जनकपुर- १३ अौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जनकपुरधाममा जारी कुस्ती प्रतियोगिताको आज तेश्रो दिन पनि भारतले आफ्नो दबदबा बनाइ राख्न सफल भएको छ । आज भएको विभिन्न ७ तौल समूहको खेलमा भारतले ४, श्रीलंका २ र पाकिस्तानले १ स्वर्ण पदक हालिस गरेको छ ।
शनिवार एक स्वर्ण समेत जित्न सफल नेपालले आज तीन पुरुष र चार महिलाको विभिन्न तौल समूह मध्येको खेलमा २ रजक र २ कास्य पदक मात्र लिएर सन्तुष्ट भए ।
पुरुषतर्फ ६१ केजी तौल समूहमा भारतका रविन्द्रले स्वर्ण, पाकिस्तानका मो. बिलालले रजत र श्रीलंकाका उदराले कास्य पदक जितेका छन भने ८६ किलोग्राम समूहमा भारतका पवन कुमार स्वर्ण, पाकिस्तानका उमर अहमद रजत र बंग्लादेशका श्रीश्रोत रायले रजत पदक जितेका छन् ।
त्यस्तै ९२ केजी समूहको खेलमा पाकिस्तानका मो. इनाम स्वर्ण, श्रीलंकाका सलिथा रजत र नेपालका समिर शाह कास्य पदका जितेका छन ।
महिला समूहतर्फ ५९ केजी समूहमा भारतकी अंशुले स्वर्ण, बंग्लादेशकी निपारेनले रजत र नेपालकी कोमल खत्रीले रजत, ६२ केजी समूहमा भारतकै साक्षी मलिक स्वर्ण, श्रीलंकाकी महिराले रजत र बंगलादेशकी अख्तर सरमिनले रजत पदक जित्न सफल भएकी छिन् ।
यसैगरी ६५ केजी समूहतर्फ श्रीलंकाकी दिलहानी स्वर्ण, नेपालकी शुशिला चन्द रजत र बंग्लादेशकी मोस लक्की कास्य पदक पाउन सफल भएको छ भने ७२ केजी समूह तर्फ श्रीलंकाकी अयोमी स्वर्ण, नेपालकी निर्मला रजत र बंग्लादेशकी अख्तर रोजिना कास्य पदक जित्न सफल भएकी छिन ।