आइतवार, फाल्गुन १६, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

जनकपुरधाममा आज हर्षोलास साथ विवाहपञ्चमी महोत्सव मनाइँदै, उर्लियो लाखौं जनसागर

शिरीष न्युज by शिरीष न्युज
मंसिर १५, २०७६
0
जनकपुरधाममा आज हर्षोलास साथ विवाहपञ्चमी महोत्सव मनाइँदै, उर्लियो लाखौं जनसागर

प्राचिन मिथिलाको राजधानी तथा वर्तमान प्रदेश २ को राजधानी जनकपुरधाममा आज हर्षोलास साथ विवाहपञ्चमी महोत्सव मनाइँदैछ।
त्रेता युगमा भगवान श्री राम र माता जानकीको विवाह भएको सम्झनामा प्रत्येक वर्ष जनकपुरमा धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाईने गरीन्छ ।


साता व्यापी महोत्सव अन्तर्गत आज भगवान राम र सीताको स्वयंम्वर सम्पन्न भएको छ । साधुसन्तको अगुवाइमा झाँकी कीर्तन सहित राम मन्दिरबाट रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर एतिहासिक बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयंम्वर गरिएको हो।


ढोल पिपही, सहनाई, व्यान्ड बाजा र पञ्चेबाजा सहित छुटछुट्टै निस्किने दुवै डोली बाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयंम्वर गर्ने प्रचलन छ। डोलाको दर्शन एवं राम र सीताको स्वयंम्वर हेर्न बाह्रविघा मैदानमा लाखौं दर्शनार्थीको घुइँचो लागेका थियो।


स्वयंम्वरपछि जनकपुरको नगर परिक्रमा गरी जानकी मन्दिरमा पुग्ने प्रचलन छ। आजै साँझदेखि मिथिलाको वैदिक परम्परा अनुसार राम र सीताको विवाह गर्ने कार्यक्रम रहेको छ। विवाहका लागि जानकी मन्दिर प्रांगणमा मण्डप बनाइएको छ।
राती मैथिली परम्परा अनुसार विवाह हुनेछ । प्रतिकात्मक भगवान राम र सीताको स्वरुपमा बालबालिकाहरुलाई धारण गराई वैवाहिक रितिरिवाज सहित विवाह महोत्सव मनाईने गरीन्छ ।


बैबाहिक कार्यक्रममा भगवान रामका बुबा राजा दशरथको भूमिकामा राम मन्दिरका महन्थ राम गिरी र सीताको पिता राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले भूमिका निर्वाह गर्दछन्।
विवाहपञ्चमी अवलोकन गर्न आएका लाखौं दर्शनार्थीले अहिले जनकपुर खचाखच भरिएको छ।


हजारौं वर्ष पूर्व त्रेतायुगमा मिथिलापति सिरध्वज जनकले सीता स्वयंवरको आयोजना गर्दा देशदेशान्तरका सयौं राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ। अहिले पनि हिन्दू जातिको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधाममा मुलुक लगायत भारतबाट आएका लाखौं श्रद्धालु डोला परिक्रमाको दर्शन तथा पूजापाठ गर्न उपस्थित हुन्छन् ।


हुन त जनकपुरधाममा हरेक महिनाको पूर्णीमाका दिन पनि मासिक रूपमा मेला लाग्दछ। त्यस्तै चैत्र शुक्ल नवमी तिथिमा मर्यादा पुरुषोत्तम भगवान श्री रामचन्द्रको जयन्ती मनाउँदै रामनवमी मेलाका रूपमा एवं त्यसको एक महिनापछि वैशाख शुक्ल नवमी तिथिमा जानकी प्राकट्य महोत्सवको उपलक्ष्यमा जानकी नवमीको उत्सव सम्पन्न हुन्छ, त्यस्तै श्रावण शुक्ल तृतीयादेखि पूर्णिमासम्म झूला महोत्सव तथा फाल्गुण शुक्ल पक्षमा पन्ध्र दिवसीय मिथिला पञ्चकोशी परिक्रमा (जनकपुरधामदेखि पाँच कोशको दूरीमा रहेको जानकीको बाल लीला सित सम्बद्ध ठाउँहरूको परिक्रमा) तथा उक्त परिक्रमाको अन्त्यमा फागु पूर्णिमाका दिन जनकपुरधामको अन्तःगृह परिक्रमा बडो भीडभाडका साथ सम्पन्न हुन्छ, तर ती सबै उत्सव, चाडपर्व र समारोहहरूमध्ये हजारौं वर्षपूर्व मार्ग शुक्ल पञ्चमी तिथिमा भएको राम जानकी विवाहको सम्झनामा हरेक वर्ष मनाइने राम जानकी विवाह पञ्चमी मेला सबैभन्दा बढी श्रद्धा, निष्ठा र उत्साहका साथ भव्यतापूर्वक मनाइन्छ ।


अहिले रामजानकी विवाह पञ्चमी महोत्सवमा सहभागी हुन नेपाल भारत लगायत तेश्रो मुलुकका पर्यटकहरुको पनि जनकपुरमा व्यापक भिड लागेको छ।


महोत्सवलाई व्यवस्थित गर्नलाई तीन दिनसम्म माछामासु तथा जाँडरक्सीको विक्रि वितरणमा रोक लगाएको छ। महोत्सवलाई व्यवस्थित र मर्यादित बनाउनको लागि विवाहपञ्चमकी अवधिभर नगरभित्र रहेको साना तथा ठुला होटलहरुमा समेत माछामासु तथा जाँडरक्सीको विक्रिवितरणमा रोक लगाउनको लागि निर्देशन दिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेलले जानकारी दिए ।
त्यस्तै, भगवान राम र सिताको स्वयंमवर हुने स्थानीय रंगभुमि मैदान बाह्रविघा र नगरका अन्य क्षेत्रमा समेत शौचालय तथा खानेपानीको व्यवस्थापन गर्ने जिम्मेवारी जनकपुर उपमहानगपालिका र जिल्ला खानेपानी तथा सरसफाई कार्यालयलाई दिइएको छ । सोही सडकमा सहजरुपमा यातायातको व्यवस्थापन गर्न उपमहानगरपालिकालाई जिम्मेवारी पनि दिएको छ ।


जिल्ला प्रहरी कार्यालय धनुषाले सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउनको लागि थप ३ सय प्रहरी बाहिर जिल्लाबाट ल्याएर परिचालन गरेका छन् । श्रद्धालुभक्तजनहरुलाई ध्यानमा राखी ५० जना महिला प्रहरी, साढे तीन सय सशस्त्र प्रहरी सहित करिब एक हजार प्रहरी परिचालन गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जनाए ।
विवाह पञ्चमीको गतिविधि सीसीटीभीबाट गरिने व्यवस्था मिलाइएको छ। जनकपुरभरीमा एक सय बढी सीसीटीभी क्यामरा राखिने प्रहरी उपरीक्षक खनालले जनाए। सुरक्षा निगरानीका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त प्रहरी युनिट जानकी मन्दिरमा राखिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुरक्षा निगरानीको लागि सीसीटीभी उपलब्ध गराइएको छ।
विवाह महोत्सवमा सहभागी हुन आउने पर्यटकहरूका कारण जनकपुरका होटल, लज र धर्मशालाहरू भिरिभराउ छन् । साथै भक्तजनको सुविधाका लागि स्थानीय संघ संस्थाहरूले ठाँउ ठाँउमा बासको प्रबन्धका लागि पन्डाल निर्माण गरिदिएका छन् ।
विवाह पञ्चमी महोत्सवको अवसरमा प्रदेश २ सरकारले प्रदेशमा १५ गते सार्वजनिक विदा समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

गौशाला : ‘प्रथम गौशाला महोत्सव’को आयोजना हुँदै
अर्थ

गौशाला : ‘प्रथम गौशाला महोत्सव’को आयोजना हुँदै

एनभीएको अध्यक्षमा डा. ठाकुर चयन
प्रदेश

एनभीएको अध्यक्षमा डा. ठाकुर चयन

जनकपुरको एक होटेलको कोठामा एक युवती झुन्डिएको अवस्थामा फेला
प्रदेश

पञ्चायतले तत्कालै जरिवाना तिर्न दबाब दिएपछि एक महिलाले गरिन पासो लगाइ आत्महत्या

क्यान्टोनमेन्ट र ललिता निवास जग्गा प्रकरण सार्वजनिक गर्न रैथानेको माग
प्रदेश २

क्यान्टोनमेन्ट र ललिता निवास जग्गा प्रकरण सार्वजनिक गर्न रैथानेको माग

मिडिया एक्सन नेपालको अध्यक्षमा सञ्चार विज्ञ  पन्त र प्रदेश २ संयोजकमा जनकपुरका पत्रकार खुद्दार चयन
प्रदेश

मिडिया एक्सन नेपालको अध्यक्षमा सञ्चार विज्ञ पन्त र प्रदेश २ संयोजकमा जनकपुरका पत्रकार खुद्दार चयन

नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको तेश्रो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न
अर्थ

नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको तेश्रो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

Next Post
‘ग्राण्ड’ भयो १३ औं सागको ‘ओपनिङ’

‘ग्राण्ड’ भयो १३ औं सागको ‘ओपनिङ’

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist