शुक्रबार, फाल्गुन १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

धनुषा बम विस्फोट प्रकरण ः मृत्यु भएका वुवा छोरा र प्रहरी निरिक्षकको दाह संस्कार सम्पन्न

शिरीष न्युज by शिरीष न्युज
मंसिर २८, २०७६
0
धनुषा बम विस्फोट प्रकरण ः मृत्यु भएका वुवा छोरा र प्रहरी निरिक्षकको दाह संस्कार सम्पन्न

अजय शाह/ जनकपुर २८गते मंसीर
धनुषाको क्षिरेश्वरनाथ नपा ५ महेन्द्रनगरमा भएको बम विस्फोटमा परि मृत्यु हुने बाबु छोरा राजेश साह र आनन्द कुमार साहको दाह संस्कार गरिएको छ ।


सखुवा महेन्द्रनगर स्थित जलाद नदीमा मृत्यु भएका वुवा र छोरालाई दाहसंस्कार गरिएको हो । दाहसंस्कार कार्यक्रममा नेकपाका नेता पूर्वमन्त्री रघुविर महासेठ, जिल्ला समन्वय समिती धनुषाका सभापति रामदेव यादव वनरैत लगायत हजारौको संख्यामा स्थानियवासिन्दाहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी विस्फोटमा परि मृत्यु भएका ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी निरीक्षक अमिर कुमार दाहालको पनि शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।


पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षकहरूले दाहालको पार्थिव शरीरमा फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।साथै प्रहरी नायव महानिरीक्षकहरु, सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु तथा दाहालका परिवारजन एवं आफन्तजनले समेत दाहालको पार्थिव शरीरमा फूलगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । प्रहरी निरीक्षक दाहालको सम्मानमा नेपाल प्रहरी संगीत विद्यालय समेतको टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो । दाहालको पार्थिव शरीरमा उनका बुबा प्रकाश शर्मा दाहालले दागवत्ती दिए ।
संखुवासभामा जन्मिएका प्रहरी निरीक्षक दाहाल हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ कृष्णनगरमा बस्दै आएका थिए ।
वि.सं. २०५५ कात्तिक १ गते नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा सेवा प्रवेश गरेका दाहाल वि.सं. २०६० असोज ९ गते प्रहरी नायव निरीक्षक तथा वि.सं. २०७५ बैशाख १९ गते प्रहरी निरीक्षक पदमा पदोन्नति भएका थिए । दाहालका बुवा, आमा, श्रीमती र एक छोरा छन् ।
प्रहरी निरीक्षक स्व. दाहाल २०७६ साउन ८ गतेदेखि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको प्रमुखको रुपमा कार्यरत रहेका थिए। बम विस्फोट घटनामा परेर भिखारी साहका ४८ वर्षीय छोरा राजेश साह, मृतकका छोरा ३० वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर अमिर कुमार दाहालको सुनसरी स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।

बम बिस्फोट घटनाको छानबिन गर्न ७ सदस्यीय छानबिन समिति गठन

धनुषाको क्षिरेश्वरनाथ नपा ५ मा भएको बम विस्फोट घटनाबारे छानविन गर्न धनुषाका इन्स्पेक्टर उमाशंकर प्रसाद साहको संयोजकत्वमा ७ सदस्यीय छानविन समिती गठन गरिएको छ ।
प्रहरी इन्स्पेक्टर साहको संयोजकत्वमा गठित समितीले अनुसन्धान सुरु गरेको प्रहरी निरिक्षक अवधेश यादवले जानकारी दिए ।

घटनाकोे आशंकामा ५ पक्राउ

बम विस्फाट घटनामा सलग्न भएको आशंकामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषाको मुसरनीया बस्ने रामसुरेश महतो, धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. १० बरमझिया बस्ने रामजी साह तेली, धनुषाको हँसपुर नगरपालिकाको बघचौडा वडा नं. २ बस्ने ललिता देवी महरा, सीता देवी महरा र मिथिला विहारी वडा नं. १ भूतही पटेर्वा बस्ने राम सुदिप दाहा धानुक रहेको छ । पक्राउ पर्ने प्रतिबन्धित नेत्र विक्रम चन्द बिप्लव समूहका कार्यकर्ताहरु रहेका छन् ।

भोली आईतवार धनुषाका संस्थागत विद्यालयहरु बन्द हुने

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा बम विस्फोटमा परी एक विद्यार्थीको समेत मृत्यु भएपछि जिल्लाका सम्पूर्ण संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।


बम विस्फोटमा जनकपुर स्थित सिद्धार्थ शिशु सदनको कक्षा १० मा अध्ययनरत् छात्र आनन्द साहको बुवा राजेश साह संगै मृत्यु भएको छ। यसैगरी बम विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहालको समेत मृत्यु भएको छ।
घटनापछि संस्थागत विद्यालय संरक्षण समितिको बसेको बैठकले घटनाप्रति दुःखव्यक्त गर्दै आइतबार एक दिन सम्पूर्ण संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको एनप्याबसन धनुषाका अध्यक्ष चन्द्रनारायण मण्डलले जानकारी दिए।
संस्थागत विद्यालय संरक्षण समितिले जारी गरेको विज्ञप्तिमा बम विस्फोटको घटनाले आफूहरुलाई स्तब्ध बनाएको बताउँदै शोकमा एक दिन विद्यालय बन्द गर्ने उल्लेख गरिएको छ।

बम विष्फोटमा नेत्रविक्रम चन्द समूहको संलग्नता हुन सक्ने ः नेपाल प्रहरी

तीन जनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटमा नेत्रविक्रम चन्द समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ।
चन्दा माग्दा नदिएकाले घरमा बम राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए। उनीहरूले कुकर बम विष्फोट गराएको अनुसन्धानमा देखिएको उनले जानकारी दिए।
डिएसपी कार्कीेले भने, ‘मृतक राजेश साहको व्यक्तिगत रिसिबीको कारणले बम राखेको हुनसक्छ, विप्लव समूहले दशैँका बेला साहलाई चन्दाका लागि पत्र पनि पठाएको रहेछ, पैसा नदिएपछि यो घटना घटाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।’
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बमभित्र फलाम, सिसाका टुक्रा, किला,समेत राखेर पड्काएको पाइएको जानकारी दिए। उनले भने, ‘प्रकृति हेर्दा मोबाइलबाट रिमोर्ट कन्ट्रोल गरी विष्फोट गराइएको हुन सक्छ।’

बम काण्ड घटनाको गम्भिरतापूर्वक लिन सांसद महतोको आग्रह

धनुषाका सांसद पूर्वमन्त्रि शत्रुधन महतोले महेन्द्रनगर बम बिष्फोटलाई गम्भिरतापूर्वक छानविन गर्न माग गरेका छन् ।
बम विस्फोट घटनामा परेर इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्स्पेक्टर अमिर दाहाल, घरधनी राजेश साह र उनका छोरा आनन्द साहको मृत्यु हुनुको साथै ७ जना घाइते भएको घटनाले आफु मर्माहित भएको प्रतिक्रिया दिएका छन् ।
यस् शोकको घडीमा मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

महेन्द्रनगर बम विष्फोटमा घाइते भएकाहरूको ‘अप्रेशन’ सम्पन्न, प्रहरीको अवस्था गम्भीर

धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटमा परी घाइते भएका तीनजनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शल्यक्रिया गरिएको छ।

विष्फोटमा परी घाइते भएका प्रहरी जवान रिजनाथ महतो, २१ वर्षीया निक्की कुमारी साह र १४ वर्षीय प्रकाश साहको शल्यक्रिया गरिएको हो। घाइतेमध्ये प्रहरी जवान महतोको अवस्था गम्भीर रहेको प्रतिष्ठानका चिकित्सकहरूले जानकारी दिएका छन्।

यसरी भयो घटना 
शुक्रबारराति करिब १२ बजे राजेश साहको नवनिर्मित घरको बाहिरको फलामको गेटमा बम झुन्ड्याइएको थियो। राजेशकी श्रीमती शौचका लागि उठेको बेला ढोकामा केहि झुन्डिएको देखेर श्रीमानलाई उठाइन्। उनकाअनुसार राजेशले बम झुन्डिएको ढोका खोलेर नयाँ घरमा सुतिरहेका छोरा छोरीहरुलाई बाहिर निकालेर प्रहरीलाई खबर गरे।

खबर पाउनासाथ इन्स्पेक्टर अमिरको नेतृत्वमा प्रहरी टाेली घटना स्थलमा खटियाे। गेटमा झुन्ड्यिाएको झोला बम हो वा होइन भनि एकिन गर्नका लागि इन्स्पेक्टर दाहालले अनुसन्धान गर्ने क्रममा नै विस्फोट भएको घटनास्थल पुगेका एक प्रहरीले बताए।

विस्फोटमा परी अगाडि रहेका राजेश साह, उनका छोरा आनन्द साह र इन्स्पेक्टर अमिरकुमार दाहाल गम्भीर घइते भए।अलिपछि रहेका प्रहरी जवान रिजनाथ महतो, साहका अर्का छोरा प्रकाश, छोरी अञ्जली र बुबा भिखारी साह पनि गम्भीर घाइते भए।

सबै घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल पठाइएकोमा राजेश र आनन्दको पहिल्यै मृत्यु भइसकेको र उपचारको क्रममा इन्स्पेक्टर दाहालको शनिबार बिहान ६ः५० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

मृतक औषधी व्यवसायी साहको विभिन्न ठाउँमा रकम लगानी भएको र त्यसकै निहुँमा कसैले उनलाई हत्याको योजना बनाएको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

एक दम्पतीलाई बेपत्ता पारिए, हत्याको आशंका, छानबिनको माग गर्दै जलेश्वर–जनकपुर सडक अवरुद्ध
प्रदेश २

महोत्तरीको पिपराबाट सोमबार मध्यरातीदेखि झा दामपत्य बेपत्ता प्रकरण : चौबिसौ घण्टा गाउँमा प्रहरीको पहरा, स्थानीयमा त्रास

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।
अर्थ

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।

भुईया बाबा मन्दिर शिलान्यास
प्रदेश

भुईया बाबा मन्दिर शिलान्यास

विद्यालय परिसर मै शिक्षक माथि दुर्व्यवहार गर्दै कुटपीट, कुटपीट गर्ने माथि कडा कार्वाही माग
प्रदेश

विद्यालय परिसर मै शिक्षक माथि दुर्व्यवहार गर्दै कुटपीट, कुटपीट गर्ने माथि कडा कार्वाही माग

त्रिभुवन माध्यमिक विद्यालय गौशालाका विद्यार्थीहरुले लगाए कार्यालयमा ताल्चा
प्रदेश

त्रिभुवन माध्यमिक विद्यालय गौशालाका विद्यार्थीहरुले लगाए कार्यालयमा ताल्चा

प्रदेश २ मा बाख्रा र भेडालाई पिपिआरबिरुद्धको खोप लगाउन अभियान शुभारम्भ
प्रदेश २

प्रदेश २ मा बाख्रा र भेडालाई पिपिआरबिरुद्धको खोप लगाउन अभियान शुभारम्भ

Next Post
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीमा दुई पोखरीको शिलान्यास

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीमा दुई पोखरीको शिलान्यास

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist