महेन्द्रनगर- सिद्धार्थ बैंक लिमिटेडले पुस ९ गते १७ औं वार्षिकोत्सव मनाएको छ ।
सिद्धार्थ बैंकको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगर धनुषा शाखाले आज केक काटेर १७ औं वार्षिकोत्सव मनाएको हो । बैंकका प्रबन्धक प्रमोद कुमार साह र प्रदेश २ का प्रमुख हरिप्रसाद तिम्लसीनाले केक काटेर ग्राहक तथा कर्मचारीहरुलाइ वितरण गर्दै वार्षिकोत्सव मनाएका हुन् ।
बैंकले देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरीय र सहज बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
त्यसैगरी बैंकले १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको सुविधाको लागि विशेष छुटको योजना समेत ल्याएको छ ।
सत्रौं वार्षिकोत्सव (पौष ९ गते, बुधबार) लाई लक्षित गरी पौष ९ गते देखि माघ १० गते ३१ दिनसम्म बैंकले छुटको योजना ल्याएको हो ।
यस योजनामा ग्राहकहरुले दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा १५ प्रतिशतसम्म (अधिकतम रू ५०००) छुट पाउने भएका छन् । त्यसैगरी पहिलो दुई पटक रु ५०० वा सो भन्दा बढी रकमको अनलाइन कारोबार गर्दा रु ५०० क्यास ब्याक प्राप्त हुनेछ भने पहिलो दुई पटक रु ५००र वा सो भन्दा बढी रकमको पीओएस मेसिनमार्फत् कारोबार गर्दा रु ३८२ क्यास ब्याक र एक महिना भित्र कम्तीमा तीन पटक गरी कुल १५,००० को पीओएस मेसिनमार्फत् कारोबार गर्दा रु १,००० क्यास ब्याक हुन्छ । यसका साथै बैंक स्मार्ट मार्फत् पहिलो पटक अधिकतम रु ५०० को मोबाइल टप अप गर्दा २० प्रतिशत क्यास ब्याक प्राप्त हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।