आभास सापकोटा
सिड्नी
नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले चौथो महाधिवेशनको पूर्वसन्ध्यामा बृहद् कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ । भेटघाट २५ जनवरीमा रकडेलमा रहेको एभरेस्ट तन्दुरी फङ्सन सेन्टरमा हुनेछ ।
आप्रवासी नेपाली समुदायकाबीच हातेमालो गर्दै नेपालसम्म जोडिदै आएको कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति अष्ट्रेलियाले चौथो महाधिवेशनलाई सहमति र एकताको साथ भब्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि उक्त भेला तथा भेटघाट कार्यक्रम आयोजना गरेको अध्यक्ष कृष्ण गिरीले जानकारी दिए ।
उक्त कार्यकर्ता भेलामा अष्ट्रेलियाका विभिन्न राज्यमा रहेका डेमोक्रेट अग्रज बुद्धिजीवीहरूलाई उपस्थितिको लागि कार्यक्रम संयोजक शितल गिरीले अनुरोध गरेका छन् ।
सहमति र सहकार्य बिनाको यात्रा गन्तव्यमा नपुग्ने भन्दै नेपाली जनसम्पर्क समितिका अध्यक्ष एवम् संयोजक कृष्ण गिरीले चौथो महाधिवेशनलाई भव्य रुपमा सफल बनाउन सबैमा साथ र सहयोगसहित उपस्थितिका निम्ति अनुरोध गरेका छन् ।
Source Londonnews.com