइल भएन ।’

उनले कतारका एक नेपालीको नम्बर दिए । र, घरसम्म सम्पर्क गराइदिए । दुई वर्षपछि उमेशका परिवारका सदस्यहरुले थाहा पाए कि छोरा जेलमा छ । थाहा पाएर के गर्नु ? भगवानसँग प्रर्थना गर्नुबाहेक गर्नसक्ने केही थिएन ।

उमेशलाई पनि परिवारका सदस्य र पत्नीसँग कुरा गर्न मन थियो तर घरमा मोवाइल छैन । उनका एक जना अंकल गाविस सचिव । उनै अंकलले चार वर्षपछि श्रीमतीसँग कुरा गराइदिए । श्रीमतीले रुँदै भनिन्-कसरी पुग्नुभयो तपाई जेलमा ?

उमेशले जवाफमा सुक्क-सुक्क मात्र दिए । र, आँशु पुछ्दै आफ्नो धर्म निर्वाह गरे, ‘नआत्तिनु म एक महिनापछि फर्किन्छु ?’ मुकेशलाई श्रीमतीसँग कुरा गर्ने धित मरेका थिएन । तर उनको अगाडि आएर ठिंग प्रहरी उभियो । र, उसले हत्कडी लगाएर कालो कोठामा कोच्यो ।

जेलमा बस्दा उमेशसँग मोवाइल हुने कुरा भएन । उनकाअनुसार जेलभित्र चोरीको मोवाइल किन्न पाइन्थ्यो तर धेरै महंगो । विदेश जाँदा लागेको ऋण त तिर्न सकेका छैन, कसरी मोबाइल किन्नु ? त्यसैले जेलर साथीको मोवाइल लिँदै बेलामौकामा घरमा फोन लगाउथेँ उमेश ।

दिन वित्दै गयो, उनले हरेश खाँदै गए । उपाय लाग्छ कि भनेर मृतक पकिस्तानीको परिवारसँग पनि सम्पर्क गरे । दूतावासमा लगातार फोन गरिरहे । तर कसैले उनलाई सहयोग गरेन । त्यसैले जेलमा ट्याबलेट खाने, तीन दिनसम्म लड्ने गरेर जुवेर जेलको जीवन गुजारे ।

२०१८ को एकदिन जनरल अदालतले उमेशलाई फाँसीको सजायँ सुनयो । त्यो पनि पहिला खुट्टा र हात काट्ने अनि घाँटी । किनकी उनलाई हरप्पा मुद्दा लागेको थियो । उमेशले संसार बिर्सिए । भन्छन्, ‘त्यतिबेला दिमाग खाली हुँदोरहेछ । घर परिवारको पनि सम्झना आउँदोरहेनछ ।’ मृत्यू ध्रुवसत्य हो, तर पूर्वघोषितको मृत्युको खवरले मानिस कुन अवस्थामा पुग्छ होला ? यसलाई उमेशले शव्दमा व्यक्त गर्न सक्दैनन् ।

उमेश अब म मर्दैछु भन्ने खवरले जति आत्तिएका थिए, देश र नेपाली दूतावाससँग त्यत्तिकै आक्रोशित थिए । उमेशले सबै आक्रोश भिडियोमा पोखे, सहयोगको याचना गरे अनि कसैलाई फेसबुकमा राख्न लगाए ।

भिडियो भाइरल भयो । नेपालीहरु सहयोग गर्न चाहे । सरोज रायले पनि जनकपुरको एउटा पत्रिकामा समाचार देखे । मनमनै सोचे, यो मान्छेलाई छुटाउन पहल गर्छु ।’

सहयोग जुटाउन थाले, साउदी पुगेर नेपाली दूताबासको सहयोग लिए, न्यायाधीशशसँग कुरा राखे । राय फेरि मृतक पाकिस्तानी नागरिकको परिवार भेट्न पाकिस्तान पुगे । र, माफिनामा बनाए । सरोज भन्छन्, ‘म तीन पटकसम्म पाकिस्तान पुगेँ । पाकिस्तानी वकिल लगाएर परिवारलाई मनाएँ । अनि वकिलमार्फत ब्लड मनीको तीस लाख रुपैयाँ पीडितको परिवारलाई उपलब्ध गराएँ ।’

यो तीस लाख सरोजलाई मनकारी नेपालीहरुले जुटाइदिएका थिए ।

सरोजको दुई वर्ष लामो प्रयास बिहीबार विहान नौ बजे सफल भयो, जब उमेश त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रिए । उमेश भन्छन्, ‘जेलका साथीहरुबाट सय-पचास रियाल सहयोग उठाएर नेपाल आएको हुँ ।’

नेपाल टेक्दा उमेशको गोजीमा सात रियाल थियो । उमेशले जेलमा आफूसँगै भएका पाँच जना नेपालीलाई छोडेर आएका छन् । केही दुर्घटनाका मुद्दामा जेल बसेका छन् त कोही के मुद्दामा । उनी भन्छन्, ‘त्यहाँ जेल परेपछि कसैले थाहा पाउँदैन । सहयोग गर्ने मान्छे भएन भने या त जीवनभर जेलमा सड्ने हो, या फाँसीमा झुण्डिने हो ।’

जुवेल जेलमा १२ जनाभन्दा बढी नेपाली रहेको बताउँछन् उमेश । भाषकै कारण कतिपय निर्दोष नेपाली जेलमा छन् । ‘सरकारले चाहने हो भने विवेकलाई दुई महिनामा निकाल्नसक्छ । दामोदर क्षेत्री दुर्घटनाको मुद्दामा फसेको तीन वर्ष भइसक्यो । उनीहरुको विषय लिएर अब परराष्ट्र जान्छु ।’

उमेशसँग सम्पत्ति छैन । तर थोरै भएपनि आश छ, सरकारले केही सहयाग गर्छ कि ! उनीसँग इच्छाशक्ति र चाहना चाहिँ छ, जेलमा भएका साथीहरुलाई नेपाल ल्याउन लड्ने । उनी भन्छन्, ‘दूताबासले केही गर्दैन, हामी नलडेसम्म केही हुँदैन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु
धर्म संस्कृति

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास
खेलकुद

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?
अर्थ

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?

प्रदेश २ : निजामती कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश

नाम र राजधानी टुंग्याउन प्रस्ताव माग गरिँदै

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल
धर्म संस्कृति

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै
अर्थ

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै

Next Post
भोली प्रदेश २ मा राष्ट्रियसभा सदस्यका ४ सिटका लागि मतदान हुँदै, के भन्छ छ अंकगणितले …

भोली प्रदेश २ मा राष्ट्रियसभा सदस्यका ४ सिटका लागि मतदान हुँदै, के भन्छ छ अंकगणितले ...

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist