महेन्द्रनगर – नेपाली सेनाले नागरिक र सेना बिच सम्बन्ध अभिबृद्धि गर्ने लक्ष्य अनुसार सिराहा जिल्लाको चोहर्वा स्थित नं. २७ बाहिनी अड्डाको पहलमा धनुषा जिल्लाको महेन्द्रनगर स्थित श्रीनाथ गणर अखिल नेपाल फुटबल संघको संयुक्त आयोजनामा धनुषा जिल्लाका ११ वटा विद्यालयहरुका ६ देखि १२ वर्ष उमेर समूहका विद्यार्थीहरु करिब २५७ जना को उपस्थितिमा मिति २०७६ असार २१ गतेबाट शुरु भएको Grassroots Footblla Training हप्ताको प्रत्येक शनिबार उक्त गणको खेल मैदानमा संचालन भईरहेको छ ।
श्रीनाथ गणका खेलाड द्वारा प्रशिक्षण दिईरहेको उक्त Footblla Training ले यस जिल्लाको विद्यार्थीहरुको शारिरीक तन्दुरुस्ती, फुटबल खेल सम्बन्धि जानकारी, Team Spirit भावनाको बिकास, खेलप्रति रुचिमा अभिबृद्ध साथै यसले भबिश्यमा समग्र जिल्लाको फुटबल खेल जगतको बिकासमा प्रत्यक्ष टेवा पुग्ने कुरा उक्त ०गणका गणपति अन्जन रुपाखेतीले बताउनु भएको छ ।
जम्मा एक बर्षको अवधीमा (५२ हप्ता प्रत्येक हप्ताको शनिबार विहान ७ बजेदेखि ९ बजेसम्म) संचालन हुने उक्त खेल अभ्यास हाल 23 औ हप्तामा संचालन भईरहेको छ ।