सुरज ओली
बिहान सदै जसो सामान्य नै थियो | मनमा केहि हिनताबोद संगै मन भारी भएजस्तै आभास आइराखेकोथ्यो”अरुको देशमा गोरुको जिन्दगी जिउदा जिउदा “ जन्मदिने आमाको काख त्यागेर सौतेनी आमा को काखमा न्यानो खोज्न हिडेको म बास्तबिकताबाट टाडा रहेको महसुस गर्दैछु आजभोलि “
नया किनेको लुगामा चिटिक्क ठाटिएर सुटकेसमा सपना कोचेर घरबार धितो राखेर हिनेको म जसो-तसो ऊकस्दैछु , तर पत्तै नपाई कहिले नउस्किने गरि जवानी र जोश धितो राखेछु आफै अनविज्ञ छु | म हेर्छु आफ्नो वरपर डलर कामाउन कलर मैल्यौदै कुदेका मान्छेहरु,कमाउने चाहनामा रामऊँन बिर्सिएका ति झुटोहासो हसिरहेका मलिन अनुहारहरु , अनि आफु पनी पछि लाग्छु | मनमनै सोच्छु , के सबै खुसि छन् यहाँ ? कि “सबैका सपना डलर ($$) को त्यान्द्रो मा अल्झिरहेका छन् |