९ जनवरी
सिड्नी
आभास सापकोटा
आज भोलि विभिन्न कार्यका निमित रकम संकलन गर्ने काम थुप्रै भइरहेको पाइन्छ , चाहे त्यो दुर्गममा स्वास्थ्य अथवा शिक्षा होस् या अरु नै सामाजिक कार्यको लागी नै किन नहोस । त्यसै शिलशिलामा अस्ट्रेलियामा रहेका नेपाली युवाहरू धुर्मुस-सुन्तली फाउन्डेसनद्वारा निर्माण भइरहेको क्रिकेट रंगशालाको निमित रकम एकजुट गर्न लागी परेका छन् । सो कार्यका निमित्त सिड्नीमा रहेका झुझारु युवा सुरज ओलीले जो आट्रेलियामा बसेर आफ्नो मातृभूमि र यहाँ पढ्न आएका नेपाली विद्यार्थीलाई सहयोग गर्न सदैब अग्रसर हुने युवाको अग्रपंक्तीमा पर्छन २०१४ मा आफु अस्ट्रेलिया आएको बताउने सुरज आफुले अस्ट्रेलिया आउदा पाएको दुख अब आउने पिडीले नपाउँ भन्ने कुरामा आफु निकै सचेत भएको बताउछन । यो भन्दा पहिले हाम्रो सानो प्रयास नामक संस्थामा आबध भएर कर्णालीको दुर्गम गाउमा शिक्षा सामग्री सहयोग गरेर वावाहि पाई सकेका सुरज त्यो बाहेक अस्ट्रेलियामा आध्यन गर्ने नेपाली विद्यार्थीलाई सहयोग होस् भनेर हेतुले खोलीएको एक वाक्यमा भन्नु पर्दा नेपाली बिद्यार्थीहरुको मुटु मानिएको VFM अर्थात भिजन फर मोटीभेसन नामक संस्थामा पानी सक्रिय भएर कहिले विद्यार्थीलाई रोजगारीको लागी सहज होस् भनेर कफी तालिम कक्ष्य प्रबर्धन गर्छन भने कहिले समुद्री सुरक्षा गोष्ठी भनेर समुद्री खतराको बारेमा साबधानी तर्फ उन्मुख हुदै गरेको भेटिनछन् , हामी सगको केहि बेरको सम्बादमा उनी आफुलाई परोपकारी काम गर्दा एकदम सन्तोष मिल्ने बताए।अहिले उनी लगायत केहि युवाहरु मिलेर स्वयं कुन्जना घिमिरे( सुन्तली) को अनुमतिमा फन्ड रेजर सुरू गरेका छन् । उनले सिड्नी लगायत विभिन्न सहरमा रहेका नेपालीहरूलाई साथ लिई अघि बढ्ने कुरा शिरिष न्युज सॅग कुराकानीका क्रममा बताए ।
यस महत्तवपूर्ण काममा समाजमा विभिन्न स्तर मा सक्रिय युवा वर्ग हरू पनि जोडिन पुगेका छन् । फन्ड रेज लाइ पारदर्शी बनाउन र फन्ड रेज को आर्थिक हिसाब सबैलाई हेर्न मिलोस भनेर आफ्नो ब्यक्तीगत अकाउण्ट्मा नगरेर फेसबुक कै फन्ड रेजर बाट फन्ड उठाउने काम भइरहेको उनले बताए छ । उक्त कार्यमा भिजन फर मोटिभेसन(VFM) जसले भोलिको दिनमा देशमा खेलकुद अनि क्रिकेट को विकास होस् भन्ने भिजनरी सोच सहित $१००० फन्ड रेजमा सहयोग गर्ने संस्थाका संस्थापक “म्याक्स प्रसाईले घोषण गरेका छन् । साथै हालसम्म १७२ जनाले फेसबुक मार्फत सहयोग गरिसकेका छन भने $३४२० उठिसकेको छ । जसमा अस्ट्रेलीयामात्र नभई अमेरिका देखि सहयोगी हातहरु जोडिने क्रम जारी भएको सुरजले बताए । यस फन्ड रेजको प्रचार प्रसार पनि दरिलो रूपमा भइरहेको छ ।
यसमा विभिन्न छेत्रमा सफल व्यकतित्वहरुको संलगनता पनि
उत्तिकै रहेको छ । Former NRNAA Spokesperson डिला खरेल , अस्ट्रेलियाको मुलधारको राजनितीमा आफुलाई उभियाइसकेका नेपाली मुलका युवा प्रमेज श्रेष्ठ, वेस्टर्न सिड्नी विश्वविधालयका व्याख्याता लिलाधर सिग्देल, इन्जीनियर सुसान्त शर्मा लगायत प्रख्यात फेसबुक समुह असमान्डु का सदस्यहरू साथै नेपाली वर्गहरू यसमा संलगन भएका छन् । आगामी दिनमा चर्चित टिभी प्रस्तोता सुरज सिंह ठकुरी, क्रिकेटर सन्दीप लामिछाने समेत यस कार्यमा जोडिन सक्ने जानकारी रहेको छ ।
यस पवित्र सहयोगी काममा Shirishnews ले पनि समर्थन गर्दै यहॅाहरूलाई पनि साथ र सहयोग गरिदिन हार्दिक अपिल गर्दछ ।
सहयोगका लागि तल दिइएको लिंक मा जानुहोला : https://m।facebook।com/story।php?story_fbid=2700491853339986&id=१००००१३७५९२९७५७