
मिठा मिठा सपनाले
गिज्याइदिन्छ घरी घरी !
पुर्याउन नसकेरै
जिस्काइरन्छ वोरिपरी !!
अठोट छ
पूरा गर्छु बिचलित कति हुन्न !
नभैकन निश्चय पूरा अरु केइ छुदै छुन्न !!
दृढता नै मुख्य मेरो लक्ष्य सम्म पुग्ने बाटो !
कसम खान्छु अब
फेरि छोइकन आफ्नो माटो !!
उतार चडाव
यस्तै रैछ जिन्दगीको यो पाटो !
बनाएरै सास फेर्छु अब
लिन्छु आफ्नै बाटो !!!