शनिबार, चैत्र २८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

पुरुषहरूप्रति घृणा जगाएको छ शिवमाया प्रकरणले

शिरीष न्युज by शिरीष न्युज
माघ २, २०७६
0
पुरुषहरूप्रति घृणा जगाएको छ शिवमाया प्रकरणले
प्रिति रमण

मुलुकको राजनीतिक घटनाक्रम अहिले सभामुख चयनको विषयमा गएर अड्किएको छ । सरकार सञ्चालन गरिरहेको सत्तासीन नेकपाले निवर्तमान सभामुख कृष्णबहादुर महराको स्थानमा नयाँ व्यक्ति चयन गर्न सकिरहेको छैन । यसरी सभामुख चयन नहुँदा संसदीय प्रक्रिया नै अवरुद्ध भएको छ । सभामुख चयन नहुनुमा सत्तासीन नेकपाका दुई अध्यक्षको जुँगाको लडाइँ प्रष्टै देखिन्छ । तर, उनीहरूलाई दबाब दिन उक्त पार्टीका अन्य नेताहरूले पनि सकिरहेका छैनन् । उनीहरू निरीह र लाचार साबित भइरहेका छन् ।

सत्तासीन नेकपाले अहिले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने र सभामुख आफ्नो पार्टीको कुनै नेतालाई बनाउने योजना बनाएको देखिन्छ । यसअघि दुवै पार्टीबीच एकता नभइसकेका कारण तत्कालीन माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै कृष्णबहादुर महरा सभामुख बनेका थिए भने तत्कालीन एमालेबाट उपसभामुख शिवमायालाई बनाइएको थियो । अब दुवै पार्टीबीच एकता भइसकेकाले सत्तारुढ पार्टीले संवैधानिक व्यवस्थाअनुसार दुवै पद पाउन सक्दैन । उसले एउटा पद छोड्नै पर्छ । तर पार्टीभित्रको गूटबन्दीले सक्षम महिला पनि जिम्मेवारीबाट बञ्चित हुनुपर्ने अवस्था सृजना गरिएको छ ।

पार्टी एकीकृत भइसकेपछि पार्टीभित्रका नेता कार्यकर्ताहरूलाई  शीर्ष नेतृत्व अर्थात अध्यक्ष दुवैले समान व्यवहार गनुपर्ने आवश्यकता हो । तर पार्टीभित्र वैचारिक धरातल खस्किएपछि व्यक्तिहरूलाई काखी च्याप्ने प्रवृति बढेर गएको स्पष्टै देखिन्छ । यसअघि पनि संविधानसभाको सभामुख भइसकेका व्यक्तिलाई निहित स्वार्थका लागि पूनः सभामुखमा ल्याउने कसरतले पार्टीलाई दुर्घटनातर्फ पु¥याउने सम्भावना देखिन्छ । सभामुख कसलाई बनाउने भन्ने भन्दा पनि निश्चित उद्धेश्यका निम्ति कुन व्यक्तिले सभामुखको हैसियतबाट सरकारलाई सहयोग पु¥याउला भनेर चलखेल भएको देखिन्छ । त्यसैले नै निर्णय हुन सकेको छैन भन्ने पनि सतहमा देखिन्छ । तर सत्तासीन पार्टी र सरकारको कार्यशैलीले  यस्तो अवस्था देखिदैन ।

उपसभामुख शिवमायाले आफू उपसभामुखबाट राजीनामा नदिने मानसिकता बनाएकी छिन् । महिलाप्रति भइरहेको विभेदकारी चिन्तनलाई उनले राम्रैसंग चुनौती दिएकी छिन् । आफूले कुनै बद्मासी नगरेको र राजीनामा दिएर अहिले व्यवस्थापिकालाई नेतृत्वविहीन बनाउन नहुने उनको जिकिर रहेको छ । उनको यो जिकिरलाई पार्टीको नेतृत्व पंक्तिले गलत अर्थमा लिएको छ ।

नेपालको राजनीतिक इतिहास हेर्ने हो भने महिलाको भूमिका सधैं प्रशंसनीय देखिन्छ । हरेक आन्दोलन होस् वा राजनीतिक भूमिका निर्वाह गर्ने सवालमा होस्, महिला नेतृत्वले कुशलापूर्वक जिम्मेवारी निर्वाह गर्दै आएका छन् । तर, पुरुष नेताहरूको चेपुवामा परेका कारण महिलाहरूले क्षमता हुँदाहुँदै पनिे जिम्मेवारी पाउन सकेका छैनन् । अझै भनौं महत्वपूर्ण पद तथा जिम्मेवारी पुरुष नेताहरूले नै ओगट्दै आएका छन् । महिलालाई सर्वप्रथम त हाम्रो जस्तो पितृसत्तात्मक समाजमा राजनीतिक मैदानमा आउन नै कठिनाइ छ । त्यसमाथि परिवारलाई मिलाउँदै राजनीति गर्न झनै कठिन छ । त्यसैले जीवनको पूर्वाद्र्धमा सशक्त रूपमा राजनीतिमा लागेका महिलाहरूले कालान्तरमा राजनीतिबाट टाढा हुँदै जानुपर्ने अवस्था विकसित गराइएको छ । यस्तो कार्यमा पुरुषहरू मुख्य रूपमा निर्णायक देखिन्छन् ।

यो अवस्थामा महिलाको अधिकारको विषयमा पनि राम्रोसँग काम हुन पाएको छैन । उच्चपदमा बल्लतल्ल पुगेका महिलाहरूले राम्रोसँग काम गर्ने वातावरण पाएका छैनन् । संविधानमा पार्टी तथा संसद्मा ३३ प्रतिशत महिला हुनुपर्ने आरक्षणको व्यवस्था गरिएको छ । तर, व्यवहारमा पार्टीहरूले यसको पालना कतैपनि गरेको पाइँदैन । बरु उल्लंघन गर्दै आएका छन् । महिलालाई अवसर दिने सवालमा हाम्रो समाज अनुदार बन्दै आएको स्पष्टै छ । मुलुक बदल्ने प्रण गरेका राजनीतिक दलहरूले समेत यही गलत परम्परालाई निरन्तरता दिँदै आएका छन् ।

अहिले सभामुख चयनको विषयमा उपसभामुख शिवमायालाई बलिको बोको बनाउन खोजिएको छ । महिला भएकै कारण उनी सभामुखमा अयोग्य भन्नुपर्ने कुनै कारण देखिदैन । यसमा सत्तासीन नेकपाले स्पष्ट जवाफ दिनुपर्छ । शिवमाया राजनीतिक, शैक्षिक कुनै पनि हिसाबमा कमजोर देखिन्नन् । उनले उपसभामुख पद पनि आफ्नो योग्यताले प्राप्त गरेकी हुन् । त्यसैले सत्तासीन नेकपाले उनलाई जबर्जस्ती उपसभामुखबाट राजीनामा दिन लगाउने विषयमा कदापि उचित देखिँदैन । उनले पार्टीको निर्णयलाई मान्ने वचनबद्धता व्यक्त गर्दै आएकी छिन्, तर अपराधीजस्तो विना कारण प्रतिनिधिसभालाई नेतृत्व विहीन बनाउने विषयमा उनले असहमति जनाउँदै आएकी छिन् । जुन कुरा सत्तासीन नेकपाका नेताहरूलाई मनपरेको छैन । नेताहरूले सर्वप्रथम आफूहरू बीचमा भएको आन्तरिक विवादलाई हल गर्न जरुरी छ । यो घटनाले महिलाहरूमा पुरुषहरूप्रति घृणा जगाएको छ । शिवमाया प्रकरणले आम महिलाहरूप्रति सत्तासीन नेकपाको संकुचित दृष्टिकोणलाई नंग्याइदिएको छ ।

मुलुकको संघीय संसद् अहिले दुई सातादेखि बन्धक रहेको छ । सभामुख चयनमा निर्णय लिन ढिलाइ भइरहँदा देश संवैधानिक संकटमा जाने सम्भावना पनि बढेको छ । यो ऊर्जाशील समयलाई राजनीतिक दलहरूले समुचित ढङ्गबाट सदूपयोग गर्न जरुरी छ । विचारमा विवाद छैन, व्यक्ति चयनमा विवाद बढाएर आफ्नो हैसियतलाई मात्र बलियो बनाउने देशलाई बर्बाद गराउने कामका लागि जनादेश पाइएको होइन भन्ने कुरा नेताहरूले बुझ्ना ढिलो गरिरहेका छन् । यसले गर्दा सत्तासीन नेकपा अर्कोपटक दोहोरिएर सत्तामा पुग्न नसकिएला भन्ने चेत नेताहरूमा आउन जरुरी देखिन्छ । वर्तमान अवसरलाई देश विकासमा सदूपयोग गर्ने हो विवादमा होइन ।

प्रतिनिधिसभाको सभामुख चयनमा एमसीसी प्रकरणसमेत  जोडिएर आएको छ । यो विषय निकै  चर्चित पनि बनेको छ । एमसीसीको विरोध गर्नेहरूले जुन बुँदाहरूलाई लिएर असहमति जनाइरहेका छन्, त्यसमा सबैलाई चित्त बुझ्ने गरी सरकारले र सत्तासीन पार्टीले बहस चलाउन जरुरी छ । अन्यथा सहयोगका नाममा देशलाई मूठभेडको थलो बनाइनु पनि उपयुक्त होइन । सभामुख चयन प्रक्रियामा उक्त सम्झौतालाई पारित गर्ने ‘एसम्यान’को खोजी भइरहेको देखिन्छ । यदि उपसभामुख शिवमायालाई जबर्जस्ती राजीनामा गर्न लगाएर सत्तासीन नेकपाले एमसीसी पारित गर्ने शर्तमा सभामुख चयन गर्ने हो भने त्यसले निश्चय नै मुलुकलाई ठूलो घात गर्नेछ । यो हेक्का सबैले  राख्नु बुद्धिमानी हनेछ र देशको हितमा पनि हुनेछ ।  – [email protected]

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

सन्दर्भ शहिद दिवस : “परम्परा मात्र कायम राख्नको लागि सरकारले मनाउने शहिद दिवसको कुनै अर्थ छैन”
विचार

राजनीतिक निकासका लागि कठिन अवस्था

नेपालमा धार्मिक अल्पसंख्यक समुदाय र उनीहरुको मानव अधिकारको अवस्था
विचार

नेपालमा धार्मिक अल्पसंख्यक समुदाय र उनीहरुको मानव अधिकारको अवस्था

अजय कुमार साह
अन्तर्वार्ता

किन र कसरी पत्रकारिता सुरु गर्नुभयो ?

एक शहिद प्रहरी पत्नीको सविनय अनुरोध
विचार

एक शहिद प्रहरी पत्नीको सविनय अनुरोध

मधेसबाट प्रधानमन्त्री, ‘प्लिजिङ सरप्राइज’
विचार

मधेसबाट प्रधानमन्त्री, ‘प्लिजिङ सरप्राइज’

गोदाममै थन्कियो राहतको खाद्यान्न
प्रदेश २

गोदाममै थन्कियो राहतको खाद्यान्न

Next Post
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल धनुषा शाखा गठन, अध्यक्षमा कुलदिप दास

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल धनुषा शाखा गठन, अध्यक्षमा कुलदिप दास

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist