शनिबार, चैत्र २८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

माघे सङ्क्रान्ति : सामाजिक सद्भाव र वैज्ञानिक महत्वकाे पर्व

शिरीष न्युज by शिरीष न्युज
माघ १, २०७६
0
माघे सङ्क्रान्ति : सामाजिक सद्भाव र वैज्ञानिक महत्वकाे पर्व

जनकपुर-प्रत्येक वर्ष माघ महिनाको १ गते माघे सङ्क्रान्ति मनाइन्छ । माघ १ गतेबाट नै सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।

सामान्यतया सूर्यले १२ वटा राशिलाई नै प्रभाव पार्ने भए पनि कर्कट र मकर राशिमा सूर्य प्रस्थान गर्ने दिनलाई चाहिँ विशेष मानिन्छ । साउन १ गतेका दिन सूर्य कर्कट राशिमा प्रवेश गर्दछ । यस दिनबाट नै सूर्य दक्षिणी गोलार्धतिर लाग्ने भएकाले यसबेलादेखि दक्षिणायन सुरु हुन्छ । यस दिन लुतो फाल्ने, कण्डारक पूजा गर्ने आदि विभिन्न संस्कृतिहरु छन् ।

यही सूर्य नै माघ १ गतेबाट मकर राशिमा प्रवेश गरेसँगै उत्तरायण सुरु हुन्छ । योगी तथा सन्यासीहरु उत्तरायणको समयमा नै शरीर त्याग्न चाहन्छन् ।महाभारतका प्रसिद्ध पात्र भीष्म पितामहले पनि यही समयमा प्राण त्यागेका थिए ।

यसै दिनदेखि नै दिन लामो र रात छोटो हुँदै जाने गर्दछ । तर आज भोलि भने पुष ७ गतेबाट नै दिन लामो र रात छोटो हुन सुरु हुन्छ । विभिन्न भाषाभाषी र समुदायले यस पर्वलाई मनाउने भएकाले आफ्नै सङ्स्कृतिअनुसार यस पर्वको नामहरु पनि फरक–फरक छन् । नाम फरक भए पनि यस पर्वलाई अधिकांश नेपाली समुदायले विशेष पर्वको रुपमा मान्दछन् ।

माघे सङ्क्रान्ति पर्व नेपालभरका विभिन्न नदी, तलाउ, त्रिवेणीमा गइ स्नान गरी पूजाआजाका साथ तिलको लड्डु, घिउ, चाकु, तरुल आदि खाएर मनाइन्छ । यस दिन कपडा, घिउ, चाकु, तरुल, तिलको लड्डु, सागपात आदि दान गरेमा विशेष पुण्य पाइने र खाएमा निरोगी भइने विश्वास रहेको छ ।

शिशिर ऋतु सुरु गराउने यस पर्वमा घिउ, चाकु, तिल तथा खिचडी खानाले शरीरमा गर्मीकाे मात्रा बढेर तागत दिनुका साथै मास हालेर पकाइएको तेल शरीरमा घस्दा छालासम्बन्धी सबै रोग नाश हुने विश्वास छ ।

वैज्ञानिक हिसाबले हेर्ने हो भने पनि मानिसको शरीरको लागि चाहिने पोषक तत्वहरुलाई यस दिन नै खानु भन्नाले यस पर्वले मानिसको स्वास्थ्यलाई बलियो बनाउन खोजेको हुनाले यसको सन्देश सकारात्मक नै देखिन्छ ।

नेपालमा माघी पर्व

जातियता, सांस्कृतिक तथा भूगोलको आधारमा नेपालमा विभिन्न विविधता रहेको भए पनि यो पर्वलाई सबैले भिन्न–भिन्न तरिकाले मनाउँछन् । यस पर्वलाई थारु समुदायले माघी पर्व भनेर मनाउँछन् र यसलाई नयाँ वर्षको रुपमा पनि मनाउँछन् ।

मगर समुदायले यस पर्वलाई माघ्या/सेल्ह्रेस भन्दछन् । यसरी नेपालभर छरिएर बसेका राई, मगर, लिम्बु,नेवार, गुरुङ, ब्रह्मण, क्षेत्री, मधेसी आदि सबैले आफ्नै परम्परा र भिन्न–भिन्न तरिकाले यस पर्वलाई मनाउँछन् ।

काठमाण्डौका पुरानाे समुदाय अर्थात् नेवारहरुले पनि यस पर्वलाई घ्यूचाकु/सल्हुको रुपमा मनाउँछन् । यस दिन नेवारहरु चाकुमा तिल मिसाएर बनाएको लड्डु दान गरेर आफू पनि खाने गर्दछन् । घरका सबैले बिहानै नुहाइधुवाइ गरेर देवी देवताहरुको पूजा गर्ने गर्दछन् ।

यस दिन भक्तपुरमा तिलमाधव नारायणको मेला लाग्छ । यस दिन तिलमाधवको मूर्तिमा घिउ र तिल लगाइन्छ र चार दिनपछि यसैलाई प्रसादको रुपमा बाँडिन्छ । काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा पनि यस समयमा भव्य मेला लाग्छ ।

नेपालको पूर्वी जिल्ला इलामको माइबेनीमा माघे सङ्क्रान्तिका दिन विशेष मेला लाग्दछ । यस मेलामा चीन तथा भारतबाट समेत मेला हेर्न मानिसहरु आउने गर्दछन् । यस मेलामा धान नाच, चण्डी नाच, बालन, सङ्गिनी, मारुनीजस्ता परम्परागत नाचहरु हेर्न पाइन्छ ।

यसै गरी झापाको कन्काइ नदीमा यो मेला भव्य हुने गर्दछ । यहाँ पनि नेपालीमात्र नभइ भारतका सिलिगुडी, दार्जिलिङ, सिक्किमलगायतका क्षेत्रका मानिसहरु आइ कन्काइ नदीमा नुहाइ, पूजाआजा गर्ने, परेवा उडाउने र बत्ती बाली भाकल गर्ने गर्दछन् ।

सुनसरीको प्रसिद्ध तीर्थस्थल बराह क्षेत्रमा पनि माघे सङ्क्रान्तिका दिन असङ्ख्य भक्तजनहरुको आगमन हुन्छ । कोशी नदीमा नुहाएर भगवान बराहको दर्शन गरेमा मोक्ष मिल्ने मान्यता छ ।

पूर्वी तराईमा बसोबास गर्ने मैथिली समुदायले माघे सङ्क्रान्तिलाई तिला सङ्क्रान्तिको रुपमा मनाउँछन् । यस दिन घरका अग्रजहरुले आफ्ना सन्ततीलाई सख्खर, तिल, भुजाको लड्डु आदि खुवाइ बुढेसकालमा सेवा गर्नुपर्ने वचन लिन्छन् । यसदिन खिचडी, तिल, भुजा तथा चिउराको लड्डु आदि परिकार बनाएर घरका देवी देवता तथा मन्दिरमा गइ भगवतीलाई चढाइन्छ । घरलाई पनि यस दिन विशेष सिङ्गार्ने चलन छ ।

नुवाकोट जिल्लाको तारुकामा माघे सड्ड्क्रान्तिका दिन गोरु जुधाइ मेलाको आयोजना हुने गर्छ । प्रत्येक वर्षको माघे सङ्क्रान्तिका दिन लाग्ने यस मेलामा टाढा–टाढाबाट मानिस आउँछन् । यस मेलाले नुवाकोटको इतिहासलाई जीवन्त राख्न मद्दत गरेको छ ।

नेपालका दैलेखलगायतका पश्चिमी जिल्लाहरुमा यस पर्वलाई पूर्वी जिल्लाहरुमा भन्दा फरक किसिमले मनाइन्छ । पश्चिमी क्षेत्रमा माघी पर्वलाई चेलीत्यार भन्ने चलन छ । चेलीहरुको तिहार भन्ने यसको अर्थ हो ।

पुस मसान्तको दिन वनमा गएर तरुल खनेर ल्याइन्छ । मसान्तको दिन रातभर सेलरोटी, बाबर, तरुललगायतका परिकारहरु बनाइ कागको लागि भाग छुट्टयाएर मात्र परिवारमा बाँडेर खाइन्छ । विवाह भएका चेलीहरुलाई माघे सङ्क्रान्तिको दिन बोलाएर  खाने परिकारहरु दिनुपर्छ । यस दिन नसके पनि माघ महिनाको कुनै न कुनै दिन दिनुपर्छ ।

यसैगरी भारतको कुमाउतिर यस पर्वलाई घुघुतीको त्यार भनिन्छ । यस दिन गहुँको पिठोलाई पानीमा मुछेर घुघुति बनाएर घाममा सुकाइ राति तेलमा पकाइन्छ । पश्चिम नेपालमा जस्तै भोलि बिहान कागलाई बोलाएर घुघुति खान दिने चलन छ ।

यस्तै पाल्पाको तानसेनदेखि ३६ किलोमिटर पश्चिम–दक्षिणमा पर्ने रुरु रिडी क्षेत्रमा पनि यो पर्वको विशेष रौनक हुन्छ । तीन दिनसम्म विशेष मेला लागे पनि माघ महिनाभर यस क्षेत्रमा भक्तजनहरुको घुइँचो लाग्दछ । तनहुँ, चितवन र नवलपरासी जिल्लाको सङ्गम क्षेत्र देवघाटमा पनि यस दिन विशेष मेला लाग्छ । भारतका विभिन्न तीर्थहरुको भन्दा यस तीर्थको विशेष महिमा रहेको हुनाले यस दिन देवघाटमा ठूलो मेला लाग्दछ ।

थारु समुदायमा यस पर्वलाई माघीको रुपमा मनाइन्छ । यस समुदायमा यस दिन मासको दाल र चामल मिसाइएको खिचडीलाई माघी पर्वको विशेष परिकारको रुपमा खाने चलन छ । माघीमा नाचिने विशेष घौटा नाच र धमार गाउने प्रचलन निकै लोकप्रिय छ । यस दिनलाई नयाँ आर्थिक वर्षको रुपमा मान्नेदेखि विशेष घरसल्लाह गर्ने र आफ्नो समुदायको अगुवा चुन्ने दिनको रुपमासमेत लिइन्छ ।

यसरी नेपालभर सबैले आ–आफ्नो परम्परा र संस्कृतिअनुसार यस पर्वलाई मनाउने भएकाले नै यो पर्व नपालीहरुमा अझै लोकप्रिय बनेको छ । यसले आपसी भाइचारा, सामाजिक सद्भाव, पारिवारिक मेलमिलापलगायत विभिन्न दृष्टिमा समाजलाई जोड्ने काम गरेको छ ।

मिथिलाञ्चलमा तिला सङ्क्रान्ति

जनकपुरसहित सम्पूर्ण मिथिलञ्चलमा आज तिला सङ्क्रान्ति धुमधामका साथ मनाइँदैछ। सूर्य मकर राशिमा प्रवेश गरेको दिनलाई मकर सङ्क्रान्ति भनिन्छ।

यस दिनलाई माघे सङ्क्रान्ति, तिला सङ्क्रान्ति, माघी वा खिचडी पनि भन्ने गरिन्छ। प्रदेश २ सरकारले तिला सङ्क्रान्तिको अवसरमा माघ आज सार्वजनिक बिदा दिएकाे छ।

यस पर्वमा परिवारका अग्रज र आमा–बाबुबाट आफ्ना सन्ततिलाई सख्खर र तिल खुवाई बुढेसकालमा सेवा गर्नुपर्ने बचन सन्तानबाट लिने गरिन्छ। खिचडी, तील र च्यूराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ।

मिथिलाञ्चलमा मनाइने प्रत्येक पर्वमा बेग्लाबेग्लै लोककलाको प्रदर्शनी र चित्रांकन गर्ने कार्य अन्तर्गत माघे सङ्क्रान्तिका दिन बिहानै भक्तजनले चोखो भई प्रसन्न मुद्रामा भगवती मन्दिरका प्रवेशद्वार तथा आ–आफ्नो घर–आँगनमा कमलको फूलजस्तै श्रृङ्गार गर्छन्।

कतिपयले बिहान स्नान गरेर भगवतीको उपासना पनि गर्छन् भने कतिपयले भगवतीको प्रतिमामा तेल, चामल, सख्खर चढाएर आफूभन्दा कान्छो मानिसको हातमा दिने गर्दछन्। मान्यजनबाट तिल र चामल लिएर उनीहरुप्रति श्रद्धा तथा आस्थाको भावना प्रकट गरिन्छ।

धार्मिक मान्यताअनुसार भगवान र भगवती दुवैलाई सम्मान र श्रद्धाका साथ पूजाआजा गरी भगवतीलाई सिन्दूर, चुरा र तिलको लड्डु चढाउने गरिन्छ भने भगवानलाई मिठाइ, फलफूल र तिलको लड्डु चढाई खिचडीको भोग लगाइन्छ।

याे पर्वमा खिचडी खान अनिवार्य भएकाले यसलाई ‘खिचडी पर्व’ पनि भनिन्छ। यो पर्वमा ब्राह्मण भोजनको व्यवस्था गरी ब्राह्मण दानका लागि तिल तथा सख्खरबाट बनाइएको लड्डुको प्रयोग गरिन्छ।

याे पर्वमा तिल र च्युराको प्रयोग अत्यधिक हुने भएकाले यसलाई ‘तिलवा च्युरा’ पनि भन्ने चलन छ। यसबाहेक चामल, खिचडीका सामग्रीहरु मासको दाल, अरवा चामल, नुन, बेसार, तरकारी, घ्यू र दही दान गरिन्छ।

मैथिली भाषामा ‘माघ मास घिव खिचडी खाउँ’ भन्ने लोकोक्ति नै छ। खिचडीमा घ्यू अनिवार्यरुपमा हालिन्छ। मैथिली भाषाको अर्को उखान अनुसार ‘खिचडी के चार यार, पापड, दही, घिव, अचार।’ खिचडीको साथमा पापड, दही, घ्यू तथा अचार खाँदा अपूर्व स्वाद पाइन्छ भन्ने लोक मान्यता छ।

कतिपय सम्पन्न व्यक्तिले जुत्ता, छाता, ठूलो रूमाल र कम्बल पनि दान गर्छन्। उक्त दान पितृ र आफ्ना लागि गर्ने परम्परा छ।

महिलाका लागि ‘तिला सङ्क्रान्ति’ पर्वको अझ बढी महत्वको छ। यसै दिनदेखि कन्याहरु सुयोग्य वर प्राप्तिको कामनाले ‘तुसारी पर्व’ प्रारम्भ गर्छन् भने विवाहित महिला ‘पृथ्वी पर्व’ प्रारम्भ गर्छन्।

नवविवाहित दुलहाको घरबाट दुलहीको घरमा यस पर्वमा तिल वा च्युराको कोसेलीका साथै जाडोमा लगाउने वस्त्र आउने परम्परा रहिआएको छ। याे चलनलाई मैथिलीमा ‘जडाउर’ भनिन्छ।

यसबाट दुई परिवारबीच पारस्परिक सहयोग एवं सद्भाव वृद्धि हुने गरे मान्यता छ। आयू, आरोग्य, रूप र गुण अभिवृद्धिको प्रतीक भएर प्रत्येक वर्ष आउने तिला सङ्क्रान्ति पर्व हर्षोल्लासको वातावरणमा सम्पन्न हुन्छ। धेरैजसो मिथिलावासी यसै दिनदेखि माघ स्नान सुरु गर्छन्, अर्थात् माघ महिनाभर एकाबिहानै नुहाएर घ्यू खिचडी खान्छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष क्षेत्रीद्वारा आश्रममा भोजन
प्रदेश २

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष क्षेत्रीद्वारा आश्रममा भोजन

१४ र १५ वर्षीया दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला
प्रदेश २

महोत्तरीमा एक महिलाको मृत्यु ।।

महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु ।।
प्रदेश २

महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु ।।

स्वास्थ्यकर्मी गिरेन्द्र झा लाई सुप्रवल जनसेवा पदक
समाचार

स्वास्थ्यकर्मी गिरेन्द्र झा लाई सुप्रवल जनसेवा पदक

पत्रकार महासंघको निर्वाचन : कुन जिल्लामा कसले जिते ? हेर्नुहोस् सूचि सहित
राष्ट्रिय

पत्रकार महासंघको निर्वाचन : कुन जिल्लामा कसले जिते ? हेर्नुहोस् सूचि सहित

साना किसान कृषि सहकारी संस्था दिगम्बरपुरको १८औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ

साना किसान कृषि सहकारी संस्था दिगम्बरपुरको १८औं वार्षिक साधारणसभा सम्पन्न

Next Post
पुरुषहरूप्रति घृणा जगाएको छ शिवमाया प्रकरणले

पुरुषहरूप्रति घृणा जगाएको छ शिवमाया प्रकरणले

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist