२९ मंसिर, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा जो कोही पुग्दा पनि रुवाबासी सुरु हुन्छ । रुवाइसँगै एउटै वाक्य निस्किन्छ ‘रे बैमनमा सभ, के एना केलही, हमर सारा संसार उडादेलही…’ अर्थात् को यस्तो बेइमान हौ, जसले हाम्रो सारा संसार उडाइदियौ ।’
यो शोकको अवस्था हो, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका राजेश साहको घरको । बम विस्फोटनमा परी एकै परिवारका दुईजनाको ज्यान जानुका साथै तीन जना गम्भीर घाइते भएपछि अहिले साहको घरमा जाने जोकोही नरोई फर्कन सक्दैनन् ।
शुक्रबार मध्य रातमा भएको बिष्फोटमा परी ४५ वर्षीय राजेश साह, उनका १५ बर्षीय छोरा आनन्द र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इञ्चार्ज प्रहरी निरीक्षक अमीर दाहालको ज्यान गयो ।
बिष्फोटनमा परी मृतक राजेशका कान्छा छोरा १४ वर्षीय प्रकाश, १९ वर्षीया छोरी अञ्जली, ७० वर्षीय पिता भिखारी साह र प्रहरी जवान रिझनाथ महतो गम्भीर घाइते छन् ।
आइतबार मृतक राजेशको घरमा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोली पुग्दा महिलाहरु शोकमग्न अवस्थामा थिए । मुख्यमन्त्रीलाई हेर्नेवित्तिकै उनीहरु अझ भक्कानिए । उनीहरुको अवस्था देखेर मुख्यमन्त्री राउत विक्षिप्त बने । साहका घरका व्यक्तिहरुको अवस्था देखेपछि मुख्यमन्त्रीहरु त्यहाँ केही बोल्नै सकेनन् ।
साथमा रहेका सभामुख सरोजकुमार यादव, मुख्य न्यायाधिबक्ता दीपेन्द्र झासहितका पनि आँखा रसाए ।
उपचार खर्च व्यहोर्ने प्रतिवद्वता
बम बिष्फोटमा परी ज्यान गुमाउने र घाइते भएका परिवारलाई भेट्न गएका मुख्यमन्त्री राउतले घाइतेहरुको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने प्रतिवद्वता जनाए ।
क्षतिपूर्तीको सम्बन्धमा मन्त्रिपरिषदको बैठक बसेर निर्णय गरिने उनले बताए । ‘घाइतेहरुको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्छ’ उनले भने, ‘परिवारलाई क्षतिपूर्ती पनि उपलब्ध गराउँछौं ।’
प्रदेशको राजधानी नजिकै यत्रो ठूलो घटना भए पनि मुख्यमन्त्री राउत शनिबार महोत्तरीमा पोखरी सौन्दर्यीकरणको शिलान्यास गर्न गएको भन्दै उनको सामाजिक सञ्जालमा आलोचना भएको थियो । महोत्तरीबाट राति जनकपुरधाम आएका उनी आइतबार बिहानै मृतक परिवारको घरमा पुगेका थिए ।
बम बिस्फोट घटनामा उच्चस्तरीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
तीन जनाको ज्यान जाने गरी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा भएको बम विस्फोट घटनाको छानबिन गर्न नेपाली कांग्रेसले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ।
बम विस्फोटका पीडित परिवारलाई भेट गर्न महेन्द्रनगर पुगेका कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीलाई तत्काल कारबाहीको दायरमा ल्याउन माग गरेका हुन्।
साथै उनले बम विस्फोटमा परी घाइते भएकाहरुलाई उपचारको समूचित व्यवस्था र मृतकलाई तत्काल राहत उपलब्ध गराउन संघीय र प्रदेश सरकारसँग माग गरेका छन्।
पछिल्लो केही दिनयता प्रदेशभित्र शान्ति सुरक्षाको अवस्था बिग्रिँदै गएपनि प्रदेश सरकार यसतर्फ गम्भीर हुनसकेको भन्दै उनले आम नागरिकलाई अमनचैनको प्रत्याभूति गराउनतर्फ केन्द्रीत हुन ध्यानाकर्षण गराएका छन्।
शान्ति सुरक्षा कायमप्रति प्रदेश सरकार बेखबर रहेको भन्दै अब बस्ने प्रदेशसभा बैठकमा आफूहरु यस विषयमा कडाइका साथ प्रस्तुत हुने यादवले बताए।
बम विस्फोटबाट मृत्यु भएका परिवारलाई भेट्न संसदीय दलका नेता यादवसहित क्षिरेश्वरनाथ नगरपालिकाक मेयर योगेन्द्र पजियार, कांग्रेस धनुषाका उपसभापति सन्तोष यादव, कांग्रेस नेता जीवनाथ चौधरीलगायतका व्यक्तिहरु महेन्द्रनगर पुगेका थिए।
मृतकहरुको सम्झनामा दीप प्रज्वलन गरि श्रद्धाञ्जली
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा बम बिस्फोटमा परि मृत्यु भएका सम्झनामा जनकपुरधामका युवाहरुले दीप प्रज्वलन गरि श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

युवाहरूले मृतकको सम्झनामा एक सय एक मैनबत्ति बालेर श्रद्धाञ्जली अर्पण गर्दै दोषी ऊपर कारवाहीको मागसहित जनकपुरधामको रामनन्द चौकमा श्रद्धाञ्जली अर्पण गरेका हुन ।





धनुषा महेन्द्रनगर स्थित बम विष्फोटको घटनामा मृत्यू भएका मृत आत्माको चिर शान्तिको कामना गर्दै दिपप्रज्वलन गरिएको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर हनुमान चोक स्थित क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघ र स्थानियहरुको अगुवाइमा मृतआत्माको चिर शान्ति र घाइतेहरुको सिघ्र स्वाथ्यलाभको कामना गर्दै दिपप्रज्वलन गरिएको छ । आइतवार साँझ करिब ६ बजे क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार, क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादव लगायत स्थानियहरुको उपस्थितीमा दिपप्रज्वलन गर्दै १ मिनट मौनधारन गरेको थियो ।
साथै क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघको पुर्वघोषित कार्यक्रम अनुसार आइतवार दिनभरी महेन्द्रनगर लगायत स्थानहरुको पसल, स्कुल, बैंक लगायत कलकरखानहरु बन्द भएको थियो भने पुर्णरुपले महेन्द्रनगर शोकमै ढुवेको थियो । क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित निकि मेडिकल हल संचालन गर्दै आएको क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघको साधारण सदस्य रहेको राजेश साहको घरमा मंसिर २७ गते राति करिब १२ बजे भएको विस्फोटमा साह सहित निजका छोरा आनन्द साह तथा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक अमिर कुमार दहालको मृत्यू भएको छ भने ५ जना घाइते भएको छन । साथै मानवता विरोधी निन्दनीय काम गर्नेहरुको खोज अनुसन्धान गरी दोसीलाई कडा भन्दा कडा करवार्हीको माग गरेको छ ।
शाेकमा नगर पालिका विदा र महेन्द्रनगर बजार बन्द
धनुषाको क्षिरेश्वरनाथ न पा ५ महेन्द्रनगर मा शुक्रबार राती भएको बम बिस्फोट घटनाको शाेकमा अाज नगरपालिकाले विदा घाेषणा गरेको छ। नगर प्रमुख याेगेन्द्र पजियार द्वारा जारी विज्ञप्तीमा बम बिस्फोट को घटना मा परि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक अमिर दाहाल र बाबु छाेरा राजेश साह र अानन्द साहको मृत्यु भएको घटनाले नगरपालिका परिवार मर्माहत र दुखी भएको उल्लेख गर्दै मृतक प्रति श्रद्धाञ्जलि र शाेकाकुल परिवारलाई धैर्य धारणा काे कामना गरेकाे छ ।शाेककाे घडीमा अाज एक दिन नगरपालिका मातहतका सम्पूर्ण कार्यालय शिक्षण संस्थाहरू बन्द गरि सार्वजनिक रूपमा शाेक विदा घाेषणा गरेको छ। त्यसैगरी क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगरले पनि शाेक स्वरूप अाज महेन्द्रनगर बजार बन्द गर्ने निर्णय गरेकाे छ। संघ अध्यक्ष सुरेश यादवले दिएकाे जानकारी अनुसार संघ अापतकालिन बैठकले अाज एक दिन बजार बन्द गरि शाेक मनाउने निर्णय गरेकाे बताए । त्यसैगरी धनुषाका संस्थागत विद्यालयहरू सिद्धार्थ शिशु सदनमा अधययनरत विद्यार्थी अानन्द साहकाे मृत्युमा अाज जिल्लाका विद्यालयहरू बन्द गरि शाेक मनाएका छन् ।